भारतमा फैलिँदै प्राणघातक चाँदीपुरा भाइरस
श्रावण ११
भारतको गुजरात राज्यमा चाँदीपुरा भाइरसबाट ४४ जनाको मृत्यु भएको छ भने हालसम्म ५ दर्जन बढिको उपचार भैरहेको जनाईएको छ ।
गुजरातका स्वास्थ्य मन्त्रालयले त्यहाँ हालसम्म १२४ जनामा चाँदीपुरा भाइरस प्रमाणीत भएको छ ति मध्ये अधिकांश ग्रामिण भेगमाफेला परिसकेको छ। ग्रामिण भेगमा देखिएको उक्त भाइरस पछिल्लो समय गुजरातको हमदावाद, वडोदरा, राजकोट, सुरत लगायतका जनाधार रहेका ठूला सहरहरूमा पनि यो भाईरस संक्रमण फैलँदै गएको गुजरात सरकारले जनाएको छ ।
गुजरात बाहेक राजस्थानमा पनि चाँदीपुरा भाइरसको सङ्क्रमण देखिएको छ । राजस्थानमा हालसम्म ६ जनामा चाँदीपुरा भाइरसको सङ्क्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ। अन्य ५ जनाको उपचार भइरहेको छ। त्यस्तै मध्यप्रदेश र महाराष्ट्रमा पनि चान्दीपुरा भाइरस पुष्टि भएको छ।
चान्दीपुरा भाइरस आरएनए भाइरस हो। यो सबैभन्दा धेरै पोथी प्लेबोटोमाइन प्रजातिको झिङ्गाबाट फैलिन्छ। ...









