पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न
पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न भएकाे छ ।
संखुवासभाकाे खाँदबारी युथ क्लबले नेपालीहरुको महान चाड दशैं, तिहार र छट पर्वको अवसरमा“पर्यटन प्रवर्धन खाँदबारी रन भन्ने मुल नाराका साथ आयाेजना गरेकाे धावन प्रतियाेगिता दशै, तिहार र छट पर्वकाे शुभकामना आदानप्रदान सहित आईतबार भब्य रुपमा सम्पन्न भएकाे हाे ।
खाँदबारी स्थित टुडिखेलबाट विभिन्न बिधामा रन शुरु गरिएकाे थियाे । खाँदबारी रनमा तीन सय बढिकाे सहभागिता रहेकाे क्लबका महासचिब सुरेन शाक्यले जानकारी दिए । प्रतियाेगितामा बिभागिय पुरुष टिम,खुल्ला पुरुष टिम र खुल्ला महिला टिम र भेट्रन गरि चार वटा बिधामा प्रतिश्पर्धा गराईएकाे क्लबले जनाएकाे छ ।
बिभागिय पुरुष टिमतर्फ नयाँ भैरबी दल गुल्मका सुर्य बहादुर राेकायले प्रथम स्थान हाँसिल गरे भने निान खड्का र सुजन बिश्वकर्माले क्रमश दितिय र तृतिय स्थान हाँसिल गरे त्यसैगरि
खुल्...








