editor@sajhakura, Author at साझाकुरा - Page 82 of 97
शनिबार, असार १३, २०८३

Author: editor@sajhakura

गाजाको अस्पतालमा रकेट आक्रमण हुँदा ५ सयजनाको मृत्यु, डब्लूएचओद्वारा निन्दा
अन्तर्राष्ट्रिय

गाजाको अस्पतालमा रकेट आक्रमण हुँदा ५ सयजनाको मृत्यु, डब्लूएचओद्वारा निन्दा

द्वन्ग्रस्त गाँजाकाे एक अस्पतालमा रकेट आक्रमण हुँदा ५ बढिकाे मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । गाजाको स्वास्थ्य विभागका अनुसार अल अहली अरब अस्पतालमा भएको रकेट आक्रमणमा परी ५ सयजनाको मृत्यु भएको हाे ।   सैंयौंको सङ्ख्यामा बिरामी, घाइते र घरबारबिहीन बनेकाहरू अस्पतालमा रहेको बेला आक्रमण भएको गाजाको स्वास्थ्य विभागलाई उध्रित गर्दै बिबिसिले जनाएकाे छ । स्थानीयका अनुसार हमास–इजरायल आक्रमणबाट बच्नका लागि मानिसहरू अस्पतालमा शरण लिन पुगेका थिए। अस्पतालका एकजना चिकित्सकका अनुसार झन्डै ४ हजार मानिसहरू शरणका लागि अस्पतालमा थिए। उनले आक्रमण पछि अस्पतालको ८० प्रतिशत सेवा प्रभावित बनेको बताए।   आक्रमण पछि विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हनोम घेब्रीयससले दुःख व्यक्त गर्दै घटनाको निन्दा गरेका छन्। ...
पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न
खेलकुद, मनोरन्जन, समाचार, स्वास्थ्य

पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न

पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न भएकाे छ । संखुवासभाकाे खाँदबारी युथ क्लबले नेपालीहरुको महान चाड दशैं, तिहार र छट पर्वको अवसरमा“पर्यटन प्रवर्धन खाँदबारी रन भन्ने मुल नाराका साथ आयाेजना गरेकाे धावन प्रतियाेगिता दशै, तिहार र छट पर्वकाे शुभकामना आदानप्रदान सहित आईतबार भब्य रुपमा सम्पन्न भएकाे हाे । खाँदबारी स्थित टुडिखेलबाट विभिन्न बिधामा रन शुरु गरिएकाे थियाे । खाँदबारी रनमा तीन सय बढिकाे सहभागिता रहेकाे क्लबका महासचिब सुरेन शाक्यले जानकारी दिए । प्रतियाेगितामा बिभागिय पुरुष टिम,खुल्ला पुरुष टिम र खुल्ला महिला टिम र भेट्रन गरि चार वटा बिधामा प्रतिश्पर्धा गराईएकाे क्लबले जनाएकाे छ । बिभागिय पुरुष टिमतर्फ नयाँ भैरबी दल गुल्मका सुर्य बहादुर राेकायले प्रथम स्थान हाँसिल गरे भने निान खड्का र सुजन बिश्वकर्माले क्रमश दितिय र तृतिय स्थान हाँसिल गरे त्यसैगरि खुल्...
मनाङ एयरको हेलिकोप्टर दुर्घटना
समाचार

मनाङ एयरको हेलिकोप्टर दुर्घटना

मनाङ एअरको हेलिकोप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ। हेलिकोप्टर सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा दुर्घटनामा परेको हो । शनिबार बिहान ७ बजेर १३ मिनेटमा हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन उडेको हेलिकप्टर दुर्घटना भएको बताइएको छ । पाइटल पिके सेढाइ मात्र रहेको उक्त हेलिकप्टर ‘अवतरणका क्रममा दुर्घटनामा परेको हो । पाइटल सेढाइ घाईते भएकाे र उनलाई थप उपचारका लागि फिस्टेलको हेलिकप्टरले लुक्ला हुँदै काठमाडौको ह्याम्स हस्पिटल लगिएकाे बताइएको छ ।...
टेरामक्स प्रविधि खरिद प्रक्रियाको सबै कागजात ७ दिनभित्र बुझाउन निर्देशन 
मुख्य समाचार

टेरामक्स प्रविधि खरिद प्रक्रियाको सबै कागजात ७ दिनभित्र बुझाउन निर्देशन 

सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि खरिद प्रक्रिया आरम्भ भएदेखि हालसम्मका सबै कागजात सात दिनभित्र बुझाउन नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ।  प्राधिकरणले अहिलेसम्म टेरामक्स खरिद प्रक्रियामा ५३ करोड रूपैयाँ खर्च गरिसकेको छ। टेलिकम कम्पनीहरूको कारोबार पारदर्शी बनाउन भन्दै प्राधिकरणले टेरामक्स खरिद प्रक्रिया अगाडी बढाएको थियो। करिब ३ अर्ब रूपैयाँको लागतमा टेरामक्सको खरिद प्रक्रिया अगाडि बढाइएको हो।  तर, सर्वसाधारणको फोन ट्यापिङ गर्ने यो प्रणाली ल्याउन लागिएको भन्दै यो निर्णयको आलोचना हुँदै आएको छ। केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा यो खरिद प्रक्रिया रोकिएको थियाे ।...
विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १ सय ३४ रनले हरायो
खेलकुद

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १ सय ३४ रनले हरायो

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १ सय ३४ रनको फराकिलो अन्तरले हराएको छ । लगातार दोस्रो जितसँगै दक्षिण अफ्रिका अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । लखनउमा हिजो भएको खेलमा जितका लागि ३ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४० ओभर ५ बलमा १ सय ७७ रनमा अलआउट भयो । उसका मार्नस लाबुसेनले सर्वाधिक ४६ रन बनाए । मिचेल स्टार्क २७ रनमा र प्याट कमिन्स २२ रनमा आउट भए । दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३ विकेट लिए । मार्को यानसन, केशव महाराज र तबरेज शाम्सीले समान दुई/दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको थियो । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले १ सय ९ रनको शतकीय पारी खेले । उनको यो विश्वकपमा लगातार दोस्रो शतक हो । डी ककले श्रीलङ्कासँगको पहिलो खेलमा पनि १ सय रनको शतकीय पारी खेलेक...
इजरायलबाट स्वदेश आइपुगे नेपाली
मुख्य समाचार

इजरायलबाट स्वदेश आइपुगे नेपाली

इजरायलमा रहेका २ सय ५४ जना नेपाली आज शुक्रवार बिहान स्वदेश आइपुगेका छन् । सरकारले उनीहरुलाई नेपाल एअरलाइन्सको विमानबाट स्वदेश ल्याएको हो । उनीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी इजरायल पुगेका थिए । उद्धारका लागि बिहीवार बिहान दुबई हुँदै गएको नेपाल एअरलाइन्सको विमान इजरायलको तेलअभिभ गएको थियो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले आवश्यकता अनुसार अरूलाई पनि देशमा फिर्ता ल्याउन सरकारले पहल गर्ने बताउनुभयो । बाँकी रहेका अरुलाई नियमित उडान मार्फत् ल्याउने सरकारको तयारी छ।...
विश्वकप छनाेट : अञ्जनकाे कीर्तिमानी गाेलमा नेपाल हारबाट जाेगियाे
खेलकुद

विश्वकप छनाेट : अञ्जनकाे कीर्तिमानी गाेलमा नेपाल हारबाट जाेगियाे

फिफा विश्वकप २०२६ को एसियाली छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले लाओससँग बराबरी खेलेकाे छ । आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले लाओससँग १–१ गाेलकाे बराबरी गरे । खेलमा लाओसले शुरुवाती अग्रता लिएकाे थियाे । उसका लागि खेलकाे ३३ औँ मिनेटमा कप्तान बौनफाचन बौनकोङले गाेल गरे । पहिलाे हाफमा लाओस १–० ले अघि रह्याे । खेलकाे दाेस्राे हाफकाे ४९ मिनेटमा नेपालले बराबरी गाेल फर्कायाे । नेपालका लागि अञ्जन विष्टले गाेल गरे । याे गाेलसँगै अञ्जनले नेपालबाट अन्तर्राष्ट्रिय गाेलमा कीर्तिमान बराबरी गरेका छन् । अञ्जनकाे याे १३ औँ अन्तर्राष्ट्रिय गाेल हाे । नेपालबाट हरि खड्का र निराजन रायमाझीकाे पनि अन्तर्राष्ट्रिय गाेलकाे सङ्ख्या १३ छ ।  आफ्नो ५८ औँ खेलमा सर्वाधिक गाेलकाे कीर्तिमानी बराबरी गरेका अञ्जनले सन् २०१४ मा फिलिपिन्ससँग खेल्दै राष्ट्रिय टाेलीबाट डेब्यु गरेका थिए । ...
मन्त्रिसंगै स्वदेस फिर्दै २५३ नेपाली
मुख्य समाचार

मन्त्रिसंगै स्वदेस फिर्दै २५३ नेपाली

द्वन्दग्रस्त ईजरायलबाट २५३ जना नेपालीको उद्धार गरेर नेपाल वायु सेवा निगमको विमानमार्फत स्वदेश फर्किँदै परराष्ट्रमन्त्री एनपी साउद । विमान राति साढे १ बजे काठमाण्डाै अवतरण गर्ने बताईएकाे छ ।
कोशीका शेखर पक्षका ८ सांसदको दाबी : इन्द्र आङबोले हाम्रो हस्ताक्षर दुरुपयोग गरे
राजनीति, समाचार

कोशीका शेखर पक्षका ८ सांसदको दाबी : इन्द्र आङबोले हाम्रो हस्ताक्षर दुरुपयोग गरे

कोशीमा नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यले नेकपा माओवादी संसदीय दलका नेता इन्द्र आङबोले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिएका छन् । उनीहरुले मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस नेता केदार कार्कीले पेश गरेको दाबीमा हस्ताक्षर गरेका छन् । आङबोले पनि उनीहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी परेपछि ८ जनाले आफूहरुको हस्ताक्षर दुरुपयोग गरिएकाे बताए । कार्कीलाई समर्थन गर्नेमा उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू र सुनसरीका सुनिता गुरुङ छन् । कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ८ जनाले आङबोलाई समर्थन नरहेकाे प्रष्ट पारेका छन् । अनलाईनखबरले याे समचारलाई प्राथमिकताका साथ प्रकासन गरेकाे छ ।...
डा.राजु अधिकारीको नयाँ पुस्तक विवाहअगाडि विवाहपछाडि सार्वजनिक
शिक्षा, समाचार, समाज

डा.राजु अधिकारीको नयाँ पुस्तक विवाहअगाडि विवाहपछाडि सार्वजनिक

डा.राजु अधिकारीको नयाँ पुस्तक विवाहअगाडि विवाहपछाडि सार्वजनिक भएको छ।  योगविज्ञान तथा जीवनशैली प्रशिक्षक अधिकारीको यो १४औं कृति हो। यसमा विवाह सम्बन्धी ज्ञान, विज्ञान र मनोविज्ञान समेटिएको छ।  “यो पुस्तक पढ्न जति रोमाञ्चक छ, वैवाहिक आकांक्षीहरूलाई उपहार दिन त्यत्तिकै मूल्यवान् छ भन्ने मेरो विश्वास छ,” डा. अधिकारीले भने।  पुस्तकमा अधिकारीले विवाहका विविध पाटालाई केलाएर उत्तम छनोटका लागि मानिसलाई मार्गनिर्देश गरेको प्रकाशक संस्था फाइनप्रिन्टका नीरज भारीले बताए। भारतको हरिद्वारस्थित देव संस्कृति विश्वविद्यालयबाट योगविज्ञान एवम् मानव चेतना विषयमा स्नातकोत्तर र विद्यावारिधि गरेका अधिकारीका खाने कसरी पिउने कसरी, योग पनि गरौं भोग पनि गरौं, यस्तो होस् जीवनशैली, जिन्दगी रिल्याक्स प्लिज!, संस्कारी बन्ने काइदा, नैतिक सुखवाद र जीवन मूल्यहरू लगायत पुस्तक प्रकाशन भइसकेका छन्। पुस्तकका लेखक ड...