असार २४
मञ्जुरीबिना गौशाला नगरपालिकाले ढल निकास गर्न खोजेपछि रोक्न गएका निगौल गाई गौशाला व्यवस्थापन कार्यालय प्रमुख कान्ति कुमारी पाण्डेमाथि कुटपिट तथा दुव्र्यवहारको घटनामा नगरपालिकाको मेयर,वडाध्यक्षसहित १३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
निगौल गाई गौशालाको मञ्जुरी विनै जग्गामा ढल निकास गर्न खाजेपछि रोक्न गएका पाण्डेलाई हातपात गर्दै दुव्र्यवहारको भिडियो सार्वजनिक भएपछि गौशाला नगरपालिकाका नगरप्रमुख, वडाध्यक्ष,नगरप्रहरी समेत गरी १३ जनालाई अपराधीक उपद्रव तथा हुलदंगा शीर्षकमा मुद्दा चलाइएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले गौशाला नगरपालिकाका मेयर डा।दिपेन्द्र महतो,गौशाला नपा २ का वडाध्यक्ष श्याम सुन्दर मण्डल, नगरप्रहरी प्रमुख टेकबहादुर लामा, लक्ष्मीनारायण चौधरी, जुलेरप्रसाद सिंह, रितु कुमारी, रमेश पासवान, राजेशकुमार महतो, पानबहादुर लामा, अजयकुमार यादव र चन्द्रिकाकुमारी चौधरीलाई पक्राउ गरी अपराधिक उपद्रव तथा हुलदंगा मुद्दा चलाएको हो ।