छैठौं नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति जिल्ला स्तरीय खुल्ला पुरुष डबल्स व्याडमिन्टनको उपाधी प्रविण र जानकीलाई - साझाकुरा
बुधबार, फाल्गुन २०, २०८२

छैठौं नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति जिल्ला स्तरीय खुल्ला पुरुष डबल्स व्याडमिन्टनको उपाधी प्रविण र जानकीलाई


editor@sajhakura December 21, 2025

संखुवासभा, पाैष ६
सुरेन शाक्य,

जिल्ला व्याडमिन्टन संघ संखुवासभाद्वारा आयोजना तथा नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति प्रतिष्ठान संखुवासभाको प्रायोजन आयोजित छैठौं नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति जिल्ला स्तरीय खुल्ला पुरुष डबल्स व्याडमिन्टन प्रतियोगिताकाे उपाधि प्रबिण श्रेष्ठ र जानकिबल्लभले हात पारेका छन् ।

खाँदबारी नगरपालिका१, घिमिरेगाउँ स्थित सोमनाथ घिमिरे स्मृति कभर्ड हलमा २०८२ साल पौष ३ देखि ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा प्रविण श्रेष्ठ र जानकी बल्लभको जोडीले मुनुहाङ गुरुङ र राज बिक्रमको जोडीलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हाे।

विजेता जोडीले नगद रु. ३५,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता जोडीले नगद रु. २०,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । त्यसैगरी प्रतियोगिताको सेमिफाइनल चरणमा पुगेका राजेन्द्र श्रेष्ठ र अनमोल वुर्जा मगर तथा अमर बिष्ट र मनिश श्रेष्ठको जोडीले नगद रु. ५,०००–५,०००, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेता तथा सहभागी खेलाडीहरूलाई खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलिया, सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, खाँदबारी नगरपालिकाका प्रशासकिय अधिकृत पदम प्रसाद बजगाई, खाँदबारी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष निरन्जन श्रेष्ठ, नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति प्रतिष्ठान संखुवासभाका अध्यक्ष दिपेश श्रेष्ठ लगायतका अतिथिहरूले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *