पोखरा विमानस्थल निर्माणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा - साझाकुरा
बिहिबार, बैशाख २४, २०८३

पोखरा विमानस्थल निर्माणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा


editor@sajhakura May 7, 2026

बैसाख २४
पोखरा विमानस्थल निर्माण गर्नै क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विरुद्ध आज भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धानले तत्कालीन अर्थमन्त्री कार्कीसहित १४ जना विरुद्ध मुद्दा दायर भएको जनाएको हो ।

अख्तियारको दाबीमा ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजश्व छुट दिएर उनीहरूले भ्रष्टाचार गरेको दाबीसहित आरोपपत्र पेश भएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले बताए ।

तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित अर्थसचिव शंकर प्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव ९तत्कालीन सहसचिव केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याल विरुद्ध अख्तियारले मुद्दा दायर गरेको समचारमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *