editor@sajhakura, Author at साझाकुरा - Page 75 of 89
शनिबार, फाल्गुन ३०, २०८२

Author: editor@sajhakura

खाँदबारी युथक्लबद्वारा“पर्यटन प्रवर्धन,खाँदबारी रन” आयाेजना
खेलकुद, समाचार, स्वास्थ्य

खाँदबारी युथक्लबद्वारा“पर्यटन प्रवर्धन,खाँदबारी रन” आयाेजना

“पर्यटन प्रवर्धन,खाँदबारी रन” मनाेरञ्जन संगै आफ्नाे स्वास्थ्यमा सुधार ल्याऔ, असाेज २८ गते “खाँदबारी रन” मा सहभागि बनाैं ।
हमासकाे आक्रमणमा  ज्यान गुमाएका नेपालीहरुकाे शाेकमा भाेलि राष्ट्रिय शाेक बिदा,मृतकका परिवारलाई जनहि १० लाख राहतकाे घाेषणा
अन्तर्राष्ट्रिय, समाचार

हमासकाे आक्रमणमा ज्यान गुमाएका नेपालीहरुकाे शाेकमा भाेलि राष्ट्रिय शाेक बिदा,मृतकका परिवारलाई जनहि १० लाख राहतकाे घाेषणा

इजरायलमा हमासकाे आक्रमणमा परि मृत्यु भएका १० जना नेपालीकाे शोकमा सरकारले भोलि मङ्गलवार राष्ट्रिय शाेक बिदाकाे घाेषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि मङ्गलवार राष्ट्रिय शाेक बिदाकाे घोषणा गरेको हाे । आजकाे बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई नेपाल फर्काउने समेत निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिए । इजरायलमा गएकाे शनिवार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपालबाट 'इन्टर्नसिप' मा गएकामध्ये १० जना विद्यार्थीको मृत्यु भएकाे थियो । ...
अज्ञात समुहले दल्याे ब्यवसायि दुर्गा प्रसाईंलाई कालोमोसो
मुख्य समाचार, स्वास्थ्य

अज्ञात समुहले दल्याे ब्यवसायि दुर्गा प्रसाईंलाई कालोमोसो

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन्।  काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि एक समूहले कालोमोसो दलेका हुन्। उक्त होटलमा पत्रकार सम्मेलन सकेर बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो किन र कसले दलेकाे हाे भन्नेबारेमा अनुसन्धानअघि बढाईएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारि दिए । ...
हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु
अन्तर्राष्ट्रिय, मुख्य समाचार

हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु

हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु, एक जना सम्पर्कविहीन भएकाे आधिकारिक रुपमा पुष्टि भएकाे खबरहरु नेपाली संचारमाध्यमहरुले उल्लेख गरेका छन् । नेपाल सरकारले आक्रमणकाे सन्दर्भमा हतारमा प्रतिकृया दिएर ईजरायलकाे पक्षमा उभिएकाे बक्तब्य जारि गर्नु भन्दा पहिले आफ्ना नागरिक बचाउनेतर्फ ध्यान दिनु पर्थ्याे । मृतक र घाईतेहरुकाे (नामावलि सहित)...
हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु, एक जना सम्पर्कविहीन
अन्तर्राष्ट्रिय, मुख्य समाचार

हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु, एक जना सम्पर्कविहीन

प्यालेस्टानी विद्रोही (हमास)को आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। सँगै गएका नेपाली विद्यार्थी नितिन भण्डारीका अनुसार अन्य चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन छन्। अन्य दुई जना भने सकुशल रहेको नितिनले जानकारी दिए। उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू रहेको नितिनको भनाइ छ। मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द शाह, सुनसरीका राजेशकुमार स्वरंकार, डोटीका राजन फुलारा, पदम थापा र सल्यानका प्रवेश भण्डारी रहेका छन्। इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले घटनामा १० नेपालीको मृत्यु भएको अन्नपूर्णलाई पुष्टि गरिन्। ११ महिनाका लागि 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत् कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल गएकाहरूमध्ये सल्यानका प्...
हमासकाे आक्रमण पछि इजरायलमा सम्पर्कविहीन भएका नेपाली विद्यार्थी (नामावलि सहित)
अन्तर्राष्ट्रिय

हमासकाे आक्रमण पछि इजरायलमा सम्पर्कविहीन भएका नेपाली विद्यार्थी (नामावलि सहित)

इजरायलमाथि हमासको आक्रमणपछि करिब १ दर्जन् घाईते हुनुका साथै करिब १२ नेपाली विद्यार्थी सम्पर्कविहीन छन् । इजरायल बस्ने सुनिता गिरीका अनुसार, सम्पर्कविहीन हुने नेपाली विद्यार्थीमा  प्रविन डिसी, प्रवेश भण्डारी, पदम थापा, साजन फुलारा, लोकेन्द्र धामी,राजेश स्वर्णकार,आशीष चौधरी,नारायण न्यौपानेलगायतका नेपालिहरु रहेका छन् ।  १२ जना सम्पर्कमा नरहेकाे कुरा सरकारले नै पुष्टि गरिसकेकाे छ । सुरक्षित ठाउँमा जान सफल विद्यार्थीहरूले नै बाँकी साथीहरू हराएको खबर गरेका हुन् । गम्भीर घाइते दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । हमासको बम आक्रमणमा परी घाइते भएका अन्य तीन जना अस्पतालमा उपचाररत छन्, तीमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेकाे बताइएकाे छ । अस्पतालमा उपचाररत रहेकाहरूमा धनबहादुर चौधरी, हिमाञ्चल कट्टेल र विधान सेजुवाल छन् । उपचाररत घाइतेमध्ये धनबहादुरकाे अवस्था सामान्य छ । उनीहरू किबुज ...
अफगानिस्तानमा आएकाे  भूकम्पपरि  २ हजार बढिकाे मृत्यु १० हजार घाईते
अन्तर्राष्ट्रिय, समाचार

अफगानिस्तानमा आएकाे भूकम्पपरि २ हजार बढिकाे मृत्यु १० हजार घाईते

सनिबार अफगानिस्तानमा आएकाे बिनाशकारि भूकम्पमा मृत्युहुनेकाे सङ्ख्या दुई हजार नाघेकाे छ । हिजो शनिवार गएको भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा दुई हजार जना पुगेको र १० हजार जनाभन्दा धेरै घाइते भएकाे अफगानि अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेकाे छ । इरान र अफगानिस्तानको सीमा नजिकमा पर्ने पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पका कारण उनिहरुकाे ज्यान गएकाे हाे । भूकम्पका कारण धेरै भवनहरू क्षतिग्रस्त भएका छन् । मानिसहरू भग्नावशेषमा फसेका छन् । तालिबान अधिकारीहरूले खोज तथा उद्धार र राहतका लागि विश्वव्यापी रूपमा सहयाेगकाे आग्रह गरेका छन् ।...
इजरायलमा हमासकाे भिषण आक्रमण ४ सय बढिकाे मृत्यु, नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर
अन्तर्राष्ट्रिय

इजरायलमा हमासकाे भिषण आक्रमण ४ सय बढिकाे मृत्यु, नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर

इजरायलमा हमासले गरेकाे भिषण आक्रमणमा परी ४ सय बढिकाे मृत्यु भएकाे छ । आक्रमणमा परि हजार बढि घाईते भएकाे अन्तराष्टिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । घाईते मध्ये नौ नेपाली रहेकाे र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । शनिबार मन्त्रालयले आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले नेपाली घाईते भएकाे विवरण पुष्टि गरेको हो । ईजरायलमा हमासले गरेकाे आक्रमणकाे नेपालले बिज्ञप्ति मार्फत भर्त्सना समेत गरेकाे छ ।...
जनकपुर बिग मार्टमा आगलागी,करोडाैंकाे क्षति
समाचार

जनकपुर बिग मार्टमा आगलागी,करोडाैंकाे क्षति

गए राति जनकपुर बिग मार्टमा भिषण आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे देखि आगो लागे पनि आज बिहान मात्र नियन्त्रणमा आ एकाे छ । जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, स्थानीयलगायतको सहयोगमा आगलागी नियन्त्रण भएको हो । आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ । मार्टको  सामान साढे चार करोड, घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको क्षति पुगेको सञ्चालक रायको दाबी छ ।...