स्थानीयकाे समस्या बुझ्दै जिल्ला दाैडाहामा साँसद डाक्टर कार्की - साझाकुरा
आइतवार, साउन १०, २०८३

स्थानीयकाे समस्या बुझ्दै जिल्ला दाैडाहामा साँसद डाक्टर कार्की


editor@sajhakura July 26, 2026

संखुवासभन श्रावण १०
संखुवासभाबाट निर्वाचित माननीय साँसद डाक्टर अर्जुन कुमार कार्कीले जिल्लाका दस वटै पालिकाका बिकास गतिबिधी र बस्त्तुस्थसतिका स्थलगत भ्रमण गरेका छन् । जिल्लाका विभिन्न पालिकामा भैरहेका बिकास निर्माण गतिबिधी संभावना र समस्या चुनाैतिहरुकाे प्रत्यक्ष अवलाेकन गरि स्थानीय पालिकाका जनप्रतिनिधिहरुसंग बिबिध बिषयमा छलफल र अन्तरक्रिया गर्नु भएकाे हाे । भ्रमणका क्रममा स्थानीय बासिन्दाका समस्या र आवश्यकताका बारेमा छलफल गर्दै संघिय साँसदकाे तर्फबाट ती समस्याहरु समाधानका लागि आफुले सकेकाे भुमिका निवाह गर्ने प्रतिबद्धता जनाउनु भएकाे थियाे । जिल्लाका विभिन्न पालिका प्रमुख र प्रमुख जिल्ला अधिकारी लगायत जिल्लास्थित कार्यालयका प्रमुखहरुसंग जिल्लामा भैरहेका बिकास गतिबिधिहरुका बारेमा छलफल र अन्तर्क्रिया कार्यक्रम समेत गर्नुभएकाे छ । वहाले आज सदरमुकाम खाँदबारीमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुसंग पनि अन्तरक्रिया गर्नुभएकाे छ । संखुवासभा उद्याेग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ लगायतका संघसंस्थासंगकाे अन्तरकृयामा डाक्टर कार्कीले उद्याेगि ब्यवसायिले देसकाे अर्थतन्त्र सुधारका लागि महत्वपुर्ण भुमिका निर्वाह गरिरहेकाे भन्दै निजि क्षेत्र संगकाे सहकार्यबाट मात्रै देसकाे अर्थतन्त्रमा सुधार ल्याउन सकिने धारणा राख्नुभएकाे थियाे । संचारकर्मिहरुसंगकाे भेटमा वहाँले बिकास निर्माणका लागि बिनियाेजित रकम समयमा खर्च गर्न नसक्दा संखुवासभा धेरै पछाडि परेकाे धारणा राख्दै समयमा काम सम्पन्न गर्न निर्माण ब्यवसायिहरुलाई आग्रह गर्नुभएकाे थियाे । किमाथान्का नाका संचालन र पर्यटन प्रवर्धन, र प्राकृतिक श्राेत साधनकाे सहि परिचालन बाट संखुवासभाले सिंगाे राष्ट्रकाे अर्थतन्त्रमा महत्वपुर्ण याेगदान दिनसक्ने वहाँकाे भनाई थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *