धरानमा गोली हानेर दुई गाडी गाँजा नियन्त्रण - साझाकुरा
शुक्रबार, माघ २४, २०८२

धरानमा गोली हानेर दुई गाडी गाँजा नियन्त्रण


editor@sajhakura December 4, 2024

मंशिर १९

गत मंगलबार राति प्रहरीले धरानबाट गोली हानेर दुई गाडी गाँजा नियन्त्रणमा लिएको छ ।  धनकुटाबाट धरानतर्फ गाँजा बोकेर गइरहेको गाडीलाई नियन्त्रण गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले ४ राउन्ड गोली हानेर गाजा बरामद गरेको हो ।

धनकुटाबाट गाँजा आउँदैछ भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकास जबेगु र वडा प्रहरी कार्यालय भानुचोकका प्रमुख रुद्र खडकाको टोली धरानको शिबधारामा गाडि पक्राउ गर्न पुगेका थिए ।
प्रहरीले सेतो नम्बर प्लेटको गाडीमा रहेको ६ सय केजी गाँजा नियन्त्रणमा लिएको छ ।

गाजा ओसारपसारमा संलग्न मध्ये १ जना पक्राउ परेका छन् भने अर्का एक फरारको खाेजि भैरहेकाे सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए ।  उनले गाजा नियन्त्रण गर्न ४ राउन्ड गोली प्रहार गर्नु परेको बताएका छन । एसपी तिम्सिनाले गाजा नियन्त्रण गरिएको विषयमा बुधबार दिउसो पत्रकार सम्मेलन गरि सार्बजनिक गर्ने बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *