संखुवासभा जेष्ठ १५
कोशी प्रदेश ब्याडमिण्टन संघको आयोजना, जिल्ला ब्याडमिण्टन संघ संखुवासभाको प्रायोजन तथा नेपाल ब्याडमिण्टन संघको प्राबिधिक सहयोगमा संखुवासभाको खाँदबारीमा एम्पायर बिकास कोर्ष तथा पुनरताजगी तालिम खाँदबारीमा आजबाट शुरु भएको छ ।
आज बिहान ब्याडमण्टिन संघ संखुवासभाका अध्यक्ष सन्जीव श्रेष्ठको सभापतित्व तथा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाको प्रमुख आतिथ्यतामा भएको तालिम उदघाटन कार्यक्रममा
खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, नेपाल ब्याडमिण्टन संघका सचिव तथा अन्तराष्ट्रिय प्रशिक्षक दीपक थापा, कोशी प्रदेश ब्याटमिण्टन संघका अध्यक्ष योगेश्वर श्रेष्ठ जिल्ला भलिवल संघका अध्यक्ष मेदिनी घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष तथा खाँदबारी एफएमका स्टेशन मेनेजर कृष्णराज शाक्य, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत लगायत अतिथी रहनुभएको थियो ।
जिल्ला ब्याडमिण्टन संघका जिल्ला सचिव रुद्रमणी श्रेष्ठले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथी महेश थपलियाले खेल क्षेत्रको बिकासका लागि खाँदबारी नगरपालिकाले सकेको सहयोग उपलब्ध गराईएको जानकारी दिँदै आगामी बजेटमा समेत खेल क्षेत्रको बिकासका लागि आवश्यक बजेटको ब्यवस्था गर्ने प्रतिवद्धता जनाउँदै अन्य खेलकुदका ईभेण्टहरु थप गर्न प्रतिवद्ध रहेको बताएका थिए ।
उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यले पनि आफु खेलकुदको क्षेत्रबाटै परिचित भएकाले खेलकुदको बिकासका लागि आफुले सकेको काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नूभएको थियो । ब्याण्मिण्टन संघका सचिव तथा अन्तराष्ट्रिय रेफ्री दीपक थापाले जुनसुकै प्रतियोगिता निश्पक्ष र धाँधलीरहित तरिकाबाट सम्पन्न गर्न रेफ्रिको सबैभन्दा बढि भुमिका रहने भएकाले संबेदनशिल भएर तालिममा सक्रिय रहन सहभागिहरुलाई आग्रह गर्नूभएको थियो ।
कार्यक्रममा शुभकामना मन्त्यब्यका क्रममा जिल्ला भलिवल संघका अध्यक्ष मेदिनी घिमिरेले कुनैपनि खेल सम्पन्न गर्न रेफ्रिको ठुलो भुमिका हुनेभएकाले आफ्नो ब्यवसायीक दक्षता बढाउन तालिमबाट ठुलो सहयोग पुग्ने धारणा राख्नुभएको थियो ।
आजबाट शुरु भएको ५ दिने तालिममा १४ जिल्लाका ४५ बढि प्रशिक्षक तथा प्रशिक्षार्थीको सहभागिता रहेको जिल्ला ब्याडमिण्टन संघ संखुवासभाका सचिव रुद्रमणी श्रेष्ठले जानकारी दिनुभयो ।
