खाँदबारीमा एम्पायर बिकास कोर्ष तथा पुनरताजगी तालिम - साझाकुरा
बिहिबार, जेष्ठ १४, २०८३

खाँदबारीमा एम्पायर बिकास कोर्ष तथा पुनरताजगी तालिम


editor@sajhakura May 28, 2026

संखुवासभा जेष्ठ १४
कोशी प्रदेश ब्याडमिण्टन संघको आयोजना, जिल्ला ब्याडमिण्टन संघ संखुवासभाको प्रायोजन तथा नेपाल ब्याडमिण्टन संघको प्राबिधिक सहयोगमा संखुवासभाको खाँदबारीमा एम्पायर बिकास कोर्ष तथा पुनरताजगी तालिम खाँदबारीमा आयोजना गरिने भएको छ ।
भोली जेष्ठ १५ गते देखि १९ गते सम्म संचालन हुने तालिममा अन्तराष्ट्रिय प्रशिक्षक दीपक थापा, राष्ट्रिय प्रशिक्षक केदार धिमाल कोशी प्रदेश ब्याटमिण्टन संघका अध्यक्ष योगेश्वर श्रेष्ठ लगायत १४ जिल्लाका ४५ बढि प्रशिक्षक तथा प्रशिक्षार्थीको सहभागिता रहने जिल्ला ब्याडमिण्टन संघ संखुवासभाका सचिव रुद्रमणी श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्लो समय संखुवासभामा ब्याडमिण्टन खेलप्रति खेलाडीहरुको आकर्षण बढ्दै गएको छ । जिल्ला ब्याडमिण्टन संघ संखुवासभाले यस अघि प्रदेश स्तरिय, नरबहादुर बिष्णुमायाँ कुलुङ जातिको चाक्चाकुरको अवसर जिल्ला स्तरिय ब्याडमिण्टन प्रतियोगिता लगायतक ३ दर्जन बढि प्रतियोगिताहरुको आयोजना गरिसकेको जिल्ला ब्याडमिण्टन संघ संखुवासभाका अध्यक्ष संजीव श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *