जाजरकाेट केन्द्रबिन्दु बनाई आज राति गएकाे भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ ।
जाजरकोटमा ९२ जना र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए । १४० जना घाइते भएकाे र दर्जन बढि गंभिर अवस्थामा रहेकाे बताईएकाे छ ।