editor@sajhakura, Author at साझाकुरा - Page 36 of 89
आइतवार, चैत्र १, २०८२

Author: editor@sajhakura

आज दिउँसो धेरै भारी वर्षा र  राति अति भारी वर्षाको सम्भावना
समाचार

आज दिउँसो धेरै भारी वर्षा र  राति अति भारी वर्षाको सम्भावना

श्रावण २२ आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार प्राय: सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुनेछ भने धेरै ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा झन् धेरै वर्षा हुने अनुमान महाशाखाकको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक दुई स्थानमा अति भारी वर्षा हुनेछ । सबै प्रदेशका केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार केही दिन अत्यधिक वर्षा निरन्तर हुनेछ । केही ठाउँमा धेरै भारीदेखि अति भारी वर्षा हुने भएकोले ती क्षेत्रमा बाढीपहिरोको जोखम हुने भएकोले सतर्क सरहन महाशाखाले अपिल गरेको छ । ...
बंगलादेशी सेनाप्रमुखद्वारा अन्तरिम सरकार गठनको घोषणा
अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार

बंगलादेशी सेनाप्रमुखद्वारा अन्तरिम सरकार गठनको घोषणा

श्रावण २१ प्रधानमन्त्री शेख हसिना पदबाट राजीनामा दिई भारततर्फ लागेपछि त्यहाँको सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठनको घोषणा गरेका छन् । ‘सेनाप्रमुख जमानले सबै राजनीतिक दलसँगको छलफलपछि त्यहाँ अन्तरिम सरकार गठनको निर्णय गरिएको जानकारी दिएका छन् । उनले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग त्यहाँ उत्पन्न बिषम परिस्थीतिसंग जुझ्नका लागि आवश्यक पहलकदमी शुरु गर्नलागिएको बताएका छन् । उनले आन्दोलनको क्रममा भएका सबै सहित र तिनका परिवारलाई सरकारले न्याय सुनिश्चित गर्ने प्रतिवद्धता समेत जनाएका छन् । जनरल वाकरले प्रधानमन्त्री शेख हसिना आफ्नो पदबाट राजीनामा बुझाएर देश छाडेर गएको पुष्टी गरेका छन् ।...
पदबाट राजीनामा दिँदै प्रधानमन्त्री शेख हसिना बाजेदले बंगलादेश छाडिन्
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

पदबाट राजीनामा दिँदै प्रधानमन्त्री शेख हसिना बाजेदले बंगलादेश छाडिन्

श्रावण २१ बंगलादेशको राजधानी ढाकामा बढ्दो हिंस्रक तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिना राजिनामा बुझाएर अन्य देशमा पुगेको बिबिसिले जनाएको छ । त्यहाँ भैरहेको आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री हसिना पदबाट राजीनामा दिएर हेलिकप्टर मार्फत भारततर्फ गएको बीबीसीले उल्लेख गरेको । बंगलादेशमा प्रदर्शनका क्रममा हजारौं नागरिकले प्रधानमन्त्रीको निवासमा प्रवेश गरि तहल्का मच्याएकाले शुरक्षाका लागि भारत प्रस्थान गरेको उल्लेख गर्दै बिबिसिले प्रधानमन्त्री हसिनाले भिडियो सन्देश जारी गर्न खोजे पनि त्यो संभव नभएको बताएको छ । बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग अहिलेको अवस्थाबारेमा छलफल शुरु गरेको बताईएको छ । त्यसपछि सेना प्रमुखले अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । सेना, प्रहरी लगायत त्यहाँका शुर...
भोलि र पर्सि देशका धेरै ठाउँमा ठूलाे पानी पर्ने, ३४ वटा जिल्लामा ‘रेड अलर्ट’ जारी
समाचार

भोलि र पर्सि देशका धेरै ठाउँमा ठूलाे पानी पर्ने, ३४ वटा जिल्लामा ‘रेड अलर्ट’ जारी

श्रावण २२ भोलिदेखि मंगलबार देखि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भन्दै जल तथा मौसम विज्ञान विभागले खतराको सूचना अर्थात् 'रेड अलर्ट' जारी गरेको छ । मनसुनको न्यून चापीय रेखा भोलिदेखि नेपालतर्फ सर्ने र यसले धेरै ठाउँमा निकै ठूलो पानी पार्ने विभागले जनाएको छ । विभागले भोलि र पर्सिका लागि ३४ वटा जिल्लामा रेड अलर्ट जारी गरेको हो । विभागले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम, बाग्मती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक र धादिङ तथा गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोरखालाई खतराको सूचीमा राखेको छ । यस्तै लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान र अर्घाखाँची तथा सुदूरपश्चिमका बैतडी, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा पनि विभागले रेड अलर्ट जारी गरेको छ...
बीमाको रकम लिन आफैं पसलमा आगो, पोल खुलेपछि पक्राउ
अपराध

बीमाको रकम लिन आफैं पसलमा आगो, पोल खुलेपछि पक्राउ

श्रावण २१ पोखरा । साउन १६ को बिहानै पोखरा ६ लेकसाइडमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भयो । स्याङ्जाको आँधिखोला ४ का सुजन गहतराजले सञ्चालन गरेको सपिङ सेन्टरमा भएको आगोलागी बाट १ करोड ५० लाख रुपैंया बरावरको क्षति भएको प्रहरीले निष्कर्ष निकाल्यो । गहतराजले ४ वर्षदेखि मदिरा तथा किराना सामग्री पाइने सपिङ सेन्टर संचालन गर्दै आएका थिए । घटना पछि उनले इन्भटर सर्ट भएर आगो लगाएको बताएका थिए । शंका लागेपछि प्रहरीले अनुसन्धान थाल्यो । त्यसक्रममा व्यवसायमा निरन्तर घाटा भएपछि बीमाको रकम दाबी गर्ने उद्देश्यका साथ आफैंले आगो लगाएको रहस्य खुल्यो । प्रहरीका अनुसार आगलागीको घटनापछि इन्भटर बिक्री गर्ने पसलका धनीलाई भेट्यो, जसले इन्भटर सर्ट भएर आगो नलाग्ने बताए । नेपाल विद्यूत प्रधिकरणले पनि घटना बुझेपछि विद्युत सर्ट नभएको जानकारी दियो । आफैंले आगो लगाएको हुनसक्ने प्रहरीको आशंका थियो । गहतराजले...
इजरायली आक्रमण पछि युद्धको चपेटामा मध्यपुर्व
अन्तर्राष्ट्रिय, समाचार

इजरायली आक्रमण पछि युद्धको चपेटामा मध्यपुर्व

श्रावण २० एजेन्सी । अमेरिकाले लेवननामा रहेका आफना देशका नागरिकहरुलाई तत्काल देश छोड्न आदेश दिएको छ । बेरुतस्थित अमेरिकी दूतावासले एक सुचना जारी गर्दै मध्यपूर्वमा बढ्दो तनावलाई मध्यनजर गर्दै तत्काल लेवनान छोड्न आदेश जारी गरेको छ त्यसका लागि तुरुन्त जुनसुकै प्रकृतीका टिकट लिइ अमेरिका फर्कन निर्देशन समेत दिएको छ । इराजयली आक्रमणमा हमास प्रमुखसहित अन्य नेताहरु मारिएसँगै इरानले इजरायलको बदला लिने चेतावनी जारी गरेपछि मध्यपुर्वमा थप युद्ध हुने सम्भावना बढेको छ । इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रको हत्या गरेको केही घण्टापछि हमास प्रमुख हानियाको हत्या गरेको थियो । यता जोर्डनको विदेश मन्त्रालयले पनि आफ्ना देशका नागरिकहरूलाई तुरुन्त लेबनान छाड्न आदेश दिएको छ । यस्तै क्यानाडाले आफ्ना नागरिकहरूलाई इजरायलको यात्राबाट बच्न अपील जारी गरेको छ । यसैबीच अमेरिकाले इरानको सम्भावित आक्...
मिस नेपालको उपाधि आश्मा केसीलाई
समाचार, समाज

मिस नेपालको उपाधि आश्मा केसीलाई

श्रावण २० मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्मा कुमारी केसीले पहिरिएकी छिन् । उनले शनिबार सम्पन्न ग्राण्ड फाईनलमा मिस नेपाल वर्ल्ड २०२४ को उपाधि हात परेकी हुन् । त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसी र मिस नेपाल इन्टरनेशलन २०२४ काे उपाधी करुणा रावतले जितेकी छिन् ।
आज भोटो जात्रा, काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा
समाचार, समाज

आज भोटो जात्रा, काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा

श्रावण २० आज भोटो जात्रा । रातो मत्स्येन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्‍याएसँगै आज भोटो देखाइने भएको छ । भोटो जात्रा देखाइसकेपछि मत्स्येन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजाका साथ बुङगमती पुर्‍याइनेछ । परम्परा अनुसार रातो मस्त्येन्द्रनाथलाई सुर्य दक्षिणायण हुँदा ६ महिना बुङमती र उत्तरायण हुँदा ६ महिना पाटनमा राख्ने चलन छ । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रामा नागलोकबाट प्राप्त मणि, माणिक्य आदि बहुमूल्य वस्तु जडित प्राचिन भोटो अवलोकन गर्न राष्ट्रप्रमुखलगायत विशिष्ट व्यक्तित्वहरु उपस्थित हुने चलन छ । आज भोटोजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तिहरु सहभागी हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ । साथै ललितपुरकी जीवित देवी कुमारी र ललितपुरका १७ औं शताब्दीका ...
काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दै
खेलकुद, समाचार

काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दै

श्रावण २० काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बेलुका सवा ५ बजे शुरु हुनेछ । त्यसअघि आजै दिउँसो तीन बजे श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् । आजको खेलमा नेपालले इरानलाई सोझो सेट वा ३–१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । सात अङ्कसहित शीर्ष स्थानमा रहेको भारतले यसअघि इरान र माल्दिभ्सलाई हराएको थियो । नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ भने भारतले श्रीलङ्कासँग खेल्नेछ । हिजो भएको खेलमा भारतलाई ३–२ को सेटमा हराउँदै नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्न सफल भयो । यसअघि सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा नेपाल उपाधि नजिकै पुगे पनि अन्तिम सेटमा भारतसँग पराजित भएको थियो । काभा महिला ...
मन्त्रिपरिषद्‌ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त गरियो
राजनीति, समाचार

मन्त्रिपरिषद्‌ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त गरियो

श्रावण १८ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले आज कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट रुपा विक, पूर्णबहादुर तामाङ र नागरिक उन्मुक्ति पार्टिबाट राज्यमन्त्रीमा अरुण चौधरी नियुक्त भए उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।...