editor@sajhakura, Author at साझाकुरा - Page 84 of 89
शनिबार, फाल्गुन ३०, २०८२

Author: editor@sajhakura

राष्ट्रपति पौडेल पैदल हिँडेरै इन्द्रजात्रामा सहभागी
समाज

राष्ट्रपति पौडेल पैदल हिँडेरै इन्द्रजात्रामा सहभागी

राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन गाडीबाट झरेर हिँडेरै जात्रास्थलमा पुग्नुभएको छ । राष्ट्रपति पौडेल बिहिबार काठमाडौको बसन्तपुरस्थित हनुमान ढोकामा इन्द्रजात्राको अवलोकन गर्न जानु भएको हो । इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा हेर्ने गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको इन्द्रजात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । राष्ट्रपति पौडेल जुद्ध सालिकबाट कुमारी घरसम्म हिडेरै जानु भएको हो । ...
एमाले महासचिव पोखरेलद्वारा कर्णालीमा सर्वसम्मत अध्यक्ष चुन्न निर्देशन
राजनीति

एमाले महासचिव पोखरेलद्वारा कर्णालीमा सर्वसम्मत अध्यक्ष चुन्न निर्देशन

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कर्णाली प्रदेशको पार्टी अध्यक्ष सर्वसम्मत चुन्न निर्देशन दिएका छन्। प्रदेश इन्चार्ज लेखराज भट्टलाई सर्वसम्मतिको निर्देशन दिएर महासचिव पोखरेल बिहीबार सुर्खेतबाट काठमाडौंतर्फ लागेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव पोखरेलले मीनबहादुर शाहीलाई सर्वसम्मत अध्यक्ष बनाउन चाहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार अधिवेशन उद्घाटन गरेका थिए। बुधबार उद्घाटन सत्रपछि अध्यक्ष ओलीले शाहीलाई कर्णाली प्रदेशको अध्यक्ष बनाउनुपर्ने भन्दै उनकै नाममा सर्वसम्मति गर्न निर्देशन दिएका थिए।...
गोप्य राख्नुपर्नेबाहेकका सूचना सम्बन्धित निकायबाट प्रवाह हुनुपर्छ : सभामुख घिमिरे
समाचार

गोप्य राख्नुपर्नेबाहेकका सूचना सम्बन्धित निकायबाट प्रवाह हुनुपर्छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न नहुने बताएका छन्।  सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज सूचनाको हकका लागि राष्ट्रिय महासंघले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको उद्घाटन गर्दै उनले सूचनाको हकको संरक्षणका लागि संविधानमा मौलिक हकका रुपमा राखिएको विषयलाई नियन्त्रण गरेर अपारदर्शीरुपमा शासन पद्धति सञ्चालनको ध्येय राखिएमा त्यो सफल नहुने बताए। उनले भने,'गोप्य राख्नुपर्नेबाहेकका सूचना राज्यका सम्बन्धित निकायबाट प्रवाह हुनुपर्छ । यसको दुरुपयोग हुनबाट पनि जोगिनुपर्छ ।' संविधानले परिकल्पना गरेको सूचनामा आधारित जनताको सहभागितामूलक पारदर्शी शासन पद्धतिबाट जनतालाई सेवासुविधा दिन आग्रह गर्दै उनले सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा महासंघको विशेष भूमिका हुनुपर्ने राससलाई बताएका छन्। सूचनाको हक लोकतन्त...
उपभोग्य मिति सकिएको चामल बिक्री गर्ने पसलाई ३ लाख जरिवाना
अपराध, अर्थ/व्यापार

उपभोग्य मिति सकिएको चामल बिक्री गर्ने पसलाई ३ लाख जरिवाना

उपभोग्य मिति सकिएको चामल बिक्री गरेको आरोपमा एक किराना पसललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संक्षण विभागको अनुगमन टोलीले बुधबार काभ्रेको पनौती स्थित एक पसललाई यति ठूलो जरिवाना गरेको हो । विभागका सूचना अधिकारी आनन्दराज पोखरेलकाअनुसार उक्त किराना पसलले म्याद सकिएको करिब ४० बोरा चामल बिक्रीका लागि भण्डारण गरी राखेको थियो । विभागको संयुक्त बजार अनुगमनमा ती वस्तु फेला पारेपछि ठाउँका ठाउँ जरिवाना गरेको पोखरेलले बताए । उपभोक्तालाई म्याद सकिएको चामल बिक्री गरिनु कानुन विपरीत भएकाले कारबाही गरिएको विभागको स्पष्टोक्ति छ । जरिवाना गरेर नष्ट गरिएको चामलको मूल्य ६७ हजार रुपैयाँ बराबरको भएको विभागले जनाएको छ । बुधबार विभागले बजारमा ३३ वटा अनुगमन गर्दा १० वटा फर्मलाई नगदै जरिवाना गरेको छ । ...
उडान नियम उल्लंघन गर्ने २ कम्पनीका एएस३५० हेलिकप्टर उडानमा रोक
समाचार

उडान नियम उल्लंघन गर्ने २ कम्पनीका एएस३५० हेलिकप्टर उडानमा रोक

लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गर्दै हेलिकप्टर उडाएपछि दुई कम्पनीका हेलिकप्टरको उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ । प्राधिकरणका अनुसार दुई कम्पनीका ‘एएस३५० बी३ई’ मोडलका हेलिकप्टरको उडानमा बिहीबारदेखि नै प्रतिबन्ध लगाइएको हो । प्राधिकरण स्रोतका अनुसार यसरी प्रतिबन्ध लाग्ने कम्पनीमा श्री एयरलाइन्स र फिस्टेल एयरका हेलिकप्टर छन् । यी कम्पनीले भिजिबिलिटी १ सय मिटर समेत नभएको अवस्थामा समेत ‘भीएफआर’ नियम मिच्दै हेलिकप्टर उडाएपछि प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि हेलिकप्टर उडानमा रोक लगाउने निर्णय गरेको हो । यी कम्पनीका पनि अन्य मोडलका हेलिकप्टरको उडानमा भने रोक लगाइएको छैन ।...
‘पठान’ को रेकर्ड तोड्दै सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बन्यो ‘गदर २’
मनोरन्जन

‘पठान’ को रेकर्ड तोड्दै सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बन्यो ‘गदर २’

बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म 'गदर २' ले नयाँ रेकर्ड राखेको छ। 'गदर २' ले सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले ५२४ करोड ७५ लाख भारू कमाएको छ। योसँगै 'गदर २' ले शाहरूख खानको फिल्म 'पठान' को रेकर्ड तोडेको छ।  हालसम्म सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड 'पठान' को नाममा थियो। बुधबार २ करोड ७५ लाख भारू कमाउँदै 'गदर २' ले शाहरूख खानको फिल्म 'पठान' को रेकर्ड तोडेको हो। 'पठान' ले ५२४ करोड ५३ लाख भारू कमाएको थियो।  अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्। सन् २००१ मा प्रदर्शन भएको 'गदर' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। ...
चीनले अन्तरिक्षमा पठायो रिमोट सेन्सिङ उपग्रह
रोचक

चीनले अन्तरिक्षमा पठायो रिमोट सेन्सिङ उपग्रह

एजेन्सी । चीनले बुधबार उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लञ्च सेन्टरबाट नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठाएको छ । याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट बिहान सवा ४ बजे प्रक्षेपण गरेको थियो । यसलाई वैज्ञानिक प्रयोग, भूमि श्रोत सर्वेक्षण, बाली उत्पादन अनुगमन र विपद् रोकथाम तथा राहत कार्यका लागि प्रयोग गरिनेछ । प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृंखलाको ४८९ औं उडान अभियान हो । ...
भारतको मणिपुरमा हिंसात्मक प्रदर्शन उग्र बन्दै
अन्तर्राष्ट्रिय

भारतको मणिपुरमा हिंसात्मक प्रदर्शन उग्र बन्दै

एजेन्सी । भारतको मणिपुरमा मैतेई समुदायका २ विद्यार्थीको मृत्युको विषयलाई लिएर सुरु भएको प्रदर्शन उग्र बन्दै गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार राजधानी इम्फलमा कर्फ्यु जारी गरिएको छ । गत जुलाईमा बेपत्ता भएको ती दुई जना विद्यार्थीको मृत्यु भएको पुष्टि भएपछि विरोध प्रदर्शन थप हिंसात्मक बन्दै गएको हो । राजधानी इम्फलमा बुधबार प्रदर्शनकारीले एक नेताको घरमा आक्रमणको प्रयास गर्नुका साथै प्रहरीमाथि कुटपिट गरि हतियार खोसेर लगेको समाचारमा उल्लेख छ । मणीपुर प्रहरीले बुधबार राती विज्ञप्ती जारी गर्दै अनियन्त्रीत भिडले सुरक्षाकर्मीको सवारीमा आगजनी गरेको र भिडलाई नियन्त्रण गर्न अश्रु ग्याँसको प्रयोग गरिएको जनाएको छ । प्रदर्शन नियन्त्रणमा लिने क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । हतियार खोसेर फरार भएकोहरुको तीब्र खोजी भईरहेको पनि प्रहरीले जनाएको छ । प्रदर्शनलाई मध्यनजर गर्दै कर्फ्यु जा...
देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता
समाचार

देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता

चितवनको देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । आज बिहान ७ बजेतिर नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ मिलनचोक बस्दै आएका पंकज दाहाल बेपत्ता भएका हुन् । भारतको आसाम घर भएका अधिकारी कैलालीको धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा बसेर सँस्कृत पढ्दै आएका थिए । उनी सोही मन्दिरको टोलीसँगै देवघाटमा भ्रमणमा आएका थिए । नुहाउने क्रममा वेपत्ता भएका उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ...
अपराध
दोलखा : चीनसँग सिमाना जोडिएको दोलखाको लामाबगर क्षेत्रबाट प्रहरीले बुधबार राति ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ। दोलखाको विगु गाउँपालिका–३ जामुनेआसपास नजिकैबाट प्रहरीले अवैध रुपमा भित्रिएको चार किलो सुन बरामद गरेको हो। बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले चार किलो सुनसहित ३ जनालाई नियन्त्रणमा लिएको दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले अन्नपूर्णलाई जानकारी दिए। उनकाअनुसार ठूलो परिमाणमा पैदलमार्गबाट सुन भित्रिएको सूचनाका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो। चार वटा बिस्कुट आकारको सुनसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दोलखाको सीमानामा चीनको तिब्बती नाका खुलेको एक साता नबित्दै अवैध सुन बरामद भएको हो। प्रहरीले आज पत्रकार सम्मेलन गरी यस विषयमा थप जानकारी गराउने तयारी गरेको छ। ...