पत्रकार महासंघद्वारा लागू औषध बिरुद्ध परिसम्बाद कार्यक्रम - साझाकुरा
बिहिबार, माघ २, २०८२

पत्रकार महासंघद्वारा लागू औषध बिरुद्ध परिसम्बाद कार्यक्रम


editor@sajhakura June 25, 2025

संखुवासभा,असार १०
नेपाल पत्रकार महासंघ संखुवासभाले लागू औषध दुरुपयाेग एवम ओसार पसार बिरुद्धकाे अन्तराष्ट्रिय दिवसका अवसरमा परिसम्बाद कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
बढ्दाे लागू औषधकाे दुरुपयाेग र ओसारपसार बिरुद्ध जनस्तरसम्म जनचेतना पुर्याउन परिसम्बाद कार्यक्रमकाे आयाेजना गरिएकाे पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले बताए ।
महासंघका सचिब नवीन गुरुङले संचालन गरेकाे कार्यक्रममा संखुवासभाका निमित्त प्रमुख जिल्ला अधिकारी माेहनमणी घिमिरे, डिएसपी दक्ष कुमार बस्नेत, बरुण बहुमुखी क्याम्पस खाँदबारीका प्रमुख चीत्ररेखा अधिकारी, तुम्लिङटार स्पाेर्टिङ क्लबका अध्यक्ष देबेन्द्र घिमिरे र बरुण क्याम्पस स्वबियू सभापति हिमाल गुरुङ सहभागी भएका थिए ।
परिसम्बाद कार्यक्रममा संखुवासभा जिल्लामा लागू पदार्थ दुर्ब्यसनकाे अवस्था, लागू औषध ओसार प्रसार तथा प्रयाेग न्युनिकरणका लागि चाल्नुपर्ने कदम , यसबाट मानव स्वास्थ्य र सामाजिक रुपमा पर्ने नकारात्मक असर लगायतका बिषयमा बिचार विमर्श गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *