कोशी प्रदेशस्तरिय ब्याडमिण्टन प्रतियोगिता खाँदबारीमा शुरु
संखुवासभा असार ६
काेशी प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगिता आजबाट संखुवासभाको खाँदबारीमा शुरु भएको छ । खुला तर्फ बिभिन्न प्रदेशका ८ टिमको सहभागिता रहेको प्रतियोगिता असार ६ गते देखि ८ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।
त्यसैगरि भेट्रान्स तर्फको प्रतियोगितामा भारतका बिभिन्न प्रान्तहरु सिक्किम दार्जिलिंङ्, कलकत्ता र कोशी प्रदेशका ३० जोडि प्रतिश्पर्धी टिम रहने आयोजकको भनाई छ । पुरुष डवल तर्फको प्रतियोगितामा प्रथम हुने टिमले रु ६० हजार र उपबिजेताले रु ३५ हजार प्राप्त गर्नेछन् भने भेट्रान्सतर्फ प्रथम हुनेले रु ५० हजार र उपबिजेताले रु ३० हजार प्राप्त गर्ने आयोजक संस्था जिल्ला ब्याडमिण्टन संघका अध्यक्ष राजु श्रेष्ठले जनाए ।
बिहिबार दिउँसो समुद्घाटन गरिएको प्रतियोगितालाई सम्बोधन गर्दै प्रमुख अतिथी खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले राष्ट्रिय स्तरको प्रतियोगिता संचालनका लागि ख...









