एसियन गेम्स क्वालिफायरका लागि दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा - साझाकुरा
सोमवार, जेष्ठ ११, २०८३

एसियन गेम्स क्वालिफायरका लागि दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा


editor@sajhakura May 24, 2026

जेठ १०
नेपाल क्रिकेट संघ क्यानले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा एसियन गेम्स क्रिकेट छनोटका लागि नेपाली टोलीको घोषणा गरेको छ।
सिंगापुरमा आगामी मे ३१ बाट सुरु हुने छनोट प्रतियोगितामा रोहित पौडेल, सोमपाल कामी र करण केसी फर्किएका छन्। उनीहरू यसअघि यूएईसँगको शृङ्खलामा खेलेका थिएनन्।
खेल जुन ९ सम्म चल्नेछ। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, र साहब आलम समेटिएको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *