editor@sajhakura, Author at साझाकुरा - Page 30 of 89
आइतवार, चैत्र १, २०८२

Author: editor@sajhakura

अबदेखि सरकारी कार्यालयको खाजा समय आधा घण्टा मात्र
समाचार

अबदेखि सरकारी कार्यालयको खाजा समय आधा घण्टा मात्र

भाद्र २४ सेवाग्राहिलाई असर परेको भन्दै सरकारले अवदेखि सरकारी कार्यालयको खाजा खाने समय आधा घण्टा मात्र तोकिदिएको छ । यसअघि सेवाग्राहिको सेवामा अनवरत खट्नुपर्ने कर्मचारी खाजा खाने समय भएको भन्दै १ घण्टा बढि हराउने गर्दा सेवाग्राहिको काम लामो समय रोकिएको गुनासाहरु आउने गरेको थियो । उक्त समस्याका बारेमा ब्यापक गुनासो आएको भन्दै यसलाई अवदेखि ३० मिनेट मात्र खाजाखाने समय तय गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले चलाउँदै आएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले खाजा खाने समय एक घण्टाबाट घटाएर हरेक दिन आधा घण्टा अर्थात १ः३० देखि २ बजेसम्म कायम गरिएको जानकारी गराएका छन् । कुनै सरकारी कार्यालय वा कर्मचारीले उक्त नियम लागु नगरे हेल्लो सरकारमा कल गर्न समेत ओलीले अनुरोध गरेका छन् ।...
यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने
अन्तर्राष्ट्रिय, समाचार

यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने

भाद्र २३ यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन् । भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका विदेशी श्रमिक र पर्यटकलाई घर फर्किने अवसर दिन यूएईले आममाफी घोषणा गरेको हो । भिसा पाएर पनि यूएईको अध्यागमन नियम उल्लङ्घन गरेकाहरूले पनि आममाफी पाउनेछन् । यही सेप्टेम्बर १ अर्थात् गएको १६ गतेदेखि शुरू भएको आममाफी कार्यक्रम आउँदो अक्टोबर ३० अर्थात् कात्तिक १४ गतेसम्म चल्नेछ । यो नियम पर्यटन, भिसा सकिएका र कम्पनीबाट भागेका आप्रवासी कामदारको हकमा लागू हुनेछ । तर विना भिसा यूएई प्रवेश गरेका व्यक्तिहरूमा भने यो नियम लागू हुने छैन । नेपाली दूतावास अबुधाबीले गैरकानूनी रूपले बसोबास गरिरहेका नेपालीलाई आममाफीको सुविधा लिन अनुरोध गरेको छ । प्रक्रिया पूरा गरी नेपाल फर्केको व्यक्ति फेरि यूएई फर्किन चाहे कुनै बाधा नपर्ने पनि दूतावासले जना...
नदी किनारमा ४० मिटर मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन
समाचार, समाज

नदी किनारमा ४० मिटर मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

भाद्र २३ नदी किनारका दुवैतर्फ गरि ४० मिटर छाडेरमात्र संरचना निर्माण गर्नुपर्ने मापदण्डविरुद्ध काठमाडौंमा ब्यापक प्रदर्शन गरिएको छ। सर्वोच्च अदालतले नदीको मापदण्ड पहिले २० मिटर रहेकोमा अहिले ४० मिटर पुर्याईएको भन्दै उक्त निर्णया खारेजीको माग राख्दै काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिएको हो। मापदण्ड खारेजीको माग गर्दै गोकर्णेश्वर नगरपालिकाका स्थानीयले जोरपाटीमा प्रदर्शन गरेका छन्। उनीहरुले उक्त फैसला तत्काल खारेज गर्न माग राखेका हुन् । उनिहरुले गैरन्यायीक सडक मापदण्ड खारेज गर, जनतालाई घरबारविहीन बनाउन पाइँदैन, सार्वजनिक जग्गा र खोला अतिक्रमणकारीलाई कारबाही गर लेखिएका प्लेकार्ड र ब्यानरहरु सहित प्रदर्शन गरेका छन् । केहि दिन अघि ​सर्वोच्च अदालतले गरेको आदेशलाई टेकेर काठमाडौं महानगरपालिकाले थप २० मिटरभित्र कुनै पनि संरचना निर्माण गर्न नपाइने व्यवस्था गरेको छ। सर्वोच्चले निज...
इन्जिनियर शिव र सबइन्जिनियर उषाकिरणलाई भ्रष्टाचार मुद्धामा एक लाख ८५ हजार बढिको  जरिवाना सहित ८ महिना कैद
अपराध, समाचार

इन्जिनियर शिव र सबइन्जिनियर उषाकिरणलाई भ्रष्टाचार मुद्धामा एक लाख ८५ हजार बढिको जरिवाना सहित ८ महिना कैद

भाद्र २३ घर निर्माण सम्पन्नताको प्रमाणपत्रका लिनका लागि घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र विचौलिया सुरज कुँवरलाई अख्तियारले दोषी ठहर गर्दै सजाँय सुनाएका छन् । गत चैत २८ गते घर सम्पन्नताको प्रमाणपत्र उपलब्ध गराउन घुस लिँदालिँदै उनिहरुलाई आयोगबाट खटिएका कर्मचारीले रंगेहात पक्राउ गरेको थियो । यस प्रकरणमा मुख्य दोषी मानिएका इन्जिनियर शिवप्रसादलाई समेत पक्राउ गरी अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो । पोखरा १० मा निर्माण गरिएको एक घरको निर्माण सम्पन्न प्रमाणपत्र बनाउनका लागि उनिहरुले इन्जिनियर बरालकै नेतृत्वमा रोकाया र सुरजले घुस मागेका थिए । त्यही क्रममा २ लाख रुपैयाँ बुझाइसकेर थप डेढ लाख रुपैयाँ बुझाउने क्रममा पोखरा–५ बाट उषाकिरण र सुरजलाई अख्तियार टोलिले पक्राउ गरेको थियो । अख्तियारले अनुसन्धानपछि गत वैशाख २० गते २ इन्जिनियरस...
कोरोनाकालको बीमा रकम भुक्तानी गराउन सर्वोच्चमा रिट
अर्थ/व्यापार, शिक्षा

कोरोनाकालको बीमा रकम भुक्तानी गराउन सर्वोच्चमा रिट

फोटोः अनलाईन खवर भाद्र २३ कोरोनाकालकको बिमा रकम भुक्तानी दिन माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ । नेपाल बीमक संघले सरकारले आफ्नो दायित्व पुरा गर्न आनाकानि गरेको भन्दै बीमक संघले सरकार बिरुद्ध सर्बाेच्चमा रिट दायर गर्नूपर्ने अवस्था आएको नेपाल बिमक संघले जनाएको छ । सम्झौताअनुशार सरकारले नै भुक्तानी बिमक कम्पनीलाई रकम उपलब्ध नगराएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ बिमकलाई भुक्तानी गर्न बाँकि रहेको जनाईएको छ । सरकार र बिमक कम्पनी बिच कोरोना वीमा मापदण्ड बनाएर सम्झौता गरिएपनि सरकारले उक्त दायित्व पुरा नगर्दा भुक्तानीमा समस्या भएको भन्दै सरकार बिरुद्ध दायर गरिएको रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ ।...
नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न
राजनीति, समाचार

नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न

नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । एमाले जिल्ला अध्यक्ष खड्ग बहादुर राईको अध्यक्षतामा आईतबार सम्पन्न बैठकमा स्थाई समिती सदस्य तथा कोशी प्रदेश ईन्चार्ज शेरधन राई प्रमुख अतिथी रहनु भएको थियो । बैठकको उद्घाटन गर्दै प्रमुख अतिथी राईले पार्टीका कोही कार्यकर्ता जिम्मेवारी बिहिन नरहने बताउनु भयो । राईले यो बर्ष 'पार्टी सुदृढिकरणको बर्ष' रहेको बताउंदै सबै कार्यकर्तालाई बिधि निती पद्धती र नेतृत्वको लाईनमा रहन आग्रह गर्नुभयो । वहाँले पार्टी सदस्य र कार्यकर्ताहरुले गर्न हुने र नहुने कामबारे जानकारी गराउंदै राष्ट्रिय सङ्कल्प र मिसनमा एकढिक्का भएर लागीपर्न आब्ह्वान गर्नुभयो । 'पार्टी र नेतृत्वको कमजोरी भए हामिलाई भन्नुस अथवा बैठकमा राख्नुस तर चिया पसल र चौताराहरुमा नभन्नुस' राईले भन्नुभयो । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका राईले आफुहरुले प्रद...
प्रकाश तामाङ्गलाई घरमै नागरिकता
समाचार, समाज

प्रकाश तामाङ्गलाई घरमै नागरिकता

प्रकाशलाई नागरिकता प्रदानगर्दै ईलाका प्रशासन दिंङ्ला भोजपुरका प्रमुख बिनोद अधिकारी बिद्या चापागाईंको टिमले संचालन गर्ने हेर्ने कथाका गत अंकमा प्रसारित हराएका बर्षहरुका प्रमुख पात्र प्रकास तामाङ्गलाई घरमै पुगेर नागरिकता हस्तान्तरण गरिएको छ । गोरखाको दुर्गम क्षेत्र चुम भ्याल्लिमा करिव ३५ बर्षदेखि चौंरि गोठाला रहेका उनका बारेमा हेर्ने कथाले मार्मिक स्टोरी प्रसारण गरेको थियो । आज उनको घर षडानन्द नगरपालिका १० थाक्ले पुगेर प्रकाश तामाङ्ग बर्ष ४१ को नागरिकता प्रदान गरिएको ईलाका प्रशासन दिंङ्ला भोजपुरका प्रमुख बिनोद अधिकारीले खाँदबारी एफएमलाई जानकारी दिनुभयो । आज उनलाई नागरिकता प्रदान गर्न षडानन्द नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं लगायतका टोलि प्रकास तामाङ्गको घरैमा पुगेका थिए । हेर्नेकथाका पात्र उनको कथा प्रसारण भएपश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उनलाई नागरिकता दि...
तल्लो अरुण जलबिद्युत परियोजनामा करिव एक अर्ब ४० करोड मुआब्जा बाँडिने
अर्थ/व्यापार, समाचार

तल्लो अरुण जलबिद्युत परियोजनामा करिव एक अर्ब ४० करोड मुआब्जा बाँडिने

फोटो सामाजिक सञ्जाल संखुवासभामा निर्माण हुने भनिएको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलबिद्युत परियोजनाबाट दुई सय ६८ परिवार प्रभाबित हुने देखिएको छ । उक्त आयोजना निर्माण गर्नका लागि करिव ६५ हेक्टर जमिन अधिग्रहण गर्नूपर्ने तल्लो अरुण आयोजनाका निर्माणकर्ता भारतीय सतलज कम्पिनी जनाएको छ । यसबाहेक ७० हेक्टर बन क्षेत्र र ६ हेक्टर सरकारी जग्गा अधिग्रहण गर्नूपर्ने आयोजना पुनर्वास तथा पुनस्र्थापना मस्यौदा प्रतिवेदनमा उल्लेख गरिएको तल्लो अरुण बिद्युत कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले जानकारी दिए । उक्त आयोजना निर्माण सम्झौता निश्चित भएपछि प्रभावित क्षेत्रका बासिन्दाहरुसंग निर्माण कम्पनीले छलफल शुरु गरेको छ । आयोजना प्रभावितलाई करिव एक अर्ब ४० करोड मुआब्जा बितरण गरिने जनाईएको छ । नौ सय मेगावाट क्षमताको अरुण तेश्रो जलबिद्युत उत्पादन भैसकेपछि करिव १७ किलोमिटरको सुरुङ्गबाट निश्कि...
मुकुल ढकाल रास्वपाको साधारण सदस्य समेत रहेनन्
राजनीति, समाचार

मुकुल ढकाल रास्वपाको साधारण सदस्य समेत रहेनन्

भाद्र ११ राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको बैठकले संस्थापक महामन्त्री डाक्टर मुकुल ढकाललाई पार्टिको साधारण सदस्य समेत नरहने गरि हटाएको छ । पार्टिको आन्तरिक गोपनियतामा खलल पुर्याएको आरोपमा ढकाललाई यसअघि रास्वपाले साधारण सदस्यबाट तपाईंलाई किन निश्कासन नगर्ने भन्दै दुई पटक स्पष्टीकरण समेत सोधेको थियो । डाक्टर ढकालले दिएको जवाफ पार्टिलाई चित्तनबुझेको भन्दै उनलाई गत असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो । त्यसपछि ३५ दिनभित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधिमा उनले कुनै पुनरावेदन गरेका थिएनन् । उनले उल्टै आफूमाथिको कारबाही वैधानिक नरहेको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएका थिए । ढकालले दिएको निवेदनमा आयोगले भने अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन । पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि ढकालले न्यायिक निकाय...
पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु
समाचार

पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु

भाद्र ११ खोटाङ हलेसी तुवाचुङ नगरपालिका ३ च्याम्टिार बाङमाका दुई बालबालिकाको सिँचाइका लागि खनिएको पोखरीमा डुबेर मृत्यु भएको छ । च्याम्टिारस्थित बाङमाका स्थानीय गइन्द्र राईको छ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको सोमबार साँझ पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दिनभर घरैमा खेलिरहेका दाजुबहिनी बेलुकीपख हराएपछि खोजी गर्नेक्रममा घरदेखि केही पर रहेको भुतियाखोला नजिकै बनाइएको सिँचाइपोखरीमा डुबिरहेको आवस्थामा फेला पारिएको थियो । बेलुका पौने छ बजे फेला पारिएका दुवैजनालाई हातखुट्टा चलाउँदै गरेको अवस्थामा सिँचाइपोखरीबाट उद्धार गरेर घरमा ल्याएको केही समयमा उनिहरुको मृत्यु भएको वडाध्यक्ष भूपालसिंह राईले बताए । खानेपानीको मुहानसमेत रहेको उक्त स्थानमा सिँचाइका लागि पोखरी निर्माण गरिएको थियो । हलेसीस्थित च्यास्मिटारका स्थानीय बासिन्दा हिउँदको समयमा उक्त मुहानमा खानेपान...