संखुवासभाको १० वटा स्थानीय तह मध्ये लिजामा मकालु गाउँपालिका प्रथम
भाद्र १०
संखुवासभा जिल्लाको १० पालिका मध्ये संस्थागत क्षमता स्वमुल्याङकन (लिजा)मा मकालु गाउँपालिका प्रथम भएको छ ।
गत आर्थिक बर्ष २०७९।०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गणुस्तर परीक्षण पश्चातको अन्तिम नतिजा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौँ ले ६ भदौ विहिबार सार्वजनिक गरेको नतिजामा मकालुले जिल्लामा प्रथम स्थान हाँसिल गरेको हो । सो अन्तिम नतिजा अनुसार केही बर्षअघि ७५३ स्थानीय तहमध्ये अन्तिम भएको मकालु गाउँपालिका जिल्लास्तरमा प्रथम भएर इतिहास रचेका छन् ।
लिजाको नतिजा अनुसार १०० अंकमा मकालु गाउँपालिकाले ७३.५० अंक प्राप्त गर्दै जिल्लाको १० वटा स्थानीय तहमा प्रथम बनेको हो । त्यसैगरि जिल्ला सदरमुकाम रहेको खाँदबारी नगरपालिका १० वटा स्थानीय तहमा दोस्रो बनेको छ । खाँदबारी नगरपालिकाले ७३ अंक प्राप्त गरेका छन् ।
त्यसैगरि सभापोखरी गाउँपालिकाले ७२.७५ ...









