जेष्ठ २३
शुक्रबार राति आएको अबिरल बर्षादका कारण सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ । पहिरोले पाँचखपन नगरपालिका अन्तरर्गत बिहिबारे(भैसीचोक–पिपलडाँडा सडक खण्ड अवरुद्ध भएको हो ।
शुक्रबार राति लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर नगरपालिका र पाँचखपन जोड्ने बिहिबारे–भैसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।
अविरल वर्षाका कारण पाँचखपन —७ र ८ को बीचमा पर्ने चिङखुवा खोलामा आएको बाढीका कारण बिहिबारे पोख्राङस्थीत भित्री सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी निरीक्षक राजवंशीले जनाए ।
पहिरोले पाँचपन चैनपुर सडक खण्डमा १५ मिटर बढी सडक पुर्णरुपमा क्षतिग्रस्त बनेको छ । कल्लेरी क्षेत्रमा आएको चिउंखुवा खोलाको बाढीले सडकमा ठूलो क्षति पुर्याएपछि आवागमन पुर्ण रुपमा ठप्प भएको छ ।
पहिरोका कारण पाँचखपन देखि चैनपुर आवत जावत गर्ने यातायातका साधनहरु संचालनमा आउन नसक्दा जनजिवन कष्टकर बनेको छ । बाढि पहिरोका कारण पाँचखपनको चुङखुरुङ तर्फको भागमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको र उत्त सडक पुन संचालनका लागि स्थानीय तह, निर्माण कम्पनी तथा सरोकारवाला निकायहरु लागिपरेको जनाईएको छ