कोशी प्रदेशस्तरीय बुद्धिचालको उपाधि झापाका प्रकाशचन्द्रले जिते - साझाकुरा
बुधबार, असार २४, २०८३

कोशी प्रदेशस्तरीय बुद्धिचालको उपाधि झापाका प्रकाशचन्द्रले जिते


editor@sajhakura July 8, 2026

असार २४
कोशी प्रदेश खेलकुद विकास बोर्डको सहयोगमा आयोजित कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि झापाका प्रकाशचन्द्र नेपालले हात पारेका छन् । खोटोङ्गको दिक्तेलमा मङ्गलबार सम्पन्न खेलमा धनकुटाका सुमन श्रेष्ठलाई पराजित गर्दै नेपालले उपाधि जितेका हुन् । प्रथम स्थान हाँसिल गरेका नेपाललाई नगद रु.३० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
दितिय स्थान हाँसिल गर्ने धनकुटाका सुमन श्रेष्ठले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो भने तृतिय स्थान हाँसिल गर्ने सुनसरीका ललितबहादुर राईलाई नगद १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *