editor@sajhakura, Author at साझाकुरा - Page 81 of 89
शनिबार, फाल्गुन ३०, २०८२

Author: editor@sajhakura

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ’
मुख्य समाचार

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी शुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताउनुभएको छ । चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ परम्परागत ढङ्गले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन दुई देशबीच सहमति भएको जानकारी दिनुभयो ।  केही नाकालाई व्यवस्थित गर्नेबारेमा चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ‘वैधानिक ढङ्गले सबै नाका खोल्ने सहमति भएको छ । केही नाका अनुदानमा बनाइदिन्छौँ भन्ने सहमति भएको छ,’ उहाँले भन्नुभयो ।   यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा पनि महत्त्वपूर्ण छलफल भएको उहाँले जानकारी दिनुभयो । आन...
विद्यार्थीको शङ्कास्पद मृत्यु भएको भन्दै होस्टेल र विद्यालयमा आगजनी
शिक्षा

विद्यार्थीको शङ्कास्पद मृत्यु भएको भन्दै होस्टेल र विद्यालयमा आगजनी

होस्टेलमै विद्यार्थीको मृत्यु शङ्कास्पद भएको भन्दै आक्रोशित विद्यार्थीका आफन्तहरूले होस्टेल तोडफोडसहित विद्यालयमा आगजनी गरेका छन्। सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका –६ घण्टाघर अगाडी रहेको उषा बाल बाटिका सेकेण्डरी स्कुलको होस्टेलमा विद्यार्थी शङ्कास्पद रुपमा झुन्डिएको अवस्थामा फेला परेका थिए।  आगजनीका कारण विद्यालय पूर्ण रुपमा क्षति भएको छ। दुई वटा दमकलले आगो निभाएका थिए। प्रहरी संख्या कम हुँदा आक्रोशित बालकका आफन्तहरूले छिनभरमै विद्यालय आगजनी गरेर पूर्ण रुपमा क्षति गरेका थिए। कक्षा २ मा अध्ययनरत वर्ष ८ का सलाम पुलामी मगर दुई तला भएको बेडमै झुन्डिएको अवस्था फेला परेका हुन्।  दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका –१ स्थायी घर भएका बालकको आफन्तहरू आई सकेका छन्। शुक्रवार साँझ झुन्डिएको अवस्थामा फेला परेका बालकको शव आफन्तहरूले उठाउन दिएका छैनन्। जसका कारण पोस्टमार्टम हुन सकेको छैन्...
२ लाख मान्छे भूमध्यसागर पार गरेर युरोप पुग्दा २५ सय हराए
अन्तर्राष्ट्रिय, समाचार

२ लाख मान्छे भूमध्यसागर पार गरेर युरोप पुग्दा २५ सय हराए

चालु वर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल भए पनि दुई हजार पाँच सय जनाले भने ज्यान गुमाए वा उनीहरू हराएका शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय  निकायलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ । यो वर्ष एक लाख ८६ हजार मानिस भूमध्यसागर पार गरेर प्रवेश गर्दा दुई हजार पाँच सयभन्दा बढीको  मृत्यु भएको वा बेपत्ता भएका निष्कर्षमा हामी पुगेका छौँ,' न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्त 'युएनएचसीआर' का निर्देशक रुभेन मेनिकडिवेलाले सुरक्षा परिषद्लाई जानकारी दिएका अल जजिराले खबर प्रसार गरेको छ । युरोप प्रवेश गरेकामध्ये  करिब एक लाख ३० हजार इटाली पुगेका छन् । ग्रीस, स्पेन, साइप्रस, माल्टालगायत देशमा पनि आप्रवासी पुगेको उनले जानकारी दिए।  गत वर्षको तुलनामा यस वर्ष समुद्र पार गर्ने क्रममा मृत्यु हुने वा बेपत्ता हुनेको सङ्ख्या बढेको छ । जोखिमपू...
सल्यानमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, १४ जना घाइते
समाचार

सल्यानमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, १४ जना घाइते

सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। शुक्रबार बेलुकी छत्रेश्वरी गाउँपालिकाबाट शारदा नगरपालिका १२ कागखोला तर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप छत्रेश्वरी-५ लेखपोखरामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा शारदा नगरपालिका–१५ माल्नेटाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका–१२ की ७६ वर्षीया धुर्बी बोहरा छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैँजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए दुर्घटनामा परी १४ जना घाइते भएका छन्। घाइतेमध्ये शारदा – १५ की ५७ बर्षीया पेमला भण्डारीलाई सुर्खेतमा थप उपचारका लागि पठाइएको डिएसपी कार्कीले जानकारी दिए। अन्य १३ जना घाइतेको जिल्लाका बिभिन्न अस्पतालहरुमा उपचार जारी रहेको प्रहरीले बताएको छ। उनीहरू मेला हेरेर फर्कँदै थिए। जीप...
डेङ्गीका  बिरामी बढ्दै, अझै एक महिना उच्च जोखिम
स्वास्थ्य

डेङ्गीका बिरामी बढ्दै, अझै एक महिना उच्च जोखिम

डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै गएका छन् । सङ्क्रमण जोखिम अझै एक महिना उच्च रहेकाले सावधानी अपनाउन अनुरोध समेत गरिएको छ । लामखुट्टेकाे टोकाइबाट सर्ने डेङ्गी रोग यस वर्ष पनि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा देखिएको छ । स्वास्थ्य मन्त्रालयले हरेक शुक्रवार बिहान साढे १० बजे सार्वजनिक कार्यालय हाताभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । त्यस्तै, पालिकामा पनि डेङ्गी नियन्त्रण र रोकथामका प्रयास भए पनि प्रभावकारी हुन सकेको छैन । मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार देशका ७६ जिल्लामा गरी यसवर्ष ३२ हजार ८ सय ९७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकोमा २० जनाले ज्यान गुमाएका छन् । यसवर्ष उच्च प्रभावित पाँच जिल्ला सुनसरी, झापा, धादिङ, मोरङ र तनहुँ रहेका छन् । त्यसमा पनि १६ हजारभन्दा धेरै सुनसरीमा सङक्रमित भएका छन् । काठमाण्डौका तीन जिल्लामा पनि सङ्क्रमण जोखिम छ । काठमाण्डौ महानग...
मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा ७ जना पक्राउ
स्वास्थ्य

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा ७ जना पक्राउ

मणिपाल अस्पतालमा भएको तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङ छन् । उनीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान गरिने कास्कीका एसपी मोहन थापाले जानकारी दिए । बिरामीको मृत्यु भएको विषयलाई लिएर मणिपालमा डाक्टरमाथि कुटपिटका साथै अस्पतालमा तोडफोड भएको थियो । ...
आजदेखि सोह्र श्राद्ध सुरू
समाज

आजदेखि सोह्र श्राद्ध सुरू

शनिबारदेखि सोह्र श्राद्ध सुरू भएको छ । सोह्र श्राद्धलाई पितृ पक्ष आरम्भ भएको रुपमा लिइन्छ । सोह्र श्राद्धको पहिलो दिन नै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरीएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले यो तीथिलाई सोह्रश्राद्ध भनिएको हो । चाडपर्व तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका सा...
कोशी, मधेश र बागमती प्रदेशमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना
समाचार

कोशी, मधेश र बागमती प्रदेशमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित छ । शनिबार बिहान देशको कोशी, मधेश र बागमती प्रदेशहरुमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहेको छ । साथै कोशी प्रदेशको एक/ दुई स्थानमा हल्का वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, शनिबार राती कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।...
एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी
राजनीति

एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी

नेकपा (एमाले) बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी हुनु भएको छ । शुक्रबार अबेर सम्मपन्न निर्वाचन पछि भएको मत गणनामा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २ सय ५७ मतले पछि पार्दै ढुंगेल अध्यक्षमा विजयी हुनु भएको हो । ढुङ्गेल ६ सय ९६ मत पाएर विजयी हुँदा दाहालले ४ सय ३९ मत मात्र पाउनु भएको थियो । उपाध्यक्ष पदमा दावा दोर्जे लामा विजयी हुनुभएको हो । यसैगरी सचिवमा नवराज सिलवाल विजयी हुनु भएको छ । खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी हुनु भएको छ । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो । मतदानमा १ हजार १ सय ३५ मत खसेको थियो । ...
मालपोतका नासु र खरिदार डेढ लाख घुससहित पक्राउ
मुख्य समाचार

मालपोतका नासु र खरिदार डेढ लाख घुससहित पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घुससहित पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई १ लाख ५० हजार रुपैयाँ घुस लिएकै बेला रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ । जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग उनीहरुले घुस मागिरहेको भन्ने सूचना पाएपछि गएको टोलीले इनरुवा नगरपालिका वडा नं. ३ मालपोत चोकबाट उनीहरुलाई प्रक्राउ गरेको हो । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । ...