जिउँदो व्यक्तिको मृत्युदर्ता प्रमाणपत्र बनाउने वडाध्यक्षसहित तीनजना कारागार चलान - साझाकुरा
शुक्रबार, बैशाख २५, २०८३

जिउँदो व्यक्तिको मृत्युदर्ता प्रमाणपत्र बनाउने वडाध्यक्षसहित तीनजना कारागार चलान


editor@sajhakura May 8, 2026

वैशाख २५,
परासीः जिउँदो व्यक्तिलाई मरेकोको भनेर मृत्यु दर्ता प्रमाणपत्र बनाइदिएको भन्दै जिल्ला अदालत नवलपरासीले वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ।
सुस्ता गाउँपालिका–५ रामनगरका ६६ वर्षीय जमालुद्दिन मुसलमान जीवितै हुँदा हुँदै उनको मृत्यु दर्ता प्रमाणपत्र बनाईदिएपछि उनीहरूमाथि ‘झुठा विवरण पेश गरी व्यक्तिगत घटना दर्ता गरेरगराएको सम्बन्धी कसुर’ मा मुद्दा दायर गरिएको बताईएको छ । उक्त प्रकरणमा संलग्न रहेका ११ मध्ये दुई जनालाई धरौटीमा रिहा गरिएको छ भने अन्य ६ जना फरार रहेका छन्।
पुर्पक्षका लागि थुनामा पठाइएकामा वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरी र तारिख मिया रहेको जिल्ला अदालत नवलपरासीका सूचना अधिकारी भेषराज खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *