समाचार Archives - Page 45 of 77 - साझाकुरा
सोमवार, चैत्र २, २०८२

समाचार

वाणिज्य बैंकहरुले ब्याजदर सामान्य घटाए
अर्थ/व्यापार, समाचार

वाणिज्य बैंकहरुले ब्याजदर सामान्य घटाए

वाणिज्य बैंकहरुले असार महिनाका लागि ब्याजदर सामान्य घटाएका छन् । जेठ महिनामा औषतमा ६ दशमलव ९९ प्रतिशत विन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, असारमा घटेर ६ दशमलव ८७ प्रतिशत विन्दुमा झरेको छ । असारका लागि बैंकहरुको यस्तो निक्षेपको औषत ब्याजदर शून्य दशमलव १२ प्रतिशत विन्दु घटेको हो । त्यस्तै बैंकहरुको संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर शून्य दशमलव १२९ प्रतिशत विन्दु घटेको छ । ११ बैंकहरुले ब्याजदर घटाएका छन् । ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै १ प्रतिशत विन्दु ब्याजदर घटाएको छ । जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ७ दशमलव ५ प्रतिशत रहेको यस बैंकको ब्याजदर, असारमा घटेर ६ दशमलव ५ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि १ प्रतिशतविन्दु घटेर ५ दशमलव ५ प्रतिशतमा झरेको छ । असार महिनामा सिटिजन्स, एभर...
बाल कल्याण गृहलाई लायन्स क्लबको सहयोग
समाचार, समाज

बाल कल्याण गृहलाई लायन्स क्लबको सहयोग

बाल कल्याण गृह सङ्खुवासभाका बालबालिकालाई लायन्स क्लब अफ काठमाण्डौं परिकल्पनाले सहयोग गरेको छ । खाँदबारी नगरपालिका–१ मा रहेको बाल कल्याण गृहका बालबालिकालाई लायन्स क्लबले सोमबार सहयोग हस्तान्तरण गरेको हो । मकालु त्रिशक्ति समुह(माट्स नेपाल)ले सञ्चालन गरेको बाल गृहलाई क्लबले १० वटा स्कुल ब्याग, तन्ना, सिरकको खोल, चिनि हस्तान्तरण गरेको माट्स नेपालका अध्यक्ष नविन दाहालले जानकारी दिए । लायन्स क्लब अफ काठमाण्डौं परिकल्पनाकी अध्यक्ष लैला श्रेष्ठले एक कार्याक्रमका विच उक्त सामाग्री हस्तान्तण गरेकी हुन् ।  खाँदबारी–१ निवासी दिपक पाँचकोटी र सुजता पाँचकोटीले पनि विवाह वार्षिक उत्सवको अवसरमा बाल गृहलाई सहयोग गरेका छन् । उनिहरुले एक बोरा चामल, चार दर्जन कपी र २ केजी मासु हस्तान्तरण गरेका हुन् । बाल कल्याण गृहमा ८ जना बालबालिका र एक सहयोगी रहेका छन् । दाताहरुको सहयोगमा लामो समयदेखि बाल कल्याण गृह सञ्...
पूर्वमा भित्रियो मनसुन, देशभर फैलिन एक साता लाग्ने
समाचार

पूर्वमा भित्रियो मनसुन, देशभर फैलिन एक साता लाग्ने

वर्षको मनसुन भित्रिएको छ । हिन्द महासागरमा विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वबाट सोमबार मनसुन भित्रिएको हो । औसतभन्दा तीन दिनअघि प्रवेश गरेको जलवाष्पयुक्त हावा बोकेको न्यूनचापीय प्रणालीको असर हाल पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र संखुवासभामा मात्र केन्द्रित छ । मनसुनी प्रणाली देशभर फैलन भने पाँच–सात दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाको आकलन छ । ‘मनसुनी प्रणाली धेरै सक्रिय पनि छैन । प्रणाली पूर्वबाट सर्ने क्रममा रहे पनि देशभर फैलन पाँच–सात दिनसम्म लाग्न सक्छ,’ महाशाखाका मौसमविद् गोविन्द झाले भने, ‘मनसुन देशभर फैलन पश्चिमी वायु कमजोर हुँदै जानुपर्छ ।’ देशको पश्चिमी क्षेत्रमा अहिले पनि पश्चिमी वायु कायमै छ । मनसुनी हावा पूर्वबाट पश्चिम बहने गर्छ भने पश्चिमी वायु पश्चिमबाट पूर्व बहन्छ । यसपटक मनसुन चाँडै भित्रिए पनि देशभर फैलिएर झरी पर्न भने केह...
एक हजारका ५१४ नक्कली नोटसहित दुईजना पक्राउ
अपराध, अर्थ/व्यापार, समाचार

एक हजारका ५१४ नक्कली नोटसहित दुईजना पक्राउ

एक हजार दरका ५१४ वटा नक्कली नोटसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । कलंकीस्थित ह्वाइट र्‍याबिट रेस्टुरेन्टबाट आइतबार प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । कलंकी बस्ने ४७ वर्षीया तारादेवी डंगोल र ४१ वर्षीया निलिमा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । अनलाईन खबरमा समचार प्रकाशित छ । ...
कर्णालीकाे झाेलुङ्गे पुलकाे लट्ठा चुँडिदा पुलमै फसेका खच्चरकाे उद्धार गरिँदै
समाचार

कर्णालीकाे झाेलुङ्गे पुलकाे लट्ठा चुँडिदा पुलमै फसेका खच्चरकाे उद्धार गरिँदै

दैलेख र अछाम जिल्ला जाेड्ने कर्णाली नदीमाथिकाे झाेलुङ्गे पिङकाे लट्ठा चुँडिदा १३ वटा खच्चर पुलमै फसेका छन् । आज बिहान अछामको पञ्चदेवलबाट दैनिक उपभाेग्य सामग्री लिन दैलेखको राकम बजार आउँदै गरेका खच्चर झाेलुङ्गे पिङकाे एकतर्फकाे लट्ठा चुँडिदा पुलमै फसेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष पाठकले जानकारी दिनुभयो । पुलकाे लट्ठा चुँडिदा अहिले दुई जिल्लाकाे आउजाउ पनि बन्द भएकाे छ । अहिले दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरीलगायतकाे टाेलीले खच्चर उद्धार गर्न थालेकाे छ । पुलबाट उद्धार सम्भव नभएपछि तार काटेर खच्चरलाई नदीमा खसाल्न थालिएकाे प्रहरीले जनाएकाे छ । याे पुलले अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ र दैलेखको आठबीस नगरपालिका वडा नम्बर ४ लाई जोड्छ । श्राेत: उज्यालाे ...
आठौं प्रधानमन्त्री कप एनभीए लिगको पुरुष तर्फको उपाधि हेल्प नेपालले जित्यो
खेलकुद, समाचार

आठौं प्रधानमन्त्री कप एनभीए लिगको पुरुष तर्फको उपाधि हेल्प नेपालले जित्यो

जेष्ठ २६ आठौं प्रधानमन्त्री कप एनभीए लिगको पुरुष तर्फको उपाधि हेल्प नेपालले जितेको छ । फाइनल खेलमा गण्डकी प्रदेशलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन टिपटप हेल्प नेपालले उपाधी रक्षा गरेको हो । हेल्प नेपालले २५–२२, २५–२०, २०–२५ र २५–२० गरी चौथो सेटमा खेल जितेको हो । जितसँगै हेल्प नेपालले सातौं प्रधानमन्त्री कपको उपाधी रक्षा गरेको छ । गण्डकी प्रदेश भने उपाविजेतामा नै सीमित बनेको छ । लिग चरणमा अपराजित हुँदै आएको गण्डकीले फाइनलमा भने हार बेहोरेको हो । महिलातर्फ भने नेपाल पुलिस क्लबले उपाधि जितेको छ । पुलिसले लिगमा अपराजित हुँदै फाइनल आएको एभरेष्ट भलिबल क्लब बुटवललाई ३–२ ले पराजित गरेको हो । पुरुष तर्फ ८ टिम र महिला तर्फ ६ टिमले प्रतिस्पर्धा गरेका थिए । श्राेत:अनलाईन खबर ...
मनसुनबाट कोशी र मधेस बढी प्रभावित हुने
समाचार

मनसुनबाट कोशी र मधेस बढी प्रभावित हुने

यसवर्षको मनसुनमा कोशी प्रदेश र मधेस प्रदेश बढी प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैभन्दा बढी कोशी र त्यसपछि मधेस प्रदेश प्रभावित हुने अनुमान गरेको हो । तेस्रोमा लुम्बिनी पनि प्रभावित हुने प्राधिकरणको अनुमान छ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले मनसुन अवधिमा कोशीमा एक लाख १३ हजार परिवारका झण्डै पाँच लाख मानिस जाेखिममा रहने अनुमान गरिएको जानकारी दिए । बढी पानी पनि सोही क्षेत्रमा पर्ने र बाढीपहिरो तथा डुबानका घटना हुन सक्ने अनुमान गरिएको उनले बताए । कोशीमा २२ हजार घर प्रत्यक्ष प्रभावित हुने तथा पाँच हजार परिवारलाई राहत र उद्धार गर्नुपर्ने अवस्था आउनसक्ने अनुमान गरिएको छ ।...
समाचार, स्वास्थ्य

१५ दिनभित्र बी एन्ड सीलाई सम्बन्धन दिन आदेश 

झापास्थित बी एन्ड सी मेडिकल कलेजले अन्ततः सम्बन्धन पाउने भएको छ । सर्वोच्च अदालतले बिहीबार चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयको नाममा परमादेश जारी गरेसँगै सम्बन्धन पाउने भएको हो । न्यायाधीशद्वय डा. कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेका हुन् । सर्वोच्चले यसअघि १२ चैत, २०८० मा भएको फैसलाको पूर्ण पाठसमेत सर्वोच्चले सार्वजनिक गरेकोे छ । ‘यस वर्षको शैक्षिक सत्र सुरु हुनुअघि एमबिबिएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनू, दिलाउनू,’ सर्वोच्च अदालतले फैसलामा भनेको छ । आदेशसँगै अब आयोग र काठमाडौं विश्वविद्यालयले १५ दिनभित्र सोको कार्यान्वयन गर्नुपर्नेछ । श्राेत: नयाँ पत्रिका ...
आज यी चार प्रदेशमा मेघगर्जन-चट्याङ्ग सहित पानी पर्ने सम्भावना 
समाचार

आज यी चार प्रदेशमा मेघगर्जन-चट्याङ्ग सहित पानी पर्ने सम्भावना 

मौसम पूर्वानुमान महाशाखाको अनुसार आज देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । जसकारण आज बिहानैबाट हाल मौसमको कोशी र बागमती प्रदेशका थोरै स्थानहरु र  बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदुरपश्चिम, कर्णाली, लुम्बीनी र कोशी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका...
प्रधानमन्त्रि दाहालद्वारा अरुण तेश्राे मुख्य सुरुङ्गकाे ब्रेक थ्रु
अर्थ/व्यापार, समाचार

प्रधानमन्त्रि दाहालद्वारा अरुण तेश्राे मुख्य सुरुङ्गकाे ब्रेक थ्रु

जेष्ठ २२ संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु गरिएकाे छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बिच अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु गरेका हुन् । अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मकालु– ५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका–३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने सुरुङको ब्रेक थ्रु गरिएकाे प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काले जानकारी दिए । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको हालसम्म ७० प्रतिशत बढी काम सकिएको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण गरिरहेको भारतीय सतलज कम्पनी (एसजेबिएन)ले जनाएको छ ।  अरुण तेस्रो सुरुङको ब्रेक थ्रु गरी हेलिकोप्टर मार्फत पावरहाउस स्थल चिचिलाको पुखुवाको कार्यक्रममा सहभागी हुने ...