4JunNo Comments
30MayNo Comments
घिमिरेकाे नेतृत्वमा रास्वपा नगर समिति चयन
संखुवासभा जेष्ठ १६
राष्ट्रिय स्वतन्त्र पार्टि खाँदबारी नगरपालिकाको नगर अधिवेशनबाट गणेश घिमिरेको नेतृत्वमा १२ सदस्यिय नयाँ कार्यसमिति चयन भएकाे छ आज खाँदबारीमा सम्पन्न
नगर अधिवेशनले उपाध्यक्षमा प्रतीक्षा श्रेष्ठ, सचिबमा किरण प्रभात बुढाथाेकी, सह सचिबमा कृष्ण बराल, काेषाध्यक्षमा तुलसा शर्मा पाेखरेललाई सर्वसम्मत रुपले निर्वाचित गरेकाे छ । नवनिर्वाचित समितिका सदस्यहरुमा ईन्द्रा कुमारी तामाङ, कल्पना दर्जी, ईश्वर बराल, सुर्य बहादुर ओझा , रण बहादुर बिष्ट , मन बहादुर गुरुङ र रमनाथ खनाल रहेकाे रास्वपा जिल्ला सभापति भक्त नारायण श्रेष्ठले जानकारी दिए ।
...
29MayNo Comments
निजी क्षेत्रले जलाशययुक्त विद्युत् आयोजनामा लगानी गरे ४० प्रतिशतसम्म आईपीओ जारी गर्न दिइने
सरकारले ऊर्जा प्रवर्द्धकलाई ४० प्रतिशतसम्म सेयर सर्वसाधारणलाई बिक्री गर्ने दिने अनुमति दिने भएको छ । आर्थिक वर्ष २०८३र०८४ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले जलाशययुक्त आयोजनामा शतप्रतिशत लगानी सुनिश्चित गरे ४० प्रतिशतसम्म आईपीओ जारी गर्न दिने भएको हो ।
‘ठूला तथा जलाशययुक्त जलविद्युत् आयोजनाको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्न प्रवर्द्धकले शतप्रतिशत रकम जलाशययुक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्ष ४० प्रतिशत सेयर सर्वसाधरणलाई बिक्री गर्ने दिने अनुमति दिने व्यवस्था गर्नेछौं,’ उनले भने ।
साथै सरकारले निर्माणमा नगएका आयोजनाको अनुमतिपत्र खारेज गरी नयाँ पीपीए गर्ने भएको छ । योसँगै सरकारले नयाँ विद्युत् खरिदबिक्री सम्झौता ९पीपीए० नगर्ने भएको हो । पीपीए गरेका तर निर्माण सुरू नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी ुटेक अर पेु विधिमा नयाँ...
29MayNo Comments
आगामी वर्ष १ हजार किलोमिटर कालोपत्रे, २ सय सडक पुल
सरकारले आगामी आगमा १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ ।
सो आवमा २ सय सडक पुल निर्माण गरिने अर्थमन्त्री डां स्वर्णिम वाग्लेले घोषणा गरे ।
नका अनुसार पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिने । यसैवर्ष नारायणगढ–बुटवल र कमला–कन्चनपुर खण्ड निर्माण सकिने छ ।
अर्को दुई वर्ष भित्र ८० किलोमिटर निर्माण सकिने उनले बताए । सो राजमार्गका लागि ३७ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।
दू्तमार्गको ४० पुल र ४ सुरुङ दु्रतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । हुलाकी राजमार्गलाई ४ अर्ब ६५करोड विनियोजन गरिएको छ ।
कर्णाली राजमार्गलाई १ अर्ब र मध्यपहाडी लोकमार्गलाई २ अर्ब १६ करोड विनियोजन गरिएको छ ।...
29MayNo Comments
सरकारले १५ जना एआईविद्लाई फेलोसिप दिने
सरकारले मुलुकलाई आत्मविश्वासका साथ एआईको युगमा प्रवेश गराउन विशेष पहल सुरु गर्ने जनाएको छ ।
यसको लागि काठमाडौंको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युटर केन्द्र स्थापना गर्ने योजना सरकारको छ ।
आगामी आर्थिक वर्ष २०८३र८४ का लागि बजेट भाषण गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरि एआई उद्यमी र स्टार्टअपलाई सहुलियपूर्ण कम्प्युटर क्षमता उपलब्ध गराउने बताएका हुन् ।
त्यस्तै, स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युटर सेवामा रूपान्तरण गर्ने रणनीतिसमेत सरकारको रहेको उनले बताए ।
बजेट भाषणमा अर्थमन्त्री वाग्लेले नेपालको विद्यमान ऊर्जाशक्तिलाई एआईको विकासमा प्रयोग गरि सीपयुक्त रोजगारी, डिजिटल निर्यात, एआईमा आधारित आर्थिक रुपान्तरणको जग निर्माण हुने विश्वास रहेको बताएका हुन् ।
यस्तै एआईको क्षेत्रमा अन्तराष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा १५ जना नेप...
29MayNo Comments
खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड बजेट, क्रिकेट र फुटबल रंगशालालाई प्राथमिकता
सरकारले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै पूर्वाधारको विकासलाई प्राथमिकता दिइएको छ।
अर्थमन्त्री वाग्लेले तीन वर्षमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशाला फ्लडलाइटसहितको बनाउने घोषणा गरे। त्यस्तै प्रमुख ८ सहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला बनाइने र खेलकुदमा आवासीय तालिमको व्यवस्था गर्ने बताए।...
29MayNo Comments
खाँदबारीमा एम्पायर बिकास कोर्ष तथा पुनरताजगी तालिम शुरु
संखुवासभा जेष्ठ १५
कोशी प्रदेश ब्याडमिण्टन संघको आयोजना, जिल्ला ब्याडमिण्टन संघ संखुवासभाको प्रायोजन तथा नेपाल ब्याडमिण्टन संघको प्राबिधिक सहयोगमा संखुवासभाको खाँदबारीमा एम्पायर बिकास कोर्ष तथा पुनरताजगी तालिम खाँदबारीमा आजबाट शुरु भएको छ ।
आज बिहान ब्याडमण्टिन संघ संखुवासभाका अध्यक्ष सन्जीव श्रेष्ठको सभापतित्व तथा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाको प्रमुख आतिथ्यतामा भएको तालिम उदघाटन कार्यक्रममा
खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, नेपाल ब्याडमिण्टन संघका सचिव तथा अन्तराष्ट्रिय प्रशिक्षक दीपक थापा, कोशी प्रदेश ब्याटमिण्टन संघका अध्यक्ष योगेश्वर श्रेष्ठ जिल्ला भलिवल संघका अध्यक्ष मेदिनी घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष तथा खाँदबारी एफएमका स्टेशन मेनेजर कृष्णराज शाक्य, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत लगायत अत...
28MayNo Comments
खाँदबारीमा एम्पायर बिकास कोर्ष तथा पुनरताजगी तालिम
संखुवासभा जेष्ठ १४
कोशी प्रदेश ब्याडमिण्टन संघको आयोजना, जिल्ला ब्याडमिण्टन संघ संखुवासभाको प्रायोजन तथा नेपाल ब्याडमिण्टन संघको प्राबिधिक सहयोगमा संखुवासभाको खाँदबारीमा एम्पायर बिकास कोर्ष तथा पुनरताजगी तालिम खाँदबारीमा आयोजना गरिने भएको छ ।
भोली जेष्ठ १५ गते देखि १९ गते सम्म संचालन हुने तालिममा अन्तराष्ट्रिय प्रशिक्षक दीपक थापा, राष्ट्रिय प्रशिक्षक केदार धिमाल कोशी प्रदेश ब्याटमिण्टन संघका अध्यक्ष योगेश्वर श्रेष्ठ लगायत १४ जिल्लाका ४५ बढि प्रशिक्षक तथा प्रशिक्षार्थीको सहभागिता रहने जिल्ला ब्याडमिण्टन संघ संखुवासभाका सचिव रुद्रमणी श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्लो समय संखुवासभामा ब्याडमिण्टन खेलप्रति खेलाडीहरुको आकर्षण बढ्दै गएको छ । जिल्ला ब्याडमिण्टन संघ संखुवासभाले यस अघि प्रदेश स्तरिय, नरबहादुर बिष्णुमायाँ कुलुङ जातिको चाक्चाकुरको अवसर जिल्ला स्तरिय ब्याडमिण्टन प्रतियोगिता लगाय...
28MayNo Comments
जेष्ठ नागरिक सम्मानित
संखुवासभा जेष्ठ १४
खाँदबारी वडा नं. १ को आयोजनामा वडा भित्रका ८० बर्ष माथिका जेष्ठ नागरिकलाई आज एक भब्य कार्यक्रमका बिच सम्मान गरिएको छ ।
सम्मानित जेष्ठ नागरिकहरुलाई खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा बज्राचार्य, वडा नं. १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठ, वडा सदस्य उदिम राई, श्रृजना संकर, सारदा पराजुली लगायतले दोसल्ला, टेक्ने लौरो र मायाँको चिनोबाट सम्मान गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख महेश थपलियाले जेष्ठ नागरिकको मार्गनिर्देश र आशिर्वादले आजको पुस्ताले धेरै अवसर पाएको बताउनु भएको थियो । सम्बोधनका क्रममा नगरप्रमुख थपलियाले बृद्धा बृद्ध समाजको अग्रजहरु भएकाले उनिहरुको सम्मानका लागि नगरपालिकाले सकेको सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रममा नगरउपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यले बृद्धबृद्धाको सम्मान र सेवा गर्नसके सबैको भलो हुने धारणा राख्नुह...
25MayNo Comments
हेलिकप्टर मार्फत सुत्केरीको उद्धार
सुत्केरी महिलाको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारको लागी नेपाली सेनाको हेलिकप्टरद्वारा पठाउने कार्यमा सहयोग गर्दै संखुवासभा प्रहरी । खाँदबारी ७ कि ३० बर्षिया सबिता मगरको हिजो सुत्केरी ब्यथाले च्यापेर खाँदबारी अस्पताल भर्ना भएकी उनको शल्यकृया मार्फत नवजात शिशु निकालिए पनि अत्याधिक रक्तश्रावका कारण अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि थापाथली स्थित प्रशुति गृहमा पठाईएको जिल्ला अस्पताल संखुवासभाका प्रमुख सन्तोष देबले जानकारी लिए । ...