- साझाकुरा
आइतवार, जेष्ठ २४, २०८३

editor@sajhakura June 6, 2026

राष्ट्रिय स्वतन्त्र पार्टिको प्रथम ऐतिहाँसिक जिल्ला अधिवेशन खाँदबारीमा शुरु
जेष्ठ २३ संखुवासभा ।
राष्ट्रिय स्वतन्त्र पार्टि संखुवासभाको प्रथम ऐतिहाँसिक जिल्ला अधिवेशन संखुवासभाको खाँदबारीमा शुरु भएको छ । जिल्ला सभापति भक्त नारायण श्रेष्ठको सभापतित्वमा भएको अधिेवेशन उद्घाटन समारोहमा राजनितिक दलका प्रमुख तथा प्रतिनिधी र राष्ट्रिय प्रजातन्त्र पार्टिका नेता कार्यकर्ताको उल्लेख्य उपस्थीति रहेको थियो ।
कार्यक्रममा शुभकामना दिने क्रममा जनता समाजबादी पार्टिका नेता सिताराम तिम्सीनाले लामो समय देखि नेपालको राजनितिलाई आफ्नो पोल्टामा पारदै आएका ठुला राजनितिक दलका नेतृृत्वले पार्टिलाई सहि ढंगले नेतृत्व गर्न नसकेका कारण जनताले बैकल्पिक पार्टिका रुपमा रास्वपा संग आशा राखेर दुई तिहाँई नजिकको मयंङकर ठुलो पार्टिका रुपमा निर्वाचित गराएको धारणा राख्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य राख्नुहुँदै नेपाली काँग्रेसका कार्यबाहक जिल्ला सभापति अनन्त कुमार गौलीले नेपाली जनताले पटक पटक राजनितिक दलहरुलाई अवसर दिईरहेको तर चाहेजति संबृद्धि र बिकास प्राप्त हुन नसक्दा जनतामा निराशा छाएको बताउनु भएको थियो । हरेक निर्वाचनमा दलहरुलाई जनताले कहिले ठुला कहिले साना बनाउने गर्दैआएकाले सम्हालिएर जनभावना बमोजिम अघि बढ्न रास्वपा नेतृत्वलाई सुझाव दिनुभएको थियो ।
आज सम्पन्न जिल्ला अधिवेशनले राष्ट्रिय स्वतन्त्र पार्टि संखुवासभाको नयाँ नेतृत्व समेत चयन गर्ने रास्वपाका जिल्ला सभापति भक्त नारायण श्रेष्ठले जानकारी दिनुभयो अहिले नेतृत्व चयनका लागि सहमतिको प्रयास भैरहेको जनाउँदै सभापति श्रेष्ठले चाँडैनै सहमति वा प्रजातान्त्रीक बिधिबाट नयाँ नेतृत्व चयनको प्रकृया शुरु गरिने बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *