कम्बोडियाको जेलमा २७ नेपाली, स्वदेश फर्किन २११ जना दूतावासको सम्पर्कमा २५ जना आजै स्वदेस फर्कँदै - साझाकुरा
शुक्रबार, बैशाख २५, २०८३

कम्बोडियाको जेलमा २७ नेपाली, स्वदेश फर्किन २११ जना दूतावासको सम्पर्कमा २५ जना आजै स्वदेस फर्कँदै


editor@sajhakura May 8, 2026

बैसाख २५
कम्बोडियामा रहेका २११ जना नेपाली थाइल्यान्डस्थित बैंककमा रहेको नेपाली दूतावासको सम्पर्कमा आएका छन् ।
दूतावासले जारी गरेको सूचनामा कम्बोडियामा अवैध रुपमा रहेका २११ जनाले स्वदेश फर्काइदिन आग्रह गर्दै सम्पर्कमा आएको उल्लेख गरेको छ ।
उनिहरु सन् २०२२ मे महिनादेखि २०२६ मे महिनासम्म कम्बोडिया पुगेकाहरू हुन् ।
दूतावासका अनुसार २७ जना नेपालीहरू विभिन्न अभियोगमा पुर्पक्षका लागि कम्बोडियाका जेलहरुमा थुनिएका छन् ।
दूतावाले २५ जना नेपालीहरूलाई उद्धार गरि आजै नेपाल फर्काउने ब्यवस्था मिलाईएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *