खेलकुद Archives - Page 10 of 11 - साझाकुरा
शुक्रबार, असार १२, २०८३

खेलकुद

माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनलमा
खेलकुद

माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनलमा

हाङझाउ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपाल क्वार्टारफाइनलमा प्रवेश गरेको छ।  समूह ‘ए’ को विजेता भन्दै नेपाल अन्तिम आठमा पुगेको हो। अब अन्तिम आठमा नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।  लगातार दोस्रो खेलमा जित निकाल्ने क्रमम नेपालले आइतबार झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। यसअघि नेपालले पहिलो खेलमा मंगोलियामाथि  कीर्तिमानी जित हात पारेको थियो।  आइतबार नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स २ बल खेल्न बाँकी छदा ७४ रनमा अलआउट भयो।...
नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य
खेलकुद

नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य

नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ। एसियन गेम्सअन्तर्गत चीनमा भइरहेको खेलमा नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर २१२ रन बनाएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। २७ बल खेलेका उनले ३ चौका र ३ छक्कासहित ५२ रन बनाए। त्यस्तै कुशल मल्ल ४७ रनमा अविजित रहे। २० बलमा उनले ३ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कुशल भुर्तेलले ३५, आसिफ शेखले ६, विनोद भण्डारीले १३, सुन्दीप जोराले ५ रन, गुल्शन झाले ३५ र दीपेन्द्र सिंह ऐरी ६ रन बनाएर आउट भएका थिए। सोमपाल कामी एक रनमा अविजित रहे।  माल्दिभ्सका लागि नवाज इश्लामले सर्वाधिक तीन विकेट लिए।  ...
विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया
खेलकुद

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन भएका छन् । नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् ।  उनको स्थानमा मार्की खेलाडीको रुपमा अनन्त तामाङलाई अनुबन्ध गरिएको छ । पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन् । दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिशेक रिजाल, दिपकसिंह ठकुरी, विमल राना, रेजिन सुब्बा, पुजन उपरकोटी, निशान खड्का, रवि पासवान लगायतका ३५ भन्दा बढी खेलाडीहरू विदेशिएका छन् । सिनियर टिमको ब्याकअप मानिएको एउटा पुस्ताकै पलायनले राष्ट्रिय टिमको सन्तुलनमा नै असर पर्ने अवस्था आइसकेको जानकारहरू बताउँछन्  ...
नेपालको विश्व कीर्तिमानी जित : मंगोलिया २ सय ७३ रनले पराजित
खेलकुद

नेपालको विश्व कीर्तिमानी जित : मंगोलिया २ सय ७३ रनले पराजित

नेपालले १९ औँ एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा विश्व कीर्तिमानी जितसहित मंगोलियालाई २ सय ७३ रनको फराकिलो अन्तरले हराएको छ । जितका लागि ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ ओभर एक बलमा ४१ रनमा अलआउट भयो । नेपालको यो जित टि–२० इतिहासकै सबैभन्दा ठूलो जित हो । यसअघि सन् २०१९ मा चेक रिपब्लिकनले टर्कीलाई २ सय ५७ रनको अन्तरले हराएको थियो । मंगोलियाका दावासुरेनले १० रन बनाउनुबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले समान दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक÷एक विकेट लिए । त्यसअघि चीनको हान्झाउमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो । टी–२० खेलमा पहिलो पटक ३ सयभन्दा माथि रन बनेको हो । कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्...
एसियाली खेलकुद बक्सिङमा थापाको जित
खेलकुद

एसियाली खेलकुद बक्सिङमा थापाको जित

एसियाली खेलकुदको बक्सिङमा नेपालका रबिन थापाले जित निकालेका छन् । पुरुष ५१ केजी तौल समूहमा रबिनले इन्डोनेसियाका कोएबानु डियोलाई हराएका हुन् । राउन्ड अफ ३२ को खेलमा रबिनले डियोलाई ४–१ ले हराएका हुन् । नेपालकी मनीता श्रेष्ठ, प्रधान, जंगबहादुर सारु र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए । महिला ५७ केजीमुनि मनीता तुर्कमिनिस्तानकी मायसा पार्दायेभा तथा ७५ केजीमुनि पुनम मंगोलियाकी इड्रेना नयम बात्सुरीसंग पराजित भए । पुरुष ८१ केजीमुनि फिलिपिन्सका भिरोन जोन फेरेरले जंगबहादुरलाई पराजित गरे ।...
सरकारले घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म आएको छैन तर आशावादी छौँ: कप्तान पौडेल
खेलकुद

सरकारले घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म आएको छैन तर आशावादी छौँ: कप्तान पौडेल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको गुनासो गरेका छन् । १९ ‍औँ एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि आज आइतवार काठमाण्डौमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताएका हुन् । उनले भने, ‘सरकारले घोषणा गरेको रकम नआएको भनेर कति पटक भनिसकेका छौँ । अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौँ । हेरौँ के हुन्छ ? कप्तान पौडेलले एसियाली खेलकुदका लागि टोलीले राम्रो तयारी गरिरहेको पनि बताएका छन् । उनले एसियाली खेलकुदलाई लिएर सबै जना उत्साहित रहेको बताउँदै आफूहरूको लक्ष्य मेडल जित्ने रहेको बताए । यो प्रतियोगिताले आईसीसी टी–२० विश्वकप छनोटका लागि पनि सहयोगी भूमिका खेल्ने उहाँको भनाइ छ ।...
क्यान अध्यक्षमा चन्द,पारस सचिवमा निर्वाचित
खेलकुद

क्यान अध्यक्षमा चन्द,पारस सचिवमा निर्वाचित

नेपाल क्रिकेट संघ क्यानको सम्पन्न निर्वाचनबाट अध्यक्षमा चतुरबहादुर चन्द र सचिवमा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का निर्वाचत भएका छन्। शनिबार बानेश्वरमा सम्पन्न निर्वाचनमा पूर्वकप्तान पारसले एक समय राष्ट्रिय खेलाडीसमेत रहेका कार्यवाहक पूर्वसचिव प्रशान्तविक्रम मल्ललाई हराउँदै सचिवमा बिजय हाँसिल गरेका हुन् । पारसले ४८ मत ल्याउँदा मल्लले ३७ मत मात्र प्राप्त गरेका थिए । अध्यक्ष लगायत अन्य पदमा सहमति जुटेपनि शनिबार सचिव र सदस्य पदमा मात्र भोटिङ्ग भएको थियो । अध्यक्षसहित उपाध्यक्ष र कोषाध्यक्ष भने भने निर्विरोध भएका थिए। अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत भए।अध्यक्ष पदमा चन्दको मात्र उम्मेदवारी परेपछि उनी लगातार दोस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन्। समग्रमा चन्द तेस्रो पटक क्यानको अध्यक्ष चुनिए।...
एन्फाका अध्यक्ष र महासचिवका बिरुद्धमा अबिश्वासको प्रस्ताव दर्ता
खेलकुद, मुख्य समाचार

एन्फाका अध्यक्ष र महासचिवका बिरुद्धमा अबिश्वासको प्रस्ताव दर्ता

अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राई बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आज एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईलार्इलाई तत्काल पदबाट बर्खास्त गर्न माग राख्दै एन्फामा आवद्ध ८६ मध्ये ४९ जना सदस्यले अध्यक्ष नेम्वाङ् र महासचिव राई बिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गरेका हुन् । एन्फाले आज सोमबार जुम मिटिङ्ग मार्फत नै साधारण सभा सम्पन्न गर्ने कार्यक्रम तय भएको थियो । तर अध्यक्ष र महासचिवका बिरुद्धमा अविश्वासको प्रस्ताव दर्ताभएसंगै आज सोमबारका लागि तोकिएको साधारणसभा समेत अनिश्चित बनेको छ । जम्मा सदस्य संख्याको ४० प्रतिशतले अविश्वासको प्रस्ताव दर्ता गराउन सक्ने र सदस्य संख्याको दुई तिहाइले अविश्वासको प्रस्ताव पारित गर्नसक्ने बिधानत ब्यवस्था छ । अविश्वासको प्रस्ताव दर्ता भएसँगै अध्यक्ष र महासचिव स्वतः बर्खास्तीमा परिसकेको असन...
खेल स्थलमा भारि बर्षाद  शुरु हुने संकेत छैन
खेलकुद

खेल स्थलमा भारि बर्षाद शुरु हुने संकेत छैन

एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ । भारतले २.१ ओभर जवाफी ब्याटिङ गरेर १७ रन जोड्दा पानी पर्न थालेपछि खेल अवरुद्ध भएको हो । भारतका कप्तान रोहित शर्मा ४ र शुभमन गिल १२ रन बनाएर खेलिरहेका बेला पानी परेर खेल रोकिएको थियो । नेपालले भारतसामु २३१ रनकाे चुनाैति पेस गरेकाे छ ।
श्रीलंकामा नेपाली क्रिकेटको उत्सव
खेलकुद

श्रीलंकामा नेपाली क्रिकेटको उत्सव

श्रीलंकामा भइरहेको नेपाल र भारतबीचको एसिया कपको खेलमा नेपालले राम्रो शुरुवात गरेको छ । खेलमा नेपालले भारतलाई २ सय ३१ रनको लक्ष्य दिएको छ । श्रीलंकाको पालेकेलेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर दुई बलमा अल आउट हुँदै २ सय ३० रन बनायो । श्रीलंकाको पालेकेलेमा जारी एसिया कपमा नेपाललाई समर्थन गर्न समर्थकहरु नेपालबाट श्रीलंका पुगेका थिए ।...