प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित - साझाकुरा
शनिबार, असार २०, २०८३

प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित


editor@sajhakura July 2, 2026

असार १८
सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव गरेका थिए। बैठकले उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
त्यसअघि बैठकमा उक्त विधेयकमाथि प्राप्त संशोधनहरुमाथि छलफल भइ निणयार्थ प्रस्तुत गरिएको थियो ।
संशोधनहरु माथि भएको छलफलका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विभागलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *