राष्ट्रिय प्रजातन्त्र पार्टि संखुवासभाकाे अध्यक्षमा श्रेष्ठ - साझाकुरा
शनिबार, माघ ४, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टि संखुवासभाकाे अध्यक्षमा श्रेष्ठ


editor@sajhakura January 17, 2026

संखुवासभा माघ ३

राष्ट्रिय प्रजातन्त्र पार्टि संखुवासभाकाे अध्यक्षमा रमाेद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
सदरमुकाम खाँदबारीमा सनिवार सम्पन्न अधिवेशनले श्रेष्ठकाे अध्यक्षतामा १७ सदस्यिय नयाँ कार्य समिति गठन गरेकाे छ । अधिवेशनले उपाध्यक्षमा प्रेमशरण शास्त्री, मुना लिम्बू, राज कुमार कटुवाल, पार्टी प्रबक्तामा जयन्द्र शाक्य,सचिबमा किरण तामाङलाई सर्वसम्मत चयन गरेकाे राष्ट्रिय प्रजातन्त्र पार्टी संखुवासभाका नवनिर्वाचित अध्यक्ष रमाेद श्रेष्ठले जानकारी दिए ।
सम्पन्न जिल्ला अधिवेशनले सहसचिबमा लिला थापा र काेषाध्यक्षमा बद्रीनाथ बजगाईंलाई निर्वाचित गरेकाे छ । यसैगरि समितिका सदस्यहरुमा ईश्वरी शाक्य, कुमार बानियाँ, लाेक बहादुर श्रेष्ठ, माेहन शाक्य, प्रितम राई, लक्ष्मण श्रेष्ठ, चन्द्र प्रसाद दुलाल, कुल बहादुर कटुवाल र ठाकुर प्रसाद शर्मा सर्वसम्मत निर्वाचित भएकाे राप्रपा जिल्ला प्रबक्ता जयन्द्र शाक्यले जानकारी दिए ।
ईन्द्र किसान दाहालकाे सभापतित्व तथा केन्द्रीय सदस्य तेञ्जिङ भाेटियाकाे प्रमुख आतिथ्यतामा भब्यरुपले अधिवेसन सम्पन्न भएकाे हाे ।
अधिवेशनकाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै प्रमुख अतिथी केन्द्रीय सदस्य तेञ्जिङ भाेटियाले राष्ट्र, राष्ट्रियता, हिन्दु राज्य, राजसंस्था सहितकाे प्रजातान्त्रिक पद्धतिले मात्र नेपाल र नेपालीकाे हित गर्ने भएकाले जनताले मत परिवर्तन गर्ने हिम्मत गर्नुपर्ने धारणा राखेका थिए ।
उनले भदाै २३ र २४ काे जेन्जि आन्दाेलन दलहरुकाे घमण्ड्, बढ्दाे भ्रष्टाचार र कुशासनकाे परिणाम भएकाे बताए ।
सफत ग्रहण पछिकाे कार्यक्रमलाई सम्बाेधन गर्दै नवनिर्वाचित जिल्ला अध्यक्ष रमाेद श्रेष्ठले राष्ट्रबादकाे भावना जगाउन राप्रपा ससक्त ढंगले जनतामाझ जाने तैयारीमा रहेकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *