खेमराज गुरूङ स्रष्टा सम्मान शिलाबहादुर मोक्तानलाई प्रदान, टीका चाम्लिङलाई प्रतिभा पुरस्कार
भाद्, १०
गायक एवं संगीतकार खेमराज गुरूङको स्मृतिमा स्थापना गरिएको खेमराज गुरूङ ट्रष्टले यस वर्षको स्रष्टा सम्मान वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानलाई प्रदान गरेको छ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सोमबार आयोजित कार्यक्रममा मोक्तानलाई नगद ५० हजार रूपैयाँसहित सम्मान गरिएको हो।
२०३१ सालमा अल इण्डिया रेडियो, कर्सियङबाट गीत संगीतमा प्रवेश गरेका मोक्तानका लोक, आधुनिक, राष्ट्रिय, भजन तथा फिल्मका गरी ३ हजारभन्दा बढी गीत रेकर्ड छन्। 'माथि माथि शैलुंगेमा, चोली राम्रो पाल्पाली ढाकाको' जस्ता गीत उनिद्वारा संगीतबद्ध केही चर्चित गीतहरू हुन्।
गतवर्ष यो सम्मान भजन शिरोमणि भक्तराज आचार्यलाई प्रदान गरिएको थियो।
यस्तै, ट्रष्टले प्रतिभा पुरस्कार कवि एवं गीतकार टीका चाम्लिङलाई प्रदान गरेको छ। यो पुरस्कारको राशी २० हजार रूपैयाँ छ।
रेडियो नेपालबाट आयोजित आधुनिक संगीत सम्मेलनमा प्रथम स्थान हास...









