editor@sajhakura, Author at साझाकुरा - Page 40 of 89
आइतवार, चैत्र १, २०८२

Author: editor@sajhakura

कुनै समस्याभए सम्पर्क गर्ने नेपालीलाई दुतावासकाे आग्रह
अन्तर्राष्ट्रिय, समाचार

कुनै समस्याभए सम्पर्क गर्ने नेपालीलाई दुतावासकाे आग्रह

श्रावण ५ बंगलादेशमा भैरहेकाे हिंसामा ३५ बढिकाे मृत्यु भएकाे छ । त्यहाँ जारि हिंसा थप भड्किने देखिएकाले देसैभर सेना परिचालन गर्ने बंगलादेस सरकारकाे तैयारि छ । बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या बढ्दै गएपछि नेपाली दुतावासले बिज्ञप्ति जारि गरि कुनै समस्याभए सम्पर्क गर्ने नेपालीलाई दुतावासकाे आग्रह गरेकाे हाे । आन्दोलन भड्किएर हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कर्फ्यु आदेश जारी गरेको छ । त्यहाँ आरक्षणको विरोधमा विद्यार्थी र युवाहरू प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोध गरेका छन् । , कर्फ्यकाबीच पनि ठाउँठाउँमा सुरक्षाकर्मीसँगै झडप भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।...
उपसभामुख रानाविरुद्ध  राज्य व्यवस्था समितिमा उजुरी
राजनीति

उपसभामुख रानाविरुद्ध  राज्य व्यवस्था समितिमा उजुरी

श्रावण ५ पदको दुरुपयोग गरी अमेरिकी दूतावासमा भिसा सिफारिस गरेको भन्दै उपसभामुख इन्दिरा राना बिरुद्ध संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उजुरीमा उपसभामुखमाथि गहन छानबिन गरी जिम्मेवारीबाट हटाउन समेत माग गरिएको छ । समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध उजुरी परेको जानकारी दिँदै यसबारे सभामुख देवराज घिमिरेलाई जानकारी दिईएकाे बताए । उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लैजाने गरी डेढ वर्षअघि दूतावासमा पत्र लेखेको सार्वजनिक भएपछि अहिले याे बिषयले राजनिति तातिएकाे छ । रानाले  अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूतावासलाई उपसभामुखको लेटरप्याड प्रयोग गरेर पत्र पठाएकाे आराेप छ ।  उपसभामुख रानाले भने आफूविरुद्ध नियोजित षडयन्त्र गरिएकाे बताईन् । आराेपकाे प्रतिबाद गर्दै उपसभामुख रानाले  आफूले करूणाभावले पत्र लेखेको तर पत्र लेखेको डेढ वर्षपछि अनावश...
निर्माण क्षेत्रका समस्याको आगो तापेर बस्दैनौ:अर्थमन्त्री पौडेल
समाचार

निर्माण क्षेत्रका समस्याको आगो तापेर बस्दैनौ:अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण क्षेत्रका समस्याका बिषयमा सरकार आगो तापेर नबस्ने बताएका छन् । शुक्रबार निमार्ण व्यवसायी महासंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले निर्माणकर्ताले पाउँन बाँकि भुक्तानी चाँडै उपलब्ध गराउने भन्दै निर्माण कर्ताको समस्यामा सरकार आगो तापेर नबस्ने बताएका हुन् । निमार्ण व्यवसायीहरुले ४० अर्ब भुक्तानी गर्न बाँकी रहेको दावी गरे पनि तथ्यांङ्कले १५ अर्ब मात्रै भुक्तानी गर्न बाँकि देखिएको अर्थमन्त्री पौडेलको भनाई थियो । सम्बन्धित मन्त्रालयका सचिवहरुसँग छलफल गर्दा १५ अर्ब मात्रै भुक्तानी गर्न बाँकी रहेको तथ्यांक आएको मन्त्री पौडेलले प्रतिनिधीहरुलाई जानकारी गराए । निमार्ण सम्पन्न भएका आयोजनाहरुको लामो समय देखि भुक्तानी हुन नसकेको भयावह नकारात्मक सन्देश तोड्न सरकारका सबैनिकाय प्रतिवद्ध रहेको जानकारी गराए । सम्पन्न भएको आयोजना भुक्ता...
चीनको १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा १६ को मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

चीनको १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा १६ को मृत्यु

श्रावण ४ बेइजिङ चीनको १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । चीनको सरकारी मिडियाका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ शहरमा भएको हो । रिपोर्टका अनुसार बुधबार साँझ लागेको आगलागीबाट ३० जनाको उद्धार गरिएको छ । हाल आगलागीको कारण खुलेको छैन तर प्रारम्भिक अनुसन्धानका अनुसार भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको हो । चिनियाँ सरकारी मिडिया र सामाजिक सञ्जालमा उपलब्ध भिडियोमा यस भवनको चारैतिर कालो धुवाँ देखिएको छ । बीबीसी...
रौतहटको राजपुरमा झडप, १९ सुरक्षाकर्मी घाइते
समाचार

रौतहटको राजपुरमा झडप, १९ सुरक्षाकर्मी घाइते

श्रावण ४ मुस्लिम धर्मालम्बीहरूको पर्व मोहरम ताजिया (दाहा) मेलामा झडप भएको छ । झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ कुडियामा मुस्लिम समुदाय मेला मनाउन घरेलु हतियार (लठ्ठी, तरवार, भाला) सहित उपस्थित भएका थिए । दाहाको झण्डा गाड्ने क्रममा होहल्ला भएपछि उनीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास प्रहार गरेको छ । ढुंगामुढाबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीको २ जना गरेर १९ जना सुरक्षाकर्मी घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका एसपी विक्रम हुमागाईंले जानकारी दिए ।...
न्युरोडको फुटपाथ विस्तार कार्यमा स्थानीयद्वारा अवरोध
अन्तर्राष्ट्रिय, समाचार

न्युरोडको फुटपाथ विस्तार कार्यमा स्थानीयद्वारा अवरोध

श्रावण ३ काठमाडौंको न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने कार्यमा स्थानीयले फेरि अवरोध गरेका छन् । फुटपाथ विस्तारको विरोध गर्दै स्थानीय उत्रिएपछि नेपाल प्रहरी र नगरप्रहरीले सुरक्षा व्यवस्था कडा पारेका छन् । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो । फुटपाथ बिस्तारको काम वडा नं.४ मा भइ रहेपनि २२ वडामा भने विरोध गरिएको छ । आज बिहानै महानगरपालिकाले कार्य शुरु गर्नासाथ स्थानीयले विरोध गर्दे त्यस कार्यमा अवरोध गरेका हुन् । श्राेत:ईमेज खबर...
आरक्षण विरोधी आन्दोलन चर्किएपछि बङ्गलादेशमा मोबाइल इन्टरनेट नेटवर्क बन्द
अन्तर्राष्ट्रिय, समाचार

आरक्षण विरोधी आन्दोलन चर्किएपछि बङ्गलादेशमा मोबाइल इन्टरनेट नेटवर्क बन्द

श्रावण ३ आरक्षणको विरोधमा केहि दिन देखि देशभर भइरहेको प्रदर्शन उग्र बन्दै गएपछि बंगलादेश सरकारले मोबाइल इन्टरनेट लगायतका संचारसेवाहरुलाई पुर्णरुपले निषेध गरेको छ । केहि दिन देखि आरक्षण ब्यवस्था बिरुद्ध चर्किएको आन्दोलनका कारण त्यहाँ हिंशामा परि अहिलेसम्म नौ जनाको ज्यान गएको छ । आन्दोलनलाई मथ्थर पार्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न मोबाइल इन्टरनेट बन्द गरिएको त्यहाँको दुरसंचार मन्त्रीले जानकारी गराएका छन् । सरकारी जागिरमा कोटा प्रणाली तोकेको विरोधमा विद्यार्थीहरूले हप्तौँदेखि हिंशात्मक आन्दोलन गर्दै आएका छन् । सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता युद्धमा लडेका सेना र कर्मचारीको परिवारका सदस्यहरूका लागि सरकारी रोजगारीमा सरकारले आरक्षणको ब्यवस्था गरेको छ । ३० प्रतिशत सरकारी रोजगारी आरक्षणमै जाने गरेकाले युवाहरुलाई रोजगारीको अभाव भएको आन्दोलनकारिहरुको बुझाई छ । यो प्रणालीबाट प्रधानमन्...
जापान सरकारले जबरजस्ती बन्ध्याकरण गराइएका पीडितहरूसँग माफी माग्यो
अन्तर्राष्ट्रिय, स्वास्थ्य

जापान सरकारले जबरजस्ती बन्ध्याकरण गराइएका पीडितहरूसँग माफी माग्यो

साउन ३ जापान सरकारले सन् १९४८ देखि १९९६ को बीचमा जबरजस्ती बन्ध्याकरण अर्थात् स्थायी परिवार नियोजन गरिएक पीडितहरूसँग सरकारका तर्फबाट क्षमा याचना मागेको छ । त्यहाँका प्रधानमन्त्री फुमियो किशिदाले सरकारको तर्फबाट पीडितहरूसँग माफी माग्दै युजेनिक्स कानुन लागू गरेकोमा सरकारले ठूलो जिम्मेवारी बहन गर्नुपर्ने बताएको समाचार संस्था एएफपीले जनाएको छ । प्रधानमन्त्री किशिदाले त्यस समयका पीडितहरूलाई उचित क्षतिपूर्ति प्रदान गर्ने नयाँ प्रावधान सुनिश्चित गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे जापानको सर्वोच्च अदालतले यही जुलाई ३ मा युजेनिक्स कानुनलाई असंवैधानिक घोषणा गरेको थियो । जापान सरकारले खराब गुणस्तरको सन्तानको उत्पादन रोक्ने उद्देश्यले मानसिक र शारीरिक अपाङ्गता भएका झन्डै साढे १६ हजार मानिसलाई युजेनिक्स कानुनअन्तर्गत जबरजस्ती बन्ध्याकरणका लागि बाध्य पारेको थियो भने साढे आठ हजार जनालाई उनीहरूको सहम...
बंगलादेशमा भड्कीएको विरोध प्रदर्शनमा ६ विद्यार्थीको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

बंगलादेशमा भड्कीएको विरोध प्रदर्शनमा ६ विद्यार्थीको मृत्यु

श्रावण २ बंगलादेशमा रोजगारीमा आरक्षणको विरोध स्वरुप भैरहेको आन्दोलनमा ६ जना विद्यार्थीको मृत्यु भएको छ। आरक्षण कोटाको बिरुद्धमा भैरहेको प्रदर्शनमा बिद्यार्थीको मृत्युभएपछि स्थीति तनावग्रस्त बनेको छ । हुनसक्ने क्षति रोक्नका लागि त्यहाँको सरकारले केहि दिनका लागि देशका बिद्यालय र अन्य शिक्षण संस्थाहरु अनिश्चित कालका लागि बन्द गरिएको घोषणा गरिएको छ । बंगलादेश सरकारले देशको स्वतन्त्रताका लागि लडाइमा सहभागी भएकाको सन्तानलाई सरकारी जागिरमा आरक्षण दिइएको छ। सन् १९७१ माभएको स्वतन्त्रता संग्रामपछि पाकिस्तानबाट बंगलादेश अलग्गिएको थियो । बंगलादेशमा सरकारी सेवामा आरक्षणको व्यवस्थाविरुद्ध विगत केही दिनदेखि तिब्र विरोध प्रदर्शन भइरहेको छ। केही सातासम्म चलेको विरोधपछि सन् २०१८ देखि यो आक्षणमा प्रतिबन्ध लगाइएकोमा गत महिना मात्र एक अदालतको निर्देशन बमोजिम आरक्षण प्रणाली पुनर्स्थापित गरिएको बीबीसीले उल्...
सुनको मूल्यमा एकै दिन दुई हजार बृद्धि
अर्थ/व्यापार

सुनको मूल्यमा एकै दिन दुई हजार बृद्धि

श्रावण २ आज बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई हजारले बृद्धि भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर डेढ लाखको नजिक पुग्दै नयाँ कीर्तिमान कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज भने १ लाख ५० हजारमा कारोबार भैरहेको संघको भनाई छ । चाँदीको मूल्यमा पनि तोलामा २० रुपैयाँले बृद्धि आजएको छ । अघिल्लो दिन तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भैरहेको संघको दावी...