editor@sajhakura, Author at साझाकुरा - Page 38 of 89
आइतवार, चैत्र १, २०८२

Author: editor@sajhakura

पाकिस्तानमा साम्प्रदायिक हिंसा, ४३ जनाको ज्यान गयो
अन्तरवार्ता, समाचार

पाकिस्तानमा साम्प्रदायिक हिंसा, ४३ जनाको ज्यान गयो

श्रावण १५ पाकिस्तानको कुर्रम जिल्लामा जनजातिहरूबीचको भूमिसम्बन्धी विवाद साम्प्रदायिक हिंसामा परिवर्तन हुँदा ४३ जनाको ज्यान गएको छ । ३० एकड अर्थात झण्डै एक सय कनाल जग्गाको स्वामित्वको विषयमा विवाद हुँदा अरु एक सय ५० भन्दा धेरै मानिस घाइते भएका छन् । यो विवाद बुसेहराका दुई गाउँमा बसोबास गर्ने आदिवासीबीचको हो । अधिकारीहरुकाअनुसार ६ दिन अघि शुरु भएको लडाई कुर्रम जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको छ । दशकौँदेखि भइरहेको कृषि भूमि विवादमा वार्ता गरिरहेको परिषद्मा एकजनाले गोली चलाएपछि साम्प्रदायिक हिंसा शुरू भएको हो ।सुन्नी मुस्लिम मडागी र शिया माली खेल जनजातिबीच गएको बुधवारदेखि हिंसा भइरहेको बीबीसी हिन्दिले जनाएको छ । त्यहाँको सरकारी अधिकारीकाअनुसार हिंसामा  सबैभन्दा धेरै अल्पसङ्ख्यक सम्प्रदायको रहेका छन् ।  कुर्रम पूर्व सङ्घीय प्रशासित जनजातीय क्षेत्रको हिस्सा भएपनि सन् २०१८ मा खैबर पख्त...
पोखरामा स्कुल बस दुर्घटना, एक जनाको ज्यान गयो
समाचार

पोखरामा स्कुल बस दुर्घटना, एक जनाको ज्यान गयो

श्रावण १४ पोखरामा आज बिहान स्कुल बस दुर्घटना भएको छ । विद्यार्थी बोकेको बस दुर्घटना हुँदा स्कुलमा काम गर्ने एक जना सहयोगीको ज्यान गएको कास्की प्रहरीले जनाएको छ । बिहान विद्यार्थी लिएर स्कुल जाँदै गरेको एलपी देवकोटा मेमेरियल स्कुलको बस पोखरा १७ फुस्रे खोलानजिकै दुर्घटना भएको हो । दुर्घटनामा विद्यार्थीसहित २४ जना घाइते भएका र उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । याे खबर उज्यालाे अनलाईनमा प्रकाशित छ ।...
संखुवासभाका पत्रकारको संस्था एसकाजले पायो नयाँ कार्यसमिति,अध्यक्षमा खनाल र महासचिवमा भट्टराई
समाचार

संखुवासभाका पत्रकारको संस्था एसकाजले पायो नयाँ कार्यसमिति,अध्यक्षमा खनाल र महासचिवमा भट्टराई

श्रावण १३ संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसिएसन (एसकाज)ले आगामी कार्यकालका लागि शंकर खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । एशोसिएसनको शनिवार भएको साधारणसभाले खनालसहित सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा दिपेश श्रेष्ठ, महासचिवमा उद्धव भट्टराई, सचिवमा सुनिता पोखरेल, कोषाध्यक्षमा द्धारीका काफ्लेलाई निर्वाचित गरेको छ । त्यसैगरी सदस्यमा निमेशजंग राई, मणिराज गुरुङ, कुलचन्द्र बिष्ट, पर्वत बिश्वकर्मालाई पनि निर्वाचित गरेको छ । सल्लाहकारमा हेमन्त गौतम, दुर्गा खनाल र संस्थापक अध्यक्ष दिपेन्द्र वान्तवा रहेका छन् । नेपाल पत्रकार महासंघ संखुवासभाको पूर्व सभापतिसमेत रहेका खनाल हाल ईमेज टेलिभिजनमा कार्यरत छन् । लामो समयदेखि पत्रकारितामा आबद्ध खनालसँग बिभिन्न सञ्चारगृहमा रहेर काम गरेको अनुभव छ । त्यसैगरि रोजगार मिडियाका सम्पादक उद्वव भट्टराई एसकाजको महा...
खाँदबारी बालविकास समाजलाई समाजसेवी घिमिरे दम्पत्तिद्धारा एक करोड सहयोग
अर्थ/व्यापार, समाचार

खाँदबारी बालविकास समाजलाई समाजसेवी घिमिरे दम्पत्तिद्धारा एक करोड सहयोग

समाजसेवी तथा सुशासनविद् हिरामणि घिमिरे र सीता घिमिरेले खाँदबारी बालबिकास समाजलाई एक करोड रुपैया प्रदान गरेका छन्। सङ्खुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएसन र खाँदबारी बालविकास समाजले शनिबार काठमाडौं चण्डोलमा आयोजना गरेको कार्यक्रममा घिमिरे दम्पतीले प्रदान गरेको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समाजका अध्यक्ष रामप्रसाद घिमिरेलाई हस्तान्तरण गरे। सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै घिमिरेले पहिले समाजबाट आफूले विभिन्न प्रकारको सहयोग तथा लाभ लिएको र अहिले त्यसैको पैंचौ समाजलाई तिरेको बताए । ‘ मैले कुनै पैसा दिएको होइन, मैले समाजलाई पैचो फर्काएको मात्र हो’ घिमिरेले खाँदवारी वालबिकास समाजको उद्घाटन कार्यक्रममा भने–‘यो रकमबाट समाजमा रहेका वालवालिकाको स्वास्थ्य, शिक्षा तथा जीवनस्तर उकास्न सहयोग पुग्न सकोस् ।’ खाँदवारी बालविकास समाजले बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण ...
कीर्तिपुरका मेयरको निधनको शोकमा आईतबार काठमाण्डौ उपत्यकाका पालिकाहरुमा शोक बिदा
समाचार

कीर्तिपुरका मेयरको निधनको शोकमा आईतबार काठमाण्डौ उपत्यकाका पालिकाहरुमा शोक बिदा

श्रावण १२ किर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको शोकमा भोलि आइतवार काठमाण्डौ उपत्यकाभित्रका सबै पालिका र पालिका मातहतका निकायहरुमा सार्वजनिक बिदाको घोषणा गरिएको छ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनको शोकमा काठमाण्डौ उपत्यका मेयर्स फोरमले काठमाण्डौ, ललितपुर र भक्तपुरका सबै पालिका र माताहतका कार्यालयहरुमा शोक बिदाको घोष्णा गरेको हो । लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित कीर्तिपुरका मेयर नकर्मीको उपचारको क्रममा निधन भएको हो । फोरमका अध्यक्ष चीरबाबु महर्जनले निकाल्नुभएको विज्ञप्तिमा नकर्मीको निधनको खबरले काठमाण्डौ उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख गरिएको छ । विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए । उनको बिहिबार निधन भएको थि...
रुद्राक्ष व्यवसायि संघ कोशी प्रदेश अध्यक्षमा राजकुमार घिमिरे
अर्थ/व्यापार, समाचार

रुद्राक्ष व्यवसायि संघ कोशी प्रदेश अध्यक्षमा राजकुमार घिमिरे

श्रावण ११ खाँदबारी । रुद्राक्ष व्यवसायि संघ कोशी प्रदेश समिति पहिलो पटक गठन भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङ्टारमा राजकुमार घिमिरेको अध्यक्षतामा रुद्राक्ष व्यवसायि संघ कोशी प्रदेश समिति गठन भएको नवगठित समितिका उपाध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए । घिमिरेको अध्यक्षता १५ सदस्यीय समिति गठन भएको हो । कोशी प्रदेश समितिको उपाध्यक्षमा सुनिल श्रेष्ठ र रमेश बुढाथोकी, महासचिवमा सुरज गौतम, सचिवमा कमलबहादुर तिवारी, सहसचिवमा सुरेश श्रेष्ठ र कोषध्यक्षमा एकराज थापा चयन भएका छन् । समितिको सदस्यहरुमा धनबहादुर राई, राम राई, शिवकुमार श्रेष्ठ, भिम कार्की, विनय राई, नरेन्द्र तामाङ, दलेन्द्र राई र कृष्ण केसी रहेका छन् । संघका केन्द्रीय उपाध्यक्ष अगमसिं राई उपस्थितिमा समिति गठन भएको हो । नव गठित समितिले इश्वर शर्मा बजगाई र मुकेश अधिकारीलाई समिति सदस्यमा मनोनित समेत गरेको छ । समिति गठनका ल...
पूर्वसांसदलाई राज्यले सुविधा दिनुपर्ने माग
राजनीति, समाचार

पूर्वसांसदलाई राज्यले सुविधा दिनुपर्ने माग

श्रावण ११ पूर्वसांसद मञ्चले राज्यसँग सुविधा माग गरेको छ । मञ्चका अध्यक्ष ओमकार श्रेष्ठको नेतृत्वमा शुक्रबार गृहमन्त्री रमेश लेखकलाई भेट्न सिंहदरबार पुगेको टोलीले राज्यसँग सुविधा माग गरेको हो । पूर्वसांसदहरूले निरन्तर जनताको काममा रहेको दाबी गर्दै राज्यको तर्फबाट न्यूनतम सुविधा उपलब्ध गराउनुपर्ने माग राखेका हुन् । मञ्चको माग सम्बोधनका लागि आफू सकारात्मक रहेको गृहमन्त्री लेखकले जवाफ दिएका छन् । ...
माओवादी मन्त्रीहरूले दिए राजीनामा, समर्थन पनि फिर्ता लिने
राजनीति, समाचार

माओवादी मन्त्रीहरूले दिए राजीनामा, समर्थन पनि फिर्ता लिने

श्रावण ११ कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिएका छन् । शुक्रबार माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाएसँगै माओवादी कोशी प्रदेस सरकारबाट अलग्गिएको छ । शुक्रबार राजीनामा दिए पनि तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिएको पूर्व भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेतिले बताए उनले चाँडै नै माओवादी केन्द्रको संसदीय दलको बैठक डाकेर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिईने बताए । माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा ३ जना मन्त्री र एक जना राज्यमन्त्रीका रुपमा नियुक्त भएका थिए ।...
विद्युत प्राधिकरण नेतृत्वले सरकारलाई सहयोग नगरेको ऊर्जामन्त्री खड्काको आरोप
अर्थ/व्यापार, समाचार

विद्युत प्राधिकरण नेतृत्वले सरकारलाई सहयोग नगरेको ऊर्जामन्त्री खड्काको आरोप

श्रावण ११ ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरण नेतृत्वले सरकारलाई सहयोग नगरेको आरोप लगाएका छन् । सरकारी निकायले आफ्नो उत्तरदायित्व भुलेर उद्योगहरुमा विद्युत आपूर्ति बन्द गर्ने जस्तो गैरजिम्मेवार कार्य गरेकोमा उनले प्राधिकरणको नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा डेडिकेटेड तथा ट्रंक लाईनको वक्यौता रकम असुली गर्ने क्रममा प्राधिकरणले ६ वटा उद्योगको विद्युत आपूर्ति बन्द गरिएको सन्दर्भमा छलफल डाकिएको थियो । उक्त छलफलका क्रममा मन्त्री खड्काले सरकारको निर्णय नमान्ने भन्ने पनि हुन्छ र र भनि प्रश्न राखेका थिए । उद्योगि ब्यवसायीप्रति लचक देखिएका मन्त्री खड्काले विद्युत प्राधिकरणले उद्योगीहरुसँग बसेर छलफलको निश्कर्ष निकाली सरकारलाई बुझाउन समेत निर्देशन दिए । उनले विद्युत आपूर्ति नरोक्ने तर आवश्य...
विमान दुर्घटनाका पिडित परिवार भन्छन् : उचित क्षतिपुर्ति नदिए शव बुझ्दैनाैं
राजनीति, समाचार, समाज

विमान दुर्घटनाका पिडित परिवार भन्छन् : उचित क्षतिपुर्ति नदिए शव बुझ्दैनाैं

श्रावण ११ विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले उचित क्षतिपुर्तिकाे ब्यवस्था नगरे शव नबुझ्ने अडान राखेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरुले अडान राखेका हुन् । गत बुधबार काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । ‘ बीमा रकम कति र कहिले पाउने प्रष्ट हुनुपर्ने, सौर्य एयरलाइन्सले दिने क्षतिपूर्ति, मृतकका छोराछोरीको शिक्षा, आश्रित परिवारको रोगजगारी लगायतका विषयमा प्रष्ट भएपछि मात्र शव बुझ्ने मृतकका आफन्तकाे अडान छ । बुधबार भएको विमान दुर्घटनामा मृत्यु भएका सबैको शव पहिचान भईसकेकाे छ ।...