editor@sajhakura, Author at साझाकुरा - Page 56 of 89
आइतवार, चैत्र १, २०८२

Author: editor@sajhakura

मिटरव्याज पीडितहरू काठमाडौं पुगे
समाचार

मिटरव्याज पीडितहरू काठमाडौं पुगे

देशभरका मिटरव्याजी पीडितहरू आजबाट काठमाडौंमा भेलाहुन थालेका छन् । मिटरब्याजीबाट प्रताडित पिडितहरुले न्याय मार्च नाम पूर्वपश्चिम पैदल यात्रा गरी काठमाडौं प्रवेश गरेका जनाईएको छ। पिडितहरुले पटक पटक सरकारले आफुहरुलाई अल्मल्याएको भन्दै भरतपुरमा एकीकृत भई निर्णायक आन्दोलनका लागि काठमाडौं प्रवेश गरेको बताएका छन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको अवसर जुराएर झापा र कञ्चनपुरबाट एकै एकै समयमा पैदलयात्राको प्रारम्भ गरेका थिए । १७ दिनको पैदल यात्रा गर्दै उनिहरु फागुन ३ गते चितवनको नारायणगढमा एकिकृत भएका थिए । मधेशका २० जिल्ला र अरु ८ जिल्लाका मिटरब्याज पीडितहरु अहिले न्याय मार्चमा सहभागि छन् । पिडितहरुले फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत मागहरु राखेका छन् । यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याजी पीडितहर...
दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालको ‘ए’ टीमद्धावार क्यानडा–११ दुई विकेटले पराजित
खेलकुद

दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालको ‘ए’ टीमद्धावार क्यानडा–११ दुई विकेटले पराजित

नेपाल ए र क्यानडा ११ बिच भएको दोश्रो एक दिवसीय क्रिकेट खेलमा नेपालको ‘ए’ टीमद्धावार क्यानडा–११ पराजित भएको छ । क्यानडाले दिएको २ सय ४१ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेटायो । नेपालका कप्तान सन्दीप जोराले ६६, बसिर अहमदले ५२, रशिद खानले ४७ रन बनाए । क्यानडका अमोर खलिद, शाहिद अहमदजाई र निखिल दत्तले समान २ विकेट लिए । यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको क्यानडा अन्तिम बल बाँकी छँदा २ सय ४० रनमा अल आउट भयो । क्यानडाका श्रेयस मोभाले ६८ रन बनाए । नेपालका शाहब आलमले ३ विकेट लिए । यो जितसँगै ३ खेलको शृङ्खलामा १–१ को बराबरी भएको छ । पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । शृङ्खलाको अन्तिम खेल पर्सि बिहीवार हुनेछ ।...
कोरियन भाषा परीक्षा आजदेखि, धेरैको आवेदन परेकाले पाँच सिफ्टमा परीक्षा हुँदै
समाचार

कोरियन भाषा परीक्षा आजदेखि, धेरैको आवेदन परेकाले पाँच सिफ्टमा परीक्षा हुँदै

रोजगार अनुमति प्रणाली (ईपीएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा आजदेखि शुरुभएकाे छ । परीक्षामा आवेदन दिनेको सङ्ख्या धेरै परेकाले पाँच सिफ्टमा परीक्षा सञ्चालन हुने बताईएकाे छ । दक्षिण कोरिया (उत्पादन) का लागि सन् २०२४ मा  ईपीएस शाखा र कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालबाट ८० हजारको हाराहारीमा आवेदन पर्ने अनुमानसहित भाषा परीक्षाको व्यवस्थापनका लागि पूर्वाधार तयार गरेकोमा अनुमान गरेभन्दा दोब्बर बढीको आवेदन परेपछि व्यवस्थापनमा समस्या भएको जनाइएको छ । ईपीएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरिएकोमा १ लाख ६४ हजार बढीकाे आवेदन परेकाे उल्लेख छ । ...
प्रजातन्त्र दिवसमा पत्रकारलाई टुँडिखेलमा निषेध, गरे ‘क्यामेरा डाउन’
समाचार

प्रजातन्त्र दिवसमा पत्रकारलाई टुँडिखेलमा निषेध, गरे ‘क्यामेरा डाउन’

प्रजातन्त्र दिवसको रिपोर्टिङ गर्न टुँडिखेल पुगेका पत्रकारहरूलाई प्रवेशमा निषेध गरिएको छ ।  फागुन ७ प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि पुगेका पत्रकारहरूलाई प्रहरीले प्रवेश नदिएको हो ।  गृह मन्त्रालयले आयोजना गरेको  दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदा समेत प्रवेश नदिएपछि पत्रकारहरूले 'क्यामेरा डाउन' गरेका छन् । पत्रकारहरूले विरोध गर्दै क्यामेरा डाउन गरेका हुन् । श्राेत: हाम्राकुरा डट कम...
संखुवासभाका १३ हजार बढि बालबालिकालाई दादुरा रुबेलाको खोप लगाईदै
समाचार, स्वास्थ्य

संखुवासभाका १३ हजार बढि बालबालिकालाई दादुरा रुबेलाको खोप लगाईदै

संखुवासभाका १३ हजार बढि पाँच बर्षमुनीका बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइने भएको छ । आइतबार सदरमुकाम खाँदबारीमा स्वास्थ्य कार्यालय संखुवासभाको आयोजनामा दादुरा रुबेला खोप अभियान, जिल्ला खोप समन्वय समिति र संचारकर्मीहरुसँगको अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।  संखुवासभाका १३ हजार १४८ जना नौ महिना देखि ५९ महिना अर्थात पाँच बर्षमुनीका बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप अभियानकै रुपमा संचालन गर्न लागिएको हो । दादुरा रुबेला विरुद्धको खोप अभियान यहि फागुन २७ गते देखि चैत्र २ गते सम्म ६ दिन जिल्लाका १० वटै स्थानीय तहमा एकैपटक लागु हुने स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठले बताए । उनले अभियान सफल बनाउन सबैकाे हातेमालो आवश्यक भएकाेमा जाेड दिए । कार्यक्रममा दादुरा रुबेलाको बारेमा स्वास्थ्य कार्यालय संखुवासभाका जनस्वास्थ्य अधिकृत पशुपति खनालले प्रस्...
कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक
शिक्षा, समाचार

कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा वैशाख २६ गतेसम्म चल्नेछ । यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते देखि २७ गतेसम्म हुनेगरी यस अघि नै तालिका सार्वजनिक भइसकेको छ । श्राेत:उज्यालाे...
वनभोज गएका मेयरका स्वकीय सचिवको खाना सर्केर ज्यान गयो
समाचार, स्वास्थ्य

वनभोज गएका मेयरका स्वकीय सचिवको खाना सर्केर ज्यान गयो

रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एक जनाको ज्यान गएको छ । रामेछाप नगरपालिकाका मेयरका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको ज्यान गएको जिल्ला अस्पताल रामेछापका डा. केशव श्रेष्ठले बताउनुभयो । नगरपालिकाका कर्मचारीले वडा नम्बर ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आज वनभोज आयोजना गरेका थिए । खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि जिल्ला अस्पताल पुर्‍याइएको थियो । पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलााई उपचारका लागि काठमाण्डौ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा ज्यान गएको हो । ...
बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी रहेको छानबिन आयोगको निष्कर्ष
समाचार

बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी रहेको छानबिन आयोगको निष्कर्ष

जाँचबुुझ आयोगले ललितपुरको बालकुमारीमा दुई जनाकाे ज्यान जानेगरि भएकाे घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित तीनजना दोषी रहेकाे निष्कर्ष निकालेको छ ।  आयोगले हिजो उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला प्रदर्शन भैरहेको ठाउँमा पुग्दा मानवीय क्षतिको घटना हुन पुगेको उल्लेख छ । आयोगले प्रदर्शन र हुलहुज्जत भइहेको गलत ठाउँमा सुरक्षा व्यवस्थाको यकीन नगरि विभागीय मन्त्री पुग्नु मुख्य कमजोरी रहेको जनाएको छ । मन्त्री ज्वालालाई कारबाहीका लागि समेत आयोगले प्रधानमन्त्रीलाई सिफारिस गरेको छ । बालकुमारीमा घटना हुँदा फिल्ड कमान्डरको जिम्मेवारीमा रहेका नेपाल प्रहरीका डीएसपी उमेश लम्साल र मन्त्री ज्वालाका पीएसओ सई बोधराज दनुवार पनि दोषी भएको छानबिन आयोगले उल्लेख गरेकाे छ । गत पाैस १३ गते दुई युवाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएक...
विश्व कप क्रिकेट लिग–२ मा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै
खेलकुद

विश्व कप क्रिकेट लिग–२ मा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान सवा ९ बजेदेखि कीर्तिपुर मैदानमा शुरु हुनेछ । अस्ति बिहीवारदेखि शुरु भएको लिगको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । खराब ब्याटिङका कारण नामिबियासँग नेपाल १ सय ३२ रनमा नै अलआउट भएको थियो । नेपाल र नेदरल्यान्ड्सले यसअघि तीन पटक एकदिवसीय खेल खेलेका छन् । जसमा नेदरल्यान्ड्सले दुई र नेपालले एक खेल जितेको छ । नेपालको घरेलु मैदानमा खेल्ने नेदरल्यान्ड्स विश्व कप खेलेको अनुभव रहेको उच्च स्तरको टोली पनि हो । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा लिग–२ का शीर्ष ४ वटा टोलीले सिधै विश्व कप छनोट खेल्न पाउनेछन् । पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । खबर श्राेत: उज्यालाे अनलाई...
इमरान खानको दलद्वारा ओमर अयुबलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा
अन्तर्राष्ट्रिय

इमरान खानको दलद्वारा ओमर अयुबलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) ले ओमर अयुब खानलाई प्रधानमन्त्री पदको उम्मेदवार बनाउने भएको छ । पीटीआईका वरिष्ठ नेता असद कैसरले जेलमा रहेका पूर्वप्रधानमन्त्री खानसँग भेट गरेपछि उहाँले ओमर अयुबलाई प्रधानमन्त्री पदको रूपमा अघि सारेका छन् । ५४ वर्षीय ओमर अयुब पीटीआईका महासचिव र पूर्व सैन्य तानाशाह मोहम्मद अयुब खानको नाति हुनुहुन्छ । उहाँ खैबर पख्तुनख्वा प्रान्तको हरिपुरबाट पाकिस्तान मुस्लिम लिग ९पीएमएल–एन० को उम्मेदवारको रूपमा सन् २०१३ को चुनावमा हार बेहोरेपछि सन् २०१८ मा आमचुनावभन्दा अघि पीटीआईमा समावेश भएका थिए । गएको फेब्रुअरी ८ मा भएको चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत पाएका छैनन् । तर इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढि सिटमा जितेका छन् । यसअघि पूर्वप्रधानमन्त्री नवाज शरीफ नेतृत्वको पीएमएल–एनले छ दलीय गठबन्धनमा ...