editor@sajhakura, Author at साझाकुरा - Page 41 of 89
आइतवार, चैत्र १, २०८२

Author: editor@sajhakura

सुकुम्बासीलाई विकल्प दिएर हटाउन सर्वोच्चको आदेश
समाचार

सुकुम्बासीलाई विकल्प दिएर हटाउन सर्वोच्चको आदेश

श्रावण २ सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनार ओगटेर बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश गरेकाे छ । फैसलामा वास्तविक सुकुम्बासीको स्थानान्तरण गरेर नदी किनारका सरकारी जग्गा खाली गर्न आदेस गरिएकाे हाे । अदालतले वास्तविक सुकुम्बासीको पहिचान गरी  हाल इचंगुनारायणमा रहेकाे आवासमा स्थानान्तरण गर्नभनी विकल्प समेत दिएको छ । यदि उक्त सुविधाले नपुग्ने भए आवश्यक संख्यामा अन्यत्र आवासको व्यवस्था गर्ने, ती स्थानमा जान नचाहने वास्तविक सुकुम्बासीलाई स्थानान्तरणको सहजीकरणकालागि तत्काल राहतका स्वरुप नगद दिएर भए पनि अतिक्रमण राेक्न भनेकाे छ ।...
सिमलताल दुर्घटनाः १७ शव फेला, नौ वटाको पहिचान खुल्यो
समाचार

सिमलताल दुर्घटनाः १७ शव फेला, नौ वटाको पहिचान खुल्यो

साउन २, चितवनको भरतपुर –२९ सिमलतालमा बस दुर्घटनामा परि गत शुक्रवार त्रिशूली नदीमा हराईरहेका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलले जनाए अनुशार दुर्घटनामा बेपत्ता भएका मध्ये हालसम्म १७ जनाको शव भेटिएको छ । ति मध्ये नौ वटा शवको मात्र पहिचान खुलेको छ । सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाकाअनुसार बाँकी यात्रु र बसको खोजीभैरहेको छ । हालसम्म सनाखत भएकाहरुमा भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमितकुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदीप बिक, रौतहटका फिरोज राहुपमिया, बराका परमानन्द पण्डित र चन्द्रनिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ । अन्य छ वटा पुरुष र दुई महिलाको शव रहेको छ ।  ...
मंगलबार ७० अंकले बढ्यो नेप्से
अर्थ/व्यापार

मंगलबार ७० अंकले बढ्यो नेप्से

श्रावण १ नेप्से परिसूचक मंगलबार उच्च अंकले बृद्धि भएको छ। आर्थिक बर्ष २०८१.०८१ को पहिलो दिन आज नेप्से ७०‍.१८ अंकले वृद्धि भएको हो। मंगलबार ३.१३ प्रतिशतले वृद्धि भएर २३१०.५९ विन्दुमा पुगेको छ । नयाँ सरकार गठन भएको दिन हिजो सोमबार १७.१८ अंकको गिरावट आएको परिसूचकमा मंगलबार भने तिब्र बृद्धि देखिएको हो । नेप्सेमा लामो समयावधी अर्थात ६ महिनापछि उच्च मूल्यको कारोबार भएको जनाईएको छ। आज मंगलबार ९ अर्ब १३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। मंगलबार २ सय ३४ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ८ कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ। पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक ०.४२ प्रतिशतले घटे पनि बाँकीको भने वृद्धि भएको छ। हाइड्रोपावर समूहको सबैभन्दा धेरै ५.४५ प्रतिशतले वृद्धि आएको छ भने विकास बैंक समूहको परिसूचक पनि...
ब्याडमिन्टन संघद्धारा पत्रकार महासंघ संखुवासभालाई नगद सहयोग
खेलकुद, समाचार

ब्याडमिन्टन संघद्धारा पत्रकार महासंघ संखुवासभालाई नगद सहयोग

ब्याडमिन्टन संघ संखुवासभाले नेपाल पत्रकार महासंघ संखुवासभालाई नगद सहयोग गरेको छ । संघले सोमबार खाँदबारीमा गरेको पत्रकार सम्मेलनमा २० हजार नगद हस्तान्तरण गरेको हो । संघका अध्यक्ष सन्जिव श्रेष्ठले महासंघका अध्यक्ष इन्द्र गिरीलाई नगद २० हजारको चेक हस्तान्तरण गर्नु भएको हो । गत असार ६ देखि ८ गतेसम्म खाँदबारीमा सञ्चालन भएको प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको प्रचारप्रसारका लागि संखुवासभामा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै संघले सहयोग गरेको हो । संघका सचिव रुद्रमणि श्रेष्ठले संखुवासभामा खेलकुदका गतिविधि सञ्चालनका क्रममा यस किसिमको सहकार्य पहिलो पटक गरिएको बताउनु भयो । अन्य खेलकुद आबद्ध संस्थाहरुलाई समेत सिकाई सुरुवात हुने वहाँले बताउनु भयो । नेपाल पत्रकार महासंघ संखुवासभाले गतवर्षबाट कार्यालय भवन निर्माणको काम गरिरहेको छ । सम्पन्न प्रतियोगिताको आयव्यव सा...
संखुवासभाका सिलीचोङमा ढुगाले किचेर २ जनाको मृत्यु,गम्भीर घाइतेलाई उपचारका लागि काठमाण्डाै लगियाे
समाचार

संखुवासभाका सिलीचोङमा ढुगाले किचेर २ जनाको मृत्यु,गम्भीर घाइतेलाई उपचारका लागि काठमाण्डाै लगियाे

श्रावण १ संखुवासभा जिल्लाको सिलीचोङ गाउँपालिका वडा नं. १ सिसुवाखोलामा गएराित ढुंगाले किच्दा दुई जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएको छ । घटनामा परि मृत्यू हुनेहरुमा ४९ बर्षिया मोतिमाया राई र बर्ष २५ कि बुहारी समिक्षा राई रहेका छन् । उक्त घटनामा परि घाईते भएकि छाेरि ३२ बर्षिया रविना राई रहेको शिलिचाेङ गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले बताए । घाईतेलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डाै लगिएकाे छ । एकै परिवारका उनीहरु घरमा सुतिरहेको अवस्थामा घरमाथीबाट ढुंगा झरेको वडाध्यक्ष अनिश कुलुङले जनाए ।...
जुवा खेलमा बिबाद हुँदा हत्या
अपराध, समाचार

जुवा खेलमा बिबाद हुँदा हत्या

सिन्धुलीमा जुवा खेल्ने क्रममा विवाद हुँदा एकजनाको हत्या भएको छ । सिंन्धुलीको घ्याङलेख हायुटारबाट रामपुर जाने बाटोमा पर्ने मिलनचोकमा भएको जुवाखेलमा बिवाद हुँदा घ्याङलेख गाउँपालिका २ चालिसेवगरका ३० वर्षीय टिकाबहादुर बुढाथोकीको हत्या भएको प्रहरिले जनाएको छ । जुवा खेलमा सापटी दिएको पैसा मागेको विषयलाई लिएर भएको विवादमा घ्याङलेख गाउँपालिका २ का ३० वर्षीय आशमान वाईवा र ३८ वर्षीय भुण्टे भनिने ज्ञानबहादुर वाइवालगायतले चिर्पटले हानेर बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । काठकोचिर्पट प्रहारबाट गम्भीर घाइते बुढाथोकीलाई राति नै इलाका प्रहरी कार्यालय वस्तीपुरको टोलीले उपचारका लागि वस्तीपुर स्वास्थ्य चौकी पुर्याएकोमा उनको उपचारकै क्रममा निधन भएको थियो । मृतक बुढाथोकीको पेट,खुट्टा,दायाँ गालाको कञ्चटमा चोट लागेको र नाकबाट रगत बगेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल ...
सेवाग्राहिसंग घुस माग्ने दुई कर्मचारी पक्राउ
अपराध, समाचार

सेवाग्राहिसंग घुस माग्ने दुई कर्मचारी पक्राउ

श्रावण १ सेवाग्राहिसंग ४ लाख १२ हजार घुस माग्ने दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीलाई घुस रकम सहित अख्तियारले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियारको टोलीले आईतबार पक्राउ गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । ति दुई कर्मचारीले कृषि समूहको बुझाएको बिल पास गरि भुत्तानी गरेबापत कमिसन स्वरुप रु ४ लाख १२ हजार मागेको उजुरीका आधारमा अख्तियारको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले कैलालीको धनगढीबाट पक्राउ गरेको हो । उनिहरूको साथबाट ५० लाख ६० हजार रुपैयाँको चेकसमेत बरामद गरिएको प्रबक्ता घिमिरेको भनाई छ ।...
बाढि सहित पहिराेमा परि रुकुमपश्चिममा तीन बालिकाको मृत्यु
समाचार

बाढि सहित पहिराेमा परि रुकुमपश्चिममा तीन बालिकाको मृत्यु

श्रावण १ रुकुमपश्चिममा गएराति बाढिसंगैकाे पहिराेले घर पुर्दा तीन बालिकाको मृत्यु भएकाे छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएर मृत्यु भएकाे हाे। मृत्यु हुनेहरुमा १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कि रहेकाे आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले जनाए । उहाँका अनुसार बाढीले घर बगाउँदा सात जना घाईते भएका छन् भने ४० वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन् । उनकाे अहिले खाेजि जारि छ ।...
मनकामना केबलकार ५० दिन बन्द हुने
समाचार

मनकामना केबलकार ५० दिन बन्द हुने

असार ३१ केबलकार आजदेखि ५० दिनका लागि  बन्द गरिएकाे छ । केबलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबलकार आ जबाट ५० दिनका लागि बन्द गरिएकाे मनकामना दर्शन प्रालिले सार्बजनीक सुचना मार्फत जानकारि गराएकाे छ । डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले बताए । धार्मिक तिर्थस्थल मनकामना मन्दिर दर्शनमा जाने दर्शनार्थीकाे सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सेवा शुरु गरिएकाे थियाे ।...
अन्तर्राष्ट्रिय, खेलकुद

इंग्ल्याण्डलाई हराउँदै स्पेन च्याम्पियन

असार ३१ इंग्ल्याण्डलाई हराउँदै स्पेनले किर्तीमानी चौथो पटक युरोपियन फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा गएराति भएको फाइनल खेलमा स्पेन २–१ ले विजयी भएको हो । खेलको ४७ औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिए । ७३ औं मिनेटमा इंग्ल्याण्डका कोल पाल्मरले बराबरी गोल गरे । ८६ औं मिनेटमा मिकेल ओयरजबालले एक गोल थपेपछि स्पेन २–१ ले विजयी भयो । स्पेनले युरोपियन फुटबलको उपाधि जितेको यो चौथो पटक हो । यसअघि उसले सन् १९६४, २००८ र २०१२ मा युरोपियन फुटबल जितेको थियो । यसपटक पनि पराजित भएको इंग्ल्याण्डको भने ५८ वर्षपछि कुनैपनि मेजर फुटबलको उपाधि जित्ने सपना टुटेको छ । सन् १९६६ को विश्वकप फुटबल जितेको इंग्ल्याण्डले त्यसयता कुनैपनि उपाधि उचालेको छैन । युरोपियन फुटबलको अघिल्लो संस्करणको फाइनलमा इंग्ल्यण्डालाई इटालीले पेनाल्टी सुटआउटमा हराएको थियो । श्राेत:ईमेज ख...