अर्थ/व्यापार Archives - Page 3 of 11 - साझाकुरा
शुक्रबार, फाल्गुन २९, २०८२

अर्थ/व्यापार

आगामि निर्वाचनमा काँग्रेस एमाले बिच चुनाबी प्रतिश्पर्धा हुनसक्छ : उर्जा मन्त्रि खड्का
अर्थ/व्यापार, राजनीति, समाचार

आगामि निर्वाचनमा काँग्रेस एमाले बिच चुनाबी प्रतिश्पर्धा हुनसक्छ : उर्जा मन्त्रि खड्का

संखुवासभा पाैष ८ उर्जा, जलश्राेत तथा सिंचाईं मन्त्रि दीपक खड्काले अपर अरुणमा जनताकाे लगानी सुनिश्चित हुने वातावरण निर्माणका लागि आफु अहाेरात्र लागिरहेकाे बताएका छन् । हुनेले लागत सहभागिता जनाउने र नहुनेले सहुलियतमा विना धराैटि ऋण लिनसक्ने वातावरण तैयार गर्न आफुले गृहकार्य अगाडि बढाईरहेकाे मन्त्रि खड्काकाे भनाई थियाे । अर्काे प्रसंग जाेड्दै मन्त्रि खड्काले सरकार फेरबदल भैरहने प्रबृत्तिकाे अन्त्यका लागि ठुला दल बिच सहकार्य भएकाे र दुई ठुला दलहरुकाे बर्चश्व रहेकाे जिल्लाहरुमा दुई ठुला दलबिच पनि चुनाबि प्रतिश्पर्धा हुनसक्ने खुलासा गरेका थिए । सन्त नेता पुर्व प्रधानमन्त्रि स्वर्गीय कृष्णप्रसाद भट्टराईकाे १ सय औं जन्म जयन्तिका अवसरमा मन्तब्य प्रकट गर्दै मन्त्रि खड्काले बिद्धुत बिकृबाटै देशकाे अर्थतन्त्र माथी उकास्न सकिने र राेजगार श्रृजना गर्न सकिने संभावना रहेकाेमा जाेड दिए । नेपाली...
खाँदबारी बचतले मनायाे रजत जयन्ति नयाँ कार्यसमिति चयन याेगदान कर्ताहरु सम्मानित
अर्थ/व्यापार, समाचार

खाँदबारी बचतले मनायाे रजत जयन्ति नयाँ कार्यसमिति चयन याेगदान कर्ताहरु सम्मानित

खाँदबारी बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा तथा रजत जयन्ती समारोह आज सम्पन्न भएको छ । सरोज कुमार बज्राचार्यको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यको प्रमुख अतिथ्यतामा भएको साधारण सभा अधिवेशनले पुन सरोज बज्राचार्यको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा डेगराज बस्नेत, सचीवमा उपेन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्ष रमेश श्रेष्ठ सदस्यहरुमा फणिन्द्र निरौला, बिक्रम रत्न शाक्य, अञ्जना गौली, अनुपयुश शाक्य, सुवर्ण शाक्य, संजिव कुमार श्रेष्ठ र शुसीला श्रेष्ठ पराजुली चयन हुनुभएको छ । यसैगरि आज सम्पन्न अबिधेशनबाट लेखा समिति अध्यक्षमा लोकमणी मास्के, सचिव हेमराज निरौला चयन हुनुभएको छ । यसैबिच २५ औं बार्षिक साधारण सभा अधिवेशन तथा रजत जयन्ती समारोहमा संस्थापक अध्यक्ष स्वर्गिय जगत शाक्यलाई मरणोपरान्त सम्मान गरिएको छ । खाँदबार...
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
अन्तर्राष्ट्रिय, अर्थ/व्यापार, समाचार

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

मंसिर २० प्रधानमन्त्री केपी शर्मा ओली आज चिनको चार दिने भ्रमण सकेर आज स्वदेश फर्कँदै छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चिन भ्रमणमा गएका ओली आज दिउँसो काठमाण्डौ आइपुग्ने बताईएको छ । चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको थियो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गरिएको भ्रमण टोलिले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारीमा हस्ताक्षर गरिएको छ । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको नेपालको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । टोखा–छहरे सुरुङमार्ग निर्माण, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भ...
शेयर बजार ३८ अङ्कले बढेर २७ सय ५५ विन्दुमा, झन्डै साढे ९ अर्ब रुपैयाँको कारोबार
अर्थ/व्यापार, समाचार

शेयर बजार ३८ अङ्कले बढेर २७ सय ५५ विन्दुमा, झन्डै साढे ९ अर्ब रुपैयाँको कारोबार

मंसिर १२, शेयर बजारमा आज पनि उच्चको बृद्धिदर देखिएको छ । मंगलबार ३३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ८१ अङ्कले बृद्धि भएर दुई हजार सात सय ५५ दशमलव ४७ विन्दुमा पुगेको छ । फाइनान्स बाहेक आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयरमा उच्च अङ्कको बृद्धि देखिएको हो । आज कर्णाली विकास बैंक, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, सर्पोट माइक्रोफाइनान्स, सप्तकोशी विकास बैंक, विशाल बजार, , मानुषी लघुवित्त, ग्रीन विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मिथिला लघुवित्त कम्पनीको शेयरमा भने १० प्रतिशतको गिरावट आएको छ । आज शेयर कारोबार रकममा बृद्धि आएको छ । तीन सय १६ वटा कम्पनीका एक करोड ७१ लाख कित्ता शेयर नौ अर्ब ३२ करोड रुपैयाँमा कारोबार भै उल्लेख्य बृद्धि आएको हो ।...
उद्योगको बिद्यूत लाईन नकाटिने
अर्थ/व्यापार, समाचार

उद्योगको बिद्यूत लाईन नकाटिने

मंसिर १२, नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको आज बसेको बैठकले उद्योगहरुको बिजुलीको लाइन हाललाई नकाट्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा आज बिहान बसेको सञ्चालक समितिको बैठकले तिर्न बाँकि बक्यौता असुल उपरका लागि वैकल्पिक बाटो प्रयोग सहज ढंगबाट बक्यौता उठाउने निर्णय गरेको छ । यो निर्णयसंगै आजजम्मका लागि बक्यौता बुझाउन निर्देशन सहित उद्योगिलाई दिईएको समयको बिकाद टुङ्गिएको छ । यसअघि प्राधिकरणले ट्रङ्क तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काटेकोमा सरकारको निर्देशनपछि बिद्युतलाई जोडिएको थियो । प्राधिकरणले तत्कालका लागि बिजुली जडान गरि १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काटिने सूचना निकालेकोमा १५ दिन पुग्नु एक दिन अघि नियमन आयोगले हिजो लाइन नकाट्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।...
धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त
अर्थ/व्यापार, समाचार

धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

मंशिर ११ सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । हिजोकाे मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा रहेको सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा.नवराज अधिकारीको नाम सिफारिश गरेकोमा श्रेष्ठ अध्यक्ष चयन भएका हुन् । यअसघि श्रेष्ठ नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यकाे जिम्मेवारिमा थिए । ...
राष्ट्रिय प्रसारण प्रणालीमा  १६८ मेगावाट बिजुली थपियाे
अर्थ/व्यापार, समाचार

राष्ट्रिय प्रसारण प्रणालीमा  १६८ मेगावाट बिजुली थपियाे

 मंसिर ८, १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा १६८ मेगावाट बिजुली थप गरिएकाे छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत आयोजनाबाट उत्पादन भएकाे १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको हो । चिलिमे जलविद्युत कम्पनीको अनुवाइमा २७० मेगावाटका चारवटा आयोजना सुरु गरिएकाेमा १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाहरुको निर्माण कार्य सकिएकाे छ । १०२ मेगावाटको मध्यभोटेकोशी भने सिन्धुपाल्चोकमा निर्माणकाे क्रममा छ ।...
चीन भ्रमण घुम्नका लागि हैन देस र जनताका लागि ः प्रधानमन्त्री ओली
अन्तर्राष्ट्रिय, अर्थ/व्यापार, समाचार

चीन भ्रमण घुम्नका लागि हैन देस र जनताका लागि ः प्रधानमन्त्री ओली

मंसिर ७ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण घुम्नका लागि नभई देस र जनताको हितका लागि भएको बताएका छन् । आज दरबार मार्गमा भएको एमाले जागर सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले कसैसंग ऋण लिनुपर्ने अवस्था नभएको समेत बताए । ओलीले मंसिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा पुर्णतया केन्द्रित हुने धारणा राखेका थिए । चिनसंगको बीआरआई परियोजना कार्यान्वयनका लागि ऋण लिने विषयमा भइरहेको पक्षबिपक्षको बिबादका बीच प्रधानमन्त्री ओलीले नेपालले कसैसँग ऋण लिने अवस्था नरहेको बताउँदै नेपालले आफ्नो उत्पादन वृद्धिमा जोड दिने निति लिएको अभिब्यक्ति दिएका छन् ।...
सीजी मोटर्स सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सम्मानित
अर्थ/व्यापार, समाचार

सीजी मोटर्स सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सम्मानित

मंसिर ७ आन्तरिक राजश्व कार्यालय ललितपुरले सबैभन्दा बढि आयकर बुझाएको भन्दै सिजी मोटर्सलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मानित गरेको छ । राष्ट्रिय कर दिवसका अवसरमा पारेर आज शुक्रबार आन्तरिक राजस्व कार्यालयमा आयोजित कार्यक्रममा सिजीलाई सम्मान गरेको हो । आन्तरिक राजश्व कार्यालय ललितपुरले व्यावसायिक स्थायी लेखा नम्बर लिई कारोबार गरेका ब्यवसायिहरु मध्येबाट आर्थिक वर्ष २०७९÷०८० को आय विवरणको आधारमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सीजी मोटर्सलाई सम्मान गरेको जनाएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सम्मान पत्र बुझेका थिए । ग्रुपका प्रबन्ध निर्देशक चौधरीले आफ्नो ग्रुपले देशको कुल सरकारी राजस्वको दुई प्रतिशत कर योगदान गरेको बताउँदै राष्ट्रको भौतिक एवं सामाजिक विकासमा चौधरी ग्रुपले थप योगदान बढाउने प्रतिवद्धता जनाएका थिए ।...
कर सप्ताहका अवसरमा कर शिक्षा तथा करदाता सम्मान कार्यक्रम सम्पन्न
अर्थ/व्यापार, समाचार

कर सप्ताहका अवसरमा कर शिक्षा तथा करदाता सम्मान कार्यक्रम सम्पन्न

संखुवासभा मंशिर ३ कर प्रणालीको सार , लगानीको आधार भन्ने मुल नाराका साथ मंशिर १ देखि ७ गते सम्म सरकारले घोषणा गरेको कर सप्ताहको तेश्रो दिन सोमबार करदाता सेवा कार्यालय संखुवासभाले खाँदबारीमा कर शिक्षा तथा करदाता सम्मान कार्यक्रमको आयोजना गरेको छ । संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधानको सभापतित्वमा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय धरानका प्रमुख कर अधिकृत बुद्धि प्रसाद आचार्यको म्रमुख आतिथ्यता रहेको थियो । बिभिन्न संघसंस्था कार्यालय र उद्योगि ब्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कर अधिकृत बुद्धि प्रसाद आचार्यले कर डरले हैन रहरले तिर्न करदाताहरुलाई आग्रह गर्नूभएको थियो । आफुले गरेको कारोबारको राम्ररी हिसाव किताव, बिल बिजक नराख्दा ब्यवसायीहरु मारमा पर्ने गरेको वहाँको भनाई थियो । कर राज्य संचालनको प्रमुख आधार भएकाले करको दायरा फराकिल...