बीपी प्रतिष्ठान धरानमा उपचारका लागि आएका बिरामीलाई निजी अस्पताल जान प्रेरित गर्ने र त्यसवापत आर्थिक लाभ लिने १२ जना बिचौलिया प्रहरी फन्दामा परेका छन् ।
प्रहरी फन्दामा पर्नेहरूमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ बस्ने ३७ वर्षीय रञ्जितकुमार चौधरी, सप्तरीकै राजविराज नगरपालिका–६ बस्ने २७ वर्षीया रविना मण्डल, भोजपुर आमचोक गाउँपालिका–८ बस्ने ३५ वर्षीय हस्त श्रेष्ठ, धरान उपमहानगरपालिका–१५ बस्ने २० वर्षीय सागर पोखरेल, मोरङको लेटाङ नगरपालिका–३ बस्ने २९ वर्षीय सान्विन किराती रहेका छन् ।
यसैगरी, धरान उपमहानगरपालिका–६ बस्ने २३ वर्षीय मनिष बुढाथोकी, उदयपुर चौदण्डीगढी नगरपालिका–५ बस्ने ४० वर्षीय उमेशकुमार चौधरी, धरान उपमहानगरपालिका–१७ बस्ने ३५ वर्षीय धिरोज निरौला, सुनसरी इनरुवा नगरपालिका–२ बस्ने ३१ वर्षीय रोहित मेहता र धरान उपमहानगरपालिका–११ बस्ने १८ वर्षीय विनोद भट्टराईलाई पनि प्रहरीले पक्राउ गरेको छ ।