संखुवासभा चैत्र ७
संखुवासभाको सदरमुकाम खाँदबारीमा निर्माण गरिएको महिला आवासगृह तथा पुनरस्थापना केन्द्र सेफ हाउसको आज एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ । खाँदबारी ८ स्थीत जिल्ला समन्वय समिति संखुवासभाको स्वामित्यमा रहेको जग्गामा निर्माण गरिएको सुबिधा सम्पन्न सेफ हाउस कोशी प्रदेशका माननीय सामाजिक बिकास मन्त्रि पाँचकर्ण राईज्युको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको सभापतित्वमा भएको भवन हस्तान्तरण कार्यक्रममा अमेरीका र क्यानडाका दात्रृ निकायका प्रमुख तथा प्रतिनिधी, जिल्लाका पाँच नगरपालिकाका प्रमुख तथा उपप्रमुख, पाँचै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी लगायत सरकारी तथा गैह्र सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधी र संचारकर्मीहरुको उपस्थीति रहेको थियो ।
कार्यक्रममा कोशी प्रदेशका सामाजिक बिकास मन्त्री पाँचकर्ण राईले महिला आवास गृह तथा पुनरस्थापना केन्द्रको स्थापनाले बिभिन्न कारणबाट उपेक्षित हिंसामा परेका, दैनीक जिवन निर्वाहमा जोखिममा रहेका हिंसा पिडित, साहाराबिहिन महिलाको जिवन यापन र पुनरस्थापनामा ठुलो सहजता आउने धारणा राख्दै प्रदेश सरकारको तर्फबाट सकेको सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा संम्पुर्ण पालिकाका तर्फबाट आफ्नो भनाई राख्दै खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले जिल्लाका सबै पालिकाका हिंसामा परेका पिडित महिलाको आवास गृह तथा पुनरस्थापना केन्द्र भएकाले सबैपालिकाले यसको दिगोपना र संचालनका लागि सहयोग जुटाउनु पर्ने धारणा राखेका थिए । कार्यक्रममा दातृ निकायका तर्फबाट रोवर्ट जेम्स टर्नर र मेन्सि पोर्टनले यो महत्वपुर्ण मानवीय कार्यमा सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आवास गृह तथा पुनरस्थापना केन्द्रको संचालनका लागि अझै सहयोगको आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा दातृ निकायका तर्फबाट उपस्थीत क्यानडियन र अमेरिकन प्रतिनिधीहरुले आवास गृह निर्माणका लागि अनुमति दिने, निर्माण कार्यमा आवश्यक सहजिकरण गर्ने सबै राजनितिक दल, जिल्ला समन्वय समिति परिवार र सबैप्रति आभार प्रकट गर्दै यो निर्माण कार्यका लागि बिषेस भुमिका निर्वाह गर्नूहुने समाजसेवी पर्शुराम दाहाललाई धन्यबाद प्रकट गरेका थिए ।
समाजसेवी दाहालले महिला आवास गृह तथा पुनरस्थापना केन्द्र निर्माणका लागि दाताहरुसंग समन्वयकारी भुमिका निर्वाह गर्दै आवास गृहको महत्व र आवश्यकता बारे दाताहरुलाई कन्भिन्स गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षहरुको तर्फबाट धन्यबाद मन्तब्य प्रकट गर्दै चैनपुर नगरपालिका उपप्रमुख एलिना श्रेष्ठले पुनरस्थापना केन्द्रको संचालनले जिल्लाका सबै पालिकाका हिंसामा परेका वा जिवन मरणको दोसााँधनमा रहेका महिलाहरुलाई थप हिंसाबाट जोगिँदै सामाजिक सुरक्षा र सहज जिवन यापनका लागि ठुलो महत्व राख्ने धारणा राखेकी थिईन् । उनले सबै पालिकाले आआफ्ना तर्फबाट सकेको सहयोग जुटाउनेमा आफु बिश्वस्त रहेको बताईन् ।
कार्यक्रममा धन्यबाद तथा समापन मन्तब्य राख्दै भवन हस्तान्तरण कार्यक्रमका सभापति तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यले महिला आवास गृह तथा पुनरस्थापना केन्द्र निमांणका लागि सहयोग गर्ने सम्पुर्ण दाताहरुलाई धन्यबाद प्रकट गरे । उनले आवास गृह तथा पुनरस्थापना केन्द्र जिल्ला र छिमेकी जिल्लाका पिडितका लागि सुरक्षित साझा घर भएकाले जिल्लाका सबै पालिकाले पुनरस्थापना केन्द्रको अपनत्व लिएर सहयोग गर्नेमा बिस्वस्त रहेको बताएका थिए ।
आवास गृह तथा पुनस्थापना केन्द्रको भवन हस्तान्तरण कार्यक्रममा सहयोग गर्ने दाताहरुलाई जिल्ला समन्वय समिति र खाँदबारी नगरपालिकाले मायाँको चिनो र खादामालाले सम्मान समेत गरेका थिए ।
कुल लागत करिव २ करोड ३० लाखमा निर्मित उक्त भवन रहेको क्षेत्रमा जिल्ला समन्वय समिति संखुवासभाको संरक्षणमा करिव १७ रोपनी जग्गा रहेको र उक्त जग्गामा समेत बिभिन्न आयमुलक र जिवीकोपार्जनका लागि योजना बनाउन सकिने प्रसस्त संभावना रहेको छ ।


