लिबियाको बिनासकारि बाढीमा परी हालसम्म ५ हजार बढीको मृत्यु
लिबियाको बिनासकारि बाढिमा परि मृत्युहुनेको संख्या ३ हजार नाघेको छ । आँधिसंगै आएको बर्षादका कारण शुरुभएको बाढिमा परि हालसम्म ५ हजार ३ सयको मृत्यु भएको लिबियाका मन्त्री हिशाम चकियोतले बताए ।
अहिलेपनि बेपत्ताको अवस्था भयावह अवस्थामा रहेकाले मृतकको संख्यामा उल्लेख्य बृद्धिुहन सक्ने मन्त्री चकियोतले अन्तराष्ट्रिय संचार माध्यमहरुलाई बताएका छन् ।
आँधि र बाढि पछि निरन्तर रुपमा उद्धार र राहतमा जुटेका त्यहाँका शुरक्षा अधिकारीहरुले अझैपनि १० हजार बढि बेपत्ता अवस्थामा रहेको र ३० हजार बिस्थपित अवस्थामा रहेको जानकारी दिएका छन् ।
गत आईतबार राति आएको डेनियल नामको आँधीबाट लिबियाको डेर्नामा सुनामी सहितको बाढी आएको थियो । उक्त बाढीबाट करिब एक लाख जनसंख्या रहेको डेर्ना शहरको धेरै बस्ति र ईलाका बगाएर समुद्रमा पुर्याएको त्यहाँका संचारमाध्यमहरुले जनाएको छ ।
डेर्नाको तटीय क्षेत्रमा बाढीले दुईवटा ठुला ...









