असार २४
गत भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका फरार अभियुक्त मकवानपुरको बकैया गाउँपालिका–६, ज्यामिरेका ३९ वर्षीय सुकलाल वाइवालाई मंगलबार पक्राउ प्रहरीले गरेको हो ।
लागुऔषध अफिम कारोबार मुद्दामा २० वर्ष कैद फैसला भएका वाइवालाई इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले बकैया गाउँपालिका–४, जुरेली बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
पक्राउ परेका वाइवालाई आवश्यक कानुनी प्रकृयाका लागि अहिले मकवानपुर भीमफेदी कारागार चलान गरिएको प्रहरीको भनाई छ ।