संखुवासभाको खाँदबारीमा आजबाट नर बहादुर बिष्णुमायाँ श्रेष्ठ जिल्ला स्तरिय खुल्ला ब्याडमिण्टन प्रतियाेगिता शुरु - साझाकुरा
बुधबार, फाल्गुन २०, २०८२

संखुवासभाको खाँदबारीमा आजबाट नर बहादुर बिष्णुमायाँ श्रेष्ठ जिल्ला स्तरिय खुल्ला ब्याडमिण्टन प्रतियाेगिता शुरु


editor@sajhakura December 18, 2025

संखुवासभा पौष ३
संखुवासभाको खाँदबारीमा आजबाट नर बहादुर बिष्णुमायाँ श्रेष्ठ जिल्ला स्तरिय खुल्ला पुरुष डवल ब्याडमिण्टन पुरुष प्रतियोगिता शुरु भएको छ ।
खाँदबारी स्थीत सोमनाथ घिमिरे स्मृती बभर्ड हलमा आजबाट शुरु भएको प्रतियोगिता पौष ५ गते समापन हुनेछ । १९ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमलाई ३५ हजार ट्रफि मेडल र प्रमाणपत्र, दितिय हुने टिमलाई रु २० हजार ट्रफि मेडल र प्रमाणपत्र तथा तृतिया हुने टिमलाई रु ५ हजार ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक जिल्ला ब्याडमिण्टन संघ संखुवासभाले जनाएको छ ।
जिल्ला ब्याडमिण्टन संघ संखुवासभाका अध्यक्ष संजिव श्रेष्ठको अध्यक्षता तथा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाको प्रमुख आतिथ्यतामा आज प्रतियोगिताको उद्घाटन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख आतिथी नगर प्रमुख महेश थपलियाले जिल्ला ब्याडमिण्टन संघले खेल क्षेत्रको बिकासका लागि ठुलो योगदान गर्दैआएको बताएका थिए । आगामी प्रतियोगितालाई थप ब्यवस्थीत गर्न चाँडैनै खेल कोटका लागि आवश्यक म्याट प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए । संखुवासभाको खेल क्षेत्र र अन्य बिभिन्न प्रतियोगिताहरुमा खेलाडीको प्रतिश्पर्धात्मक क्षमता बढाउन खाँदबारी नगरपालिकाले सहयोग गर्दैआएको स्मरण गराएका थिए ।
जिल्ला ब्याडमिण्टन संघका सचिव रुद्र श्रेष्ठले संचालन गरेको कार्यक्रममा आफ्नो भनाई राख्दै जिल्ला ब्याडमिण्टन संघका जिल्ला अध्यक्ष संजिव श्रेष्ठले प्रतियोगिता संचालनका लागि नियमित रुपमा आर्थिक सहयोग गर्दैआएकोमा स्वर्गिय नरबहादुर बिष्णुमायाँ श्रेष्ठका सम्पुर्ण परिवारजनप्रति हार्दिक आभार तथा धन्यबाद प्रकट गर्दै ब्याडमिण्टन खेलको बिकासका लागि संघले खेल्दैआएको भुमिकाबारे प्रष्ट पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *