जेष्ठ ११
नेपाल पत्रकार महासंघ संखुवासभाले सरकारको बिज्ञापन नितिको बिरोध गर्दै हस्ताक्षर अभियान संचालन गरेको छ । पत्रकार महासंघ केन्द्रको निर्देशन अनुशार गत जेष्ठ १८ गते मन्त्रीस्तरिय निर्णय गर्दै सरकारी बिज्ञापन सरकारी संचारमाध्यममा मात्रै प्रकाशन प्रसारण गर्न माताहतका कार्यालयहरुलाई निर्देशन दिएको थियो ।
सरकारी बिज्ञापनहरु सबै सञ्चार माध्यमहरुलाई समानुपातिक ढंगले बितरण गर्नूपर्ने, लोकतन्त्रको पहरेदारका रुपमा रहेको सञ्चार जगतको घाँटि निमोठ्ने गरि ल्याईएको बिधेयक तत्काल खारेज गर्नूपर्ने लगायतका माग रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले बताउनु भयो । खाँदबारीको चाँदनी चोकमा संञ्चालन गरिएको सरकारी निति बिरुद्धको हस्ताक्षर अभियानमा संखुवासभाका संचारकर्मी, स्थानीय तह, सरकारी तथा गैह्रसरकारी संस्थाको ऐक्यबद्धता र सरकारी निति बिरुद्ध आवश्यक आवाज बुलन्द गर्न नागरिक समाजलाई समेत आह्वान गरिएको छ ।
