सैनिक बिद्रोह पछि अफ्रिकी राष्ट्र ग्याबोनका राष्ट्रपति नजरबन्दमा
भाद्र १४, पश्चिम अफ्रिकी राष्ट्र ग्याबोनमा सेनाले सत्ता हातमा लिएपछि त्यहाँका राष्ट्रपति अली बोङोईलाई नजरबन्दमा राखिएको छ । मंगलबार राति सैन्य बिद्रोह मार्फत सेनाले शत्ता कब्जा गरेपछि राष्ट्रपति अली बोङोईलाई उनका परिवारका सदस्य सहित घरैमा नजरबन्दमा राखिएको त्यहाँका संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
उनका परिवारसंगै केहि चिकित्सक नजरबन्दमा परेका छन् भने राष्ट्रपति अली बोङोईका एक छोरालाई राज्यद्रोहको अभियोगमा पक्राउ गरिएको जनाइएको छ ।
पाँच दिन अघि सम्पन्न निर्वाचनमा राष्ट्रपति अली बोङोई ६४ प्रतिशत मत प्राप्त गरि तेश्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।
तर त्यहाँको सेनाले उक्त निर्वाचनको नतिजालाई लत्याउँदै राष्ट्रपति अली बोङोई सहित केहि नेताहरुलाई नजरबन्ध र धरपकड गरि अन्तर्राष्ट्रिय सीमा समेत बन्द गरेको छ । सत्ता कब्जामा लिएको सेनाले त्यहाँका सरकारका सबै अंगहरु समेत स्वत बिघटन भएको ...

