editor@sajhakura, Author at साझाकुरा - Page 85 of 97
शनिबार, असार १३, २०८३

Author: editor@sajhakura

सहमति पछि मकालु गाउँपालिका अध्यक्षकाे कार्यकक्षमा लगाईएकाे तालाबन्दि खुल्याे
मुख्य समाचार, राजनीति

सहमति पछि मकालु गाउँपालिका अध्यक्षकाे कार्यकक्षमा लगाईएकाे तालाबन्दि खुल्याे

मकालु गाउँपालिका अध्यक्षकाे कार्यकक्षमा लगाईएकाे ताला सहमति पछि खुलेकाे छ । नियमित रुपमा सेवा प्रवाहकाे ब्यवस्था मिलाउने, गाउँपालिका कार्यालयमा रहेकाे सवारि साधनकाे यथार्थ विवरण सार्वजनिक गर्ने, जिर्ण सडक मर्मतलाई प्राथमिकतामा राख्ने लगायतका बिषयमा सहमति जुटेपछि संखुवाुभा मकालु गाउँपालिका अध्यक्ष वाङ्दी शेर्पाकाे कार्यकक्षमा लगाईएकाे तालाबन्दि खुलेकाे संचारकर्मि गंगा बिष्टले जनाएका छन् । लामाे समय देखि जिम्मेवार पदमा बसेकाे गाउँपालिका अध्यक्ष कार्यालयमा अनुपस्थित हुनेगरेकाे,अध्यक्ष अनुपस्थित हुँदा कार्यालयकाे दैनीक सेवाप्रवाहमा समस्या भएकाे र गाउँपालिकाकाे सवारि साधन दुरुपयाेग गरिएकाे भन्दै संखुवासभा मकालु गाउँपालिकाकाे अध्यक्षकाे कार्यकक्षमा केही स्थानीयले तालाबन्दि गरेका थिए । ...
बचतकर्ताको साढे ४ करोड रुपैयाँ नतिर्ने सहकारी सञ्चालक पक्राउ
अर्थ/व्यापार

बचतकर्ताको साढे ४ करोड रुपैयाँ नतिर्ने सहकारी सञ्चालक पक्राउ

बचतकर्ताको साढे चार करोड रुपैयाँ फिर्ता नदिएकाे भन्दै ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ। निक्षेपकर्तालाई आकर्षक ब्याजदर दिने प्रलाेभनदिई निक्षेप लिने तर बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नदिएकाे आराेपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली सहकारीका विभिन्न ठाउँमा शाखा रहेका छन् । सहकारिका संचालकहरु बचतकर्ताको रकम फिर्ता गर्नुभन्दा छलिने गरेकाे सिआईबिकाे भनाई छ । देउराली सहकारीबाट कोही ठगिएको भए उजुरी गर्न पनि सीआईबीले आग्रह गरको छ । ...
मकालु गाउँपालिका अध्यक्षकाे कार्यकक्षमा तालाबन्दि
मुख्य समाचार

मकालु गाउँपालिका अध्यक्षकाे कार्यकक्षमा तालाबन्दि

लामाे समय देखि जिम्मेवार पदमा बसेकाे गाउँपालिका अध्यक्ष कार्यालयमा अनुपस्थित हुनेगरेकाे भन्दै संखुवासभा मकालु गाउँपालिकाकाे अध्यक्षकाे कार्यकक्षमा तालाबन्दि गरिएकाे छ । अध्यक्ष अनुपस्थित हुँदा कार्यालयकाे दैनीक सेवाप्रवाहमा समस्या भएकाे र गाउँपालिकाकाे सवारि साधन दुरुपयाेग गरिएकाे भन्दै उनिहरुले लिखित जानकारि सहित निवेदन समेत सार्वजनिक गरेकाे मकालुबाट सञ्चारकर्मि गंगा बिष्टले जानकारी दिएका छन् । यस बिषयमा अहिले छलफल भैरहेकाे गाउँपालिका अध्यक्ष वाङ्दी शेर्पाले जानकारि दिए ।...
डिभीको आवेदन खुल्यो, यस्ता छन् आवश्यक जानकारी
शिक्षा

डिभीको आवेदन खुल्यो, यस्ता छन् आवश्यक जानकारी

सन् २०२५ को डाइभर्सिटी भिसा (डि.भी.) को लागि आवेदन खुला गरिएको छ। इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न अर्थात् नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट आवेदन खुला गरिएकाे छ। डिभीको आवेदन नोभेम्बर ७ अर्थात् कार्तिक २१ गतेसम्म भर्न सकिने छ। इच्छुक आवेदकले निःशुल्क आवेदन दिन पाउनेछन्।   अमेरिकी दूतावासका अनुसार आवेदन दिनका लागि कन्सल्टेन्टको आवश्यकता पर्दैन भने आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन सक्नेछ।   डि.भी. का लागि छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन। तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डि.भी. का लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्यौल गर्नेछन्। अन्तर्वार्ताका लागि जाँदा आफूसँ...
एक दिवसिय विश्वकप क्रिकेट आजबाट सुरु
खेलकुद

एक दिवसिय विश्वकप क्रिकेट आजबाट सुरु

एक दिवसिय विश्वकप क्रिकेट बिहीबार देखि भारतमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन् । गुजरातको अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार बिहीबार दिउसो सवा दुई बजे यो खेल सुरु हुनेछ । एक दिवसिय विश्वकप क्रिकेटको यो संस्करणमा १० टोली सहभागि छन् । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफ्गानिस्तान, इंग्ल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्याण्ड र नेदरल्याण्ड्सले समुह चरणमा राउण्ड रोबिन लिग खेल्नेछन् । शिर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिता ४५ दिनसम्म चल्नेछ । क्यारेबीयन टोली वेष्ड इंडीज पहिलो पटक एक दिवसिय विश्वकप क्रिकेटमा छनौट हुन असफल भएको छ । भारतले एक्लै प्रतियोगिता आयोजना गरेको यो पहिलो अवसर हो । ...
मिथिलाञ्चलमा मनाइने जितिया पर्व आजदेखि शुरु
समाज

मिथिलाञ्चलमा मनाइने जितिया पर्व आजदेखि शुरु

जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधिपूर्वक शुरु भएको छ । सन्तानको दीर्घायु तथा पारिवारिक सुख शान्तिका लागि जितिया पर्व मनाउने गरिन्छ । नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र मानिने जितिया पर्व मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खाने) विधि गर्दै आजदेखि शुरु भएको हो । व्रत बस्नु अघि आजको दिन महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर त्यही ठाउँमा घिरौलाको पातमा जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गरिन्छ । भोलि शुक्रवार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवम् निर्जल व्रत बसेर पर्सि शनिवार बिहान साढे १० बजेपछि मात्रै वर्तालुले व्रत सम्पन्न गर्ने जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । व्रत बस्नु अघिल्लो दिनमै वर्तालुले विभिन्न जलाशयमा स्नान गरी...
वरिष्ठ गायिका दिलमाया खातीको निधन
समाचार

वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा उहाँको जन्म भएको हो । उहाँ लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो ।  उहाँकाे गएराति निधन भएकाे हाे ।  दिलमाया खाती पहिलो पटक सन् १९६२ मा काठमाण्डौ आउनु भएको थियो । काठमाण्डौ आएका बेला आफन्तकोमा उहाँले गाउनु भएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गर्नु भएको थियो । त्यसपछि उहाँले नेपाली गीत गाउन थाल्नुभयो । अविवाहित दिलमायाले वरिष्ठ गायक गायिका एवम् संगीतकारसँग काम गर्नु भएको छ । संगीतकार एवम् गायक गोपाल योञ्जन, कर्म योञ्जन, नारायण गोपाल, तारादेवी, मिरा राणासँग उहाँले गीत गाउनु भएको छ । यस्तै, युवा पुस्तामा गायक शैलेश सिंहसँग पनि उहाँले सहकार्य गर्नु भएको छ । नारायण गोपालसँग दिलमायाको भेट सन् १९७२ तिर दार्जिलिङमै भएको थियो । नारायण गोपालको ...
नाइजेरियामा डुङ्गा दुर्घटना : ४० जनाभन्दा धेरै बेपत्ता, १० जनाको उद्धार
अन्तर्राष्ट्रिय

नाइजेरियामा डुङ्गा दुर्घटना : ४० जनाभन्दा धेरै बेपत्ता, १० जनाको उद्धार

नाइजेरियाको उत्तरी राज्य केबीमा यात्रुसवार डुङ्गा पल्टिँदा ४० जनाभन्दा धेरै बेपत्ता भएका छन् । डुङ्गामा कम्तीमा ५० जना यात्रु रहेका थिए । अहिलेसम्म १० जनाको उद्धार भएको र अरु हराइरहेकाहरुको खोजी भइरहेको स्थानीय प्रशासनले जनाएको छ । उत्तर–मध्य राज्य नाइजर र केब्बीलाई जोड्ने नदी पार गर्दै गर्दा मुसलधारे वर्षाका कारण डुङ्गा पल्टिएको अनुमान छ । नाइजर राज्यको आपतकालीन व्यवस्थापन निकायका प्रमुख सालिहु गरबाले स्थानीय गोताखोरलाई बेपत्ताको खोजी तथा उद्धारका लागि परिचालन गरिएको जानकारी दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पश्चिम अफ्रिकी देशहरुमा अत्यधिक भार र खराब मौसम कारण डुङ्गा दुर्घटनाका घटना हुँदै आएका छन् ।...
धादिङकाे मलेखुमा ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीकाे ज्यान गयाे, राजमार्ग अवरुद्ध
समाचार

धादिङकाे मलेखुमा ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीकाे ज्यान गयाे, राजमार्ग अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत धादिङकाे गजुरी गाउँपालिका-२ फुर्केखाेलामा आज बिहान ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीकाे ज्यान गएकाे छ । काठमाण्डाैबाट मुग्लिनका लागि छुटेकाे प्रदेश ०२–००१ख  ६४१३ नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएकाे हाे । दुर्घटनामा बागेश्वरी मावि मलेखुमा कक्षा ८ को कोचिङ कक्षा पढ्न जाँदै गरेका सिद्धलेक गाउँपालिका वडा नम्बर  ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठको ज्यान गएको हो । उनीहरुकाे घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयाे । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनापछि आक्रोशित मृतकका आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् ।...
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। बुधबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। यस्तै, बसधबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशक...