भिजिट भिसामा छ बुँदे नयाँ नियम लागु
सरकारले भिजिट भिसामा विदेश जानका लागि नयाँ नियम लागू गरिएको घोषणा गरेको छ ।
विदेश लग्नेबाट ठगिन र गैरकानूनी ढंगले लुकेर काम गर्ने अवस्था अन्त्यका लागि अध्यागमन विभागले बुधवारबाटै लागू हुने गरी ट्राभल एड्भाईजरीसहितको ६ बुँदे नयाँ नियम लागू गरेको अध्यागमन बिभागले जनाएको छ ।
भिजिट भिसामा जानेहरु एजेण्टबाट नलुटिउन र विदेशमा लुकेर नबसोस भन्ने उदेश्यले अन्तर्राष्ट्रिय मापदण्डको आधारमा ६ बुँदे नयाँ नियम लागू गरिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जनाए । भिजिट भिसामा भ्रमण गर्नैहरुसंग ६ महिनाको अवधि रहेको पासपोर्ट हुनुपर्नेछ ।
त्यसैगरी गन्तव्य देशको भिसा, टिकट, होटल बुकिङ वा कतै आफन्तसँग बस्ने हो भने नाता प्रमाणित हुने कागजपत्र र सरकारी वा गैरसरकारी वा व्यक्तिगत रुपमा जाने हो भने त्यसको खर्चको विवरण उल्लेख हुनुपर्ने प्रावधान राखिएको छ ।
सरकारी वा गैरसरकारी संस्थाले खर्च नव्यहोर्ने अ...









