editor@sajhakura, Author at साझाकुरा - Page 76 of 89
शनिबार, फाल्गुन ३०, २०८२

Author: editor@sajhakura

अफगानिस्तानमा  ठुलाे भूकम्प : सय बढिकाे ज्यान गयो, एक हजार बढि घाइते
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा  ठुलाे भूकम्प : सय बढिकाे ज्यान गयो, एक हजार बढि घाइते

सनिवार अफगानिस्तानमा गएको भूकम्पमा परि एक सय बढिकाे ज्यान गएको छ भने एक हजार जना भन्दा धेरै घाइते भएका छन् । सैयांकाे संख्यामा मानिसहरु बेपत्ता भएका छन् । हिजाे हेरत प्रान्तलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । इरानसँग सीमा जोडिएको क्षेत्रमा भूकम्प गएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । भूकम्पका कारण कयौँ घर र संरचनाहरुमा ठुलाे क्षति पुगेकाे छ भने हज्जाराैं नागरिक भग्नावशेषमा पुरिएको छन् । उनीहरुको  खोजी र उद्दारको काम भइरहेको छ । भुकम्प पछि निरन्तर पराकम्प जाने क्ममा रहेकाले उद्धार र राहतकाे काममा समस्या भएकाे जनाईएकाे छ । ...
मुख्यमन्त्री कार्कीद्वारा राजीनामा
मुख्य समाचार, राजनीति

मुख्यमन्त्री कार्कीद्वारा राजीनामा

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज मुख्यमन्त्रि पदबाट राजीनामा गरेका छन् । आज दिउँसाे विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठकमा आफ्नाे भनाई राख्दै कार्कीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। उनले प्रदेश सभा बैठक समक्ष विश्वासको मतका लागि प्रस्तावै प्रस्तुत नगरी पदबाट राजीनामाको घोषणा गरेका थिए । आफ्नो पक्षमा बहुमत पुग्ने अवस्था नदेखेपछि उनले राजीनामा दिएका हुन् । सर्वोच्च अदालतको परमादेशपछि कार्किले भदौ २२ गते मुख्यमन्त्रि पद सम्हालेका थिए । उनकाे राजिनामासंगै कोशी प्रदेशमा अब संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको जनाईएकाे छ । ...
आज विश्वासको मत लिँदै कोशी प्रदेशका मुख्यमन्त्री कार्की
मुख्य समाचार

आज विश्वासको मत लिँदै कोशी प्रदेशका मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शनिबार विश्वासको मत लिने तैयारी गरेका छन् । । । जसका लागि आज दिउँसो १ बजे बैठक समय ताेकिएकाे छ । मुख्यमन्त्रि कार्की संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेस सभामा ठुलाे दलको हैसियतले भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान अनुसार आज उनले बिश्वासकाे मत लिन लागेका हुन् । अंङ्क गणितिय हिसाबले कार्कीले विश्वासको मत पाउने अवस्था देखिँदैन । कोशी प्रदेशमा सरकारको नेतृत्व गर्नका लागि ४७ मत आवाश्यक पर्नेमा एमालेका कार्कीसंग जम्मा ४० मत मात्रै रहेको छ, थप मत अन्य दलवाट प्राप्त गर्नु पर्ने बाध्यतामा मुख्यमन्त्री कार्की रहेका छन् । ...
बरुण बहुमुखि क्याम्पस ब्यबस्थापन समितिकाे निर्वाचन सम्पन्न (ताजा नतिजा)
मुख्य समाचार, राजनीति, शिक्षा

बरुण बहुमुखि क्याम्पस ब्यबस्थापन समितिकाे निर्वाचन सम्पन्न (ताजा नतिजा)

संखुवासभाकाे खाँदबारी स्थित बरुण बहुमुखि क्याम्पस ब्यवथापन समितिकाे भर्खरै सम्पन्न नतिजा अनुसार ११ जना कार्य समिति सदस्य निर्वाचित भएबा छन् । जस अनुसार हरि कुमार कटुवाल ४० मत, दल ब बिक ४० मत, ईन्दा मिश्र ३३, युवराज शाक्य ३०,जिवनाथ खनालले २७ प्राप्त गरि निर्वाचित भएका छन् । भने २४ बराबरि मत प्राप्त गर्ने चार जना उम्मेदवार मध्ये चिठ्ठा मार्फत तिन जना चयन गरिने तैयारि भैरहेकाे छ । आज छनाैट हुनुपर्ने ११ जना सदस्य मध्ये यसअघि बबिता कार्की कटुवाल, डेगेश्वरी श्रेष्ठ र उषा कार्कि सर्बसम्मत निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरुले आफु मध्येबाट अध्यक्ष र काषाध्यक्ष चयन गर्नेछन् ।...
मनाेरञ्जन संगै आफ्नाे स्वास्थ्यमा सुधार ल्याऔ, असाेज २८ गते “खाँदबारी रन” मा सहभागि बनाैं ।
खेलकुद, मनोरन्जन

मनाेरञ्जन संगै आफ्नाे स्वास्थ्यमा सुधार ल्याऔ, असाेज २८ गते “खाँदबारी रन” मा सहभागि बनाैं ।

"पर्यटन प्रवर्धन,खाँदबारी रन" नेपालीहरुको महान चाड दशैं तथा तिहारको शुभकामना आदनप्रदान गर्दै यहि असोज २८ गते आईतवार घटस्थापना दिन १ बिभागिय पुरुष टिम, २ खुल्ला पुरुष टिम ३ खुल्ला महिला टिम गरि तिन वटा बिधामा दौडको रुट ( प्राविधिक समस्या आएमा परिवर्तन हुने छ ।) -बिभागिय पुरुष टिमका लागि खाँदबारी टुडिखेलबाट खाँदबारी ३ स्थीत ठुलोढुङ्गा पुगि लबिङ्गहिलको मार्ग हुँदै पुन खाँदबारी टुडिखेल -खुल्ल पुरुष टिमका लागि खाँदबारी टुडिखेल हुँदै खाँदबारी ३ स्थीत चेवा झर्ने बाटो पुगि लबिङ्ग हिलको मार्ग हुँदै पुन खाँदबारी टुडिखेल र -खुल्ला महिला टिमका लागि खाँदबारी १ टुडिखेलबाट खाँदबारी ३ स्थीत लहरेबर पुगि पुन लबिङ्ग हिलको मार्ग हुँदै खाँदबारी टुडिखेल आईपुग्नुपर्ने (प्रतियोगिहरु १८ वर्ष माथिको रहने छ । साथै ४० वर्ष उमेर भन्दा माथिकोले दौड पूरा गरेमा सम्मान गरिनेछ । ) पुनश्च ईच्छुक सहभागिहरु...
बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरि गयो भूकम्प
समाचार

बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरि गयो भूकम्प

सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ। ‍‍राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०:५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युड र राति १२:२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो। मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि आजसम्म दर्जनौं पराकम्प महशुस भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए।...
प्रतिनिधि सभामा संखुवासभा र नेपाल स्काउटकाे समस्याबारे आफ्ना भनाई राख्दै माननीय दीपक खड्का (भीडिओ)
अर्थ/व्यापार, भिडीयाे

प्रतिनिधि सभामा संखुवासभा र नेपाल स्काउटकाे समस्याबारे आफ्ना भनाई राख्दै माननीय दीपक खड्का (भीडिओ)

पुर्व राज्यमन्त्रि तथा प्रतिनिधि सभा सदस्य माननीय दिपक खड्काले असाेज १८ गते बसेको प्रतिनिधिसभाकाे बिशेष समयमा बाेल्दै असोज १६ गते वझाङमा गएको विनासकारी भुकम्प, अरुण तेश्राे मुआब्जा पिडितकाे अवस्था, सम्माननीय प्रधानमन्त्रीको विदेश भ्रमण र नेपाल स्काउटको विषयमा जाेडदार रुपमा कुरा उठाएका छन् । भीडियाे https://youtube.com/watch?v=-Eqz17npClo&si=EWw9rA_PzeByxyDJ ...
सब-ईन्जिनियर राईकाे निधनमा पाँचखपन नगरपालिकाले दियाे शाेक बिदा
समाचार

सब-ईन्जिनियर राईकाे निधनमा पाँचखपन नगरपालिकाले दियाे शाेक बिदा

संखुवासभा पाँचखपन नगरपालिकाले नगरपालिकामा कार्यरत सब- ईन्जिनियर हिमाल राईकाे असामयिक निधनप्रति गहिराे दुख ब्यक्त गर्दै नगरपालिका र माताहतका वडा कार्यालयहरुमा शाेक विदा दिने घाेषणा गरेकाे छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेसमान सिं राईद्वारा हस्ताक्षरित सुचना मार्फत सब-ईन्जिनियर राईकाे निधनमा असाेज १९ गते शुक्रबार शाेक बिदा दिईएकाे जनाईएकाे छ ।...
सहमति पछि मकालु गाउँपालिका अध्यक्षकाे कार्यकक्षमा लगाईएकाे तालाबन्दि खुल्याे
मुख्य समाचार, राजनीति

सहमति पछि मकालु गाउँपालिका अध्यक्षकाे कार्यकक्षमा लगाईएकाे तालाबन्दि खुल्याे

मकालु गाउँपालिका अध्यक्षकाे कार्यकक्षमा लगाईएकाे ताला सहमति पछि खुलेकाे छ । नियमित रुपमा सेवा प्रवाहकाे ब्यवस्था मिलाउने, गाउँपालिका कार्यालयमा रहेकाे सवारि साधनकाे यथार्थ विवरण सार्वजनिक गर्ने, जिर्ण सडक मर्मतलाई प्राथमिकतामा राख्ने लगायतका बिषयमा सहमति जुटेपछि संखुवाुभा मकालु गाउँपालिका अध्यक्ष वाङ्दी शेर्पाकाे कार्यकक्षमा लगाईएकाे तालाबन्दि खुलेकाे संचारकर्मि गंगा बिष्टले जनाएका छन् । लामाे समय देखि जिम्मेवार पदमा बसेकाे गाउँपालिका अध्यक्ष कार्यालयमा अनुपस्थित हुनेगरेकाे,अध्यक्ष अनुपस्थित हुँदा कार्यालयकाे दैनीक सेवाप्रवाहमा समस्या भएकाे र गाउँपालिकाकाे सवारि साधन दुरुपयाेग गरिएकाे भन्दै संखुवासभा मकालु गाउँपालिकाकाे अध्यक्षकाे कार्यकक्षमा केही स्थानीयले तालाबन्दि गरेका थिए । ...