माेफसलकाे फुटबल खेलकाे बिकासका लागि क्लबले खेलेकाे भुमिका महत्वपुर्ण: अध्यक्ष किशाेर राई
खाँदबारी युथ क्लबले कोशि प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, उपाध्यक्ष श्री शिव न्यौपाने, सह महासचिव केशब कार्की र धरान फुटबल क्लबका सचिव गोपाल कार्किलाई स्वागत तथा मायाको चिनो प्रदान गरेकाे छ ।
खाँदबारी युथ क्लबकाे प्रहरी चाेकमा रहेकाे कार्यालयमा मंगलबार एक कार्यकमका बिच सम्मान तथा मायाँकाे चिनाे प्रदान गरिएकाे क्लबका महासचिब सुरेन शाक्यले जानकारी दिए ।
स्वागत कार्यकमलाई सम्बाेधन गर्दै क्लबका कार्यबाहक अध्यक्ष मुनुहाङ गुरुङले संखुवासभाकाे फुटबल खेलकाे अवस्था, आगामी रणनिति र माेफसलमा फुटबल खेलकाे बिकासका लागि क्लबले खेलेकाे भुमिका बारे जानकारी दिएका थिए ।
महासचिब सुरेन शाक्यले संचालन गरेकाे कार्यकमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी कोशि प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले फुटबल खेलका लागि संखुवासभा उर्बर भुमि रहेकाे भन्दै यहाँकाे फुटबलकाे बिकासका लागि प्रदेसले सकेकाे सहयाेग उपलब...









