एसईईको नतिजा २९ भित्र सार्वजनिक गर्ने तयारी - साझाकुरा
बिहिबार, बैशाख २४, २०८३

एसईईको नतिजा २९ भित्र सार्वजनिक गर्ने तयारी


editor@sajhakura May 7, 2026

बैसाख २४
राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा वैशाख २९ भित्र ल्याउनेगरी काम भइरहेको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार इन्ट्री सकिएर रुजुगर्ने काम भइरहेको छ । ‘हिजोदेखि रुजु गरिरहेका छौं । काम धमाधम भइरहेको छ । २९ गतेभित्र नतिजा सार्वजनिक गर्छाैं ।
५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेकाे एसईई गत चैत १९ देखि २९ सम्म सञ्चलान भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *