editor@sajhakura, Author at साझाकुरा - Page 57 of 97
मङ्लबार, असार १६, २०८३

Author: editor@sajhakura

अर्थ/व्यापार, समाचार

सहकारीमा डुबेको ५ लाखसम्मको रकम सरकारले फिर्ता दिने

सरकारले सहकारीमा पाँच लाख रुपैयाँसम्म रकम बचत गरेर फिर्ता नपाएका बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ । आगामी आव २०८१ ÷०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पाँच लाख रुपैयाँसम्म रकम बचत गरेका एकाघरका बचतकर्ताको रकम सरकारले फिर्ता गर्ने जानकारी गराएका हुन् । उनले सहकारीको व्यवस्थापनका लागि नियमनकारी निकाय स्थापना गर्ने पनि बताए । सरकारले पाँच लाख भूमिहीनलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने पनि घोषणा गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आउँदो आर्थिक वर्षको बजेट ६ अर्ब ८२ करोड रुपैयाँ रहेको बजेट प्रस्तुत गरे।...
पत्रकार महासंघ संखुवासभाको कार्यालयमा तालाबन्दी
समाचार

पत्रकार महासंघ संखुवासभाको कार्यालयमा तालाबन्दी

संखुवासभा जेष्ठ १४ पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको कार्यालयमा साेमबार तालाबन्दी गरिएको छ । पत्रकार महासंघ केन्द्रीय कार्यालयले सदस्यता शुद्धिकरणको नाममा जिल्लामा क्रियाशिल पत्रकारहरुको सदस्यता खारेज गरेकाे विरोधमा संखुवासभाका चारवटा संस्थाहरुले तालाबन्दी गरेको हो । पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीलाई कार्यालयबाट बाहिर निकाली प्रेस युनियन, प्रेस सेन्टर, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) र राष्ट्रिय फोटो पत्रकार समुहले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै पत्रकार महासंघ संखुवासभामा ३९ जना सदस्यहरु रहेकोमा २०८० बैशाख १८ गते बसेको बैठकद्धारा ३३ जना सक्रिय पत्रकार सदस्यहरुको नवीकरण गर्न केन्द्रमा सिफारिस गरेकाे थियाे । आन्दाेलित संस्थाहरुले शुद्धिकरणको नाममा सदस्यता हटाएकोप्रति तिब्र असहमती जनाउदै विरोध स्...
पपुवा न्यूगिनीमा एउटै पहिरोमा परी झण्डै ६ सय ७० जनाको ज्यान गएको अनुमान
अन्तर्राष्ट्रिय

पपुवा न्यूगिनीमा एउटै पहिरोमा परी झण्डै ६ सय ७० जनाको ज्यान गएको अनुमान

संयुक्त राष्ट्रसंघले पपुवा न्युगिनीमा गाउँ नै बग्ने गरी गएको पहिरोमा परी झन्डै ६ सय ७० जनाको ज्यान गएको अनुमान गरेको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनका पपुवा न्युगिनीका प्रमुख सेरहान ओक्टोप्राकले गएको शुक्रवार एन्गा प्रान्तमा गएको पहिरो पहिरोले अकल्पनीय क्षति निम्त्याएको र छ सय ७० जनाको ज्यान गएको हुनसक्ने बताउनुभएको छ । बीबीसीकाअनुसार ११ सय वटा घर पहिरोले बगाएकोमा एक सय ५० वटा घर नदेखिने गरी पुरिएका छन् । अहिले पनि पूरै गाउँ बगिरहेकोले उद्धारमा कठिनाई भइरहेको छ । पानी पर्न शुरु भएकाले पहिरोको जोखिम अझै बढेको र उद्वारमा बाधा आउन सक्ने स्थानीय प्रशासनलाई उद्धृत  गर्दै बीबीसीले जनाएको छ । श्राेत:उज्यालाे अनलाईन ...
५७ जिल्लामा फैलियो डेंगु, सचेतना अपनाउन आग्रह
समाचार, स्वास्थ्य

५७ जिल्लामा फैलियो डेंगु, सचेतना अपनाउन आग्रह

डेंगु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगुको जोखिम बढेको जानकारी दिए । उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको बताए । डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस...
सगरमाथा चढ्ने क्रममा केन्याली आरोहीको मृत्यु, नेपाली सहयोगी बेपत्ता
समाचार

सगरमाथा चढ्ने क्रममा केन्याली आरोहीको मृत्यु, नेपाली सहयोगी बेपत्ता

विनाअक्सिजन सगरमाथा चढ्ने क्रममा केन्याका आरोही जोसुआ चेरियट किरुईको मृत्यु भएको छ । बुधबार राति साढे १० बजे सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर) उनी मृत अवस्थामा भेटिएको पर्यटन विभागले जनाएको छ । उनी विनाअक्सिजन आफ्ना नेपाली माउन्टेन गाइड सोलुखुम्बुका ङवाङ शेर्पाका साथमा १८ मेका दिन आधार शिविरबाट दोस्रो आधार शिविर तर्फ प्रस्थान गरेका थिए । उनीहरू १९ मेका दिन दोस्रो शिविरमा बसेर २० मेका दिन तेस्रो शिविर पुगेका थिए ।...
चट्याङले ७२ भेडा मरे
समाचार

चट्याङले ७२ भेडा मरे

संखुवासभाकाे सभापोखरी गाउँपालिका–५ पेरुम्बामा चट्याङले सोमबहादुर लिम्बूको भेडिगोठमा रहेको ७२ वटा भेडा मरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार आइतबार राति करिब ११ बजेको समयमा वर्षासँगै चट्याङले भेडी खर्कमा भेडा मरेको अवस्थामा भेटिएको हो । घटना सम्बन्धमा जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बाह्रबिसे संखुवासभाबाट प्रनानि हरिकुमार भण्डारीको नेतृत्वमा प्रहरी टोली तथा सभापोखरी गाउँपालिकाबाट पशु प्राविधिकसहितको टोली खटिगई स्थलगत जाँचबुझ तथा घटनास्थल मुचुल्का गरेको प्रहरीले जनाएको छ । चट्याङबाट अनुमानित १४ लाखबराबरको क्षति भएको प्रहरीको भनाइ छ । सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले सभापोखरी– ५ का लिम्बूको भेडीगोठमा चार सय भेडा रहेको बताइन् । तीमध्ये ७२ वटा भेडा चट्याङले मारेको जानकारी प्राप्त भएको उनको भनाइ छ । श्राेत:नयाँ पत्रि...
समाचार

पशुपतिनाथ मन्दिरमा भेटी गन्ने क्रममा चोरी गर्ने कर्मचारीसहित आठ जना पक्राउ

पशुपतिनाथ मन्दिरमा चढाएको भेटी गन्ने क्रममा चोरी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेहरुमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेकाे प्रहरीले जनाएकाे छ । परियार पशुपतिमा बाजा बजाउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीकाे याेजनामा भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्तारेवतीरमण अधिकारीले जनाए । घटनाका सन्दर्भमा थप अनुसन्धान अगाडि बढाईएकाे प्रहरीकाे भनाई छ ।  ...
विश्व कीर्तिमानी कामिरिताद्वारा २९ औँ पटक सगरमाथाको सफल आरोहण
समाचार

विश्व कीर्तिमानी कामिरिताद्वारा २९ औँ पटक सगरमाथाको सफल आरोहण

सोलुखुम्बु । कामिरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा २९ औँ पटक सफल आरोहण गर्नुभएको छ । अघिल्लो वर्ष जेठ ९ गते २८ औँ पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका कामिरिताले आज आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको २९ औँ पटक सफल आरोहण गर्नुभएको हो । विश्वको अग्लो चुचुरो बारम्बार चढ्ने कीर्तिमान बनाउनुभएका सोलुखुम्बुको थामेका शेर्पाले यो सिजनको सुरुमै फोर्टिन पिक्स एक्सपिडिसन मार्फत सफल आरोहण गरेर आफ्नै कीर्तिमान तोड्नु भएको हो । सन् १९७० जनवरी २ मा खुम्बु पासाङल्हमु गाउँपालिका ५ को थामेमा जन्मिएका शेर्पाले सन् १९९२ मा आरोहण सहयोगीका रुपमा सगरमाथा आरोहण सुरु गर्नुभएको हो । ...
अफगानिस्तानमा बाढी, ३ सयभन्दा धेरै मानिसको मृत्यु
समाचार

अफगानिस्तानमा बाढी, ३ सयभन्दा धेरै मानिसको मृत्यु

काबुल : अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक आएको बाढीबाट ३ सयभन्दा धेरै मानिसको मृत्यु भएको छ। विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले शनिबार बाढीले ३ सय बढी मानिसको ज्यान गएको जनाएको हो।  अफगानिस्तानमा राष्ट्रसङ्घीय एजेन्सी डब्ल्युएफपीका सञ्चार अधिकारी राणा डेराजले भने, 'हालसम्म प्राप्त जानकारीअनुसार बघलान प्रान्तमा ३ सय ११ जनाको मृत्यु भएको छ। बाढीले दुई हजार ११ घर नष्ट भएका छन् भने दुई हजार आठ सय घर क्षतिग्रस्त भएका छन् ।'  श्राेत:अन्नपुर्ण पाेष्ट...