माघ १९,
अमेरिकाले आजदेखि मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा थप कर लगाउने भएको छ । नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि विदेशी वस्तुहरूमा चर्को कर लगाउन थालिएको अन्तराष्ट्रय संचारमाध्यमहरुले जनाएका छन् ।
आज देखि मेक्सिको र क्यानडाका लागि २५÷२५ प्रतिशत र चीनबाट उत्पादित वस्तु तथा सामग्रीमा १० प्रतिशत थप कर लगाउने जनाईएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि मेक्सिको र क्यानडाले अमेरिका प्रवेश गर्ने आप्रवासी र फेन्टनाइल औषधिको प्रवेश नरोके ‘ट्यारिफ’ लगाउने चेतावनी दिएका थिए । आयातित सामानमा लगाइने करलाई ‘ट्यारिफ’ भनिन्छ ।
आजबाट बृद्धिहुने करसंगै क्यानडा र मेक्सिकोको अर्थतन्त्रमा ठूलो धक्का पुग्ने बताईएको छ
अक्सफोर्ड इकोनोमिक्सका टोनी स्टिलोका अनुसार यसबाट ती देशसहित अमेरिकी उपभोक्ताका लागि पनि मूल्य वृद्धि हुन सक्ने बीबीसीले उल्लेख गरेको छ ।
भन्सार महसूल वृद्धिले औद्योगिक खरिदकर्ता र उपभोक्ता दुवैलाई धक्का पुग्नेछ भने यसले मेसिनरीदेखि फलफूलसम्म सबै कुराको मुल्य बढ्ने जनाईएको छ ।
ट्रम्प प्रशासनको यो निर्णय संगै क्यानडा र मेक्सिकोले अमेरिकी घोषणाको चुनौतीलाइ सामना गर्न आफ्नो देश तैयार रहेको जनाएको छ भने उता चीनले पनि आफ्नो ‘राष्ट्रियहित’ को रक्षा गर्ने र व्यापार युद्धमा बसैलाई पनि बिजेता बन्न नदिने बताएको छ ।